दुई दाजुभाइ कृषि औजार निर्माण गरेरै १२ रोपनी जग्गा जोडे

इलाम, आश्विन २९ । परम्परागत कृषि औजार निर्माण गरेर इलामका दुई युवा मनग्य आम्दानी गर्न सफल भएका छन् । रोजगारीका लागि विदेसिने र आफ्नो परम्परागत कामलाई छाड्नेका लागि इलामको आइतबारेका यी युवा उदाहरणनै बनेका छन् । 
पाँचथर भारपा–६ घर भएका दुई दाजुभाइ बिर्जमान रसाइली र कृष्ण रसाइलीले कृषि औजार निर्माण गरेरै फिक्कल–९ डाँडा गाउँमा १२ रोपनी जग्गा जोडेका छन् ।
कोदालो, कुटो, सिक्कल, कचिया, खुकुरी, बन्चरोलगायतका कृषि औजार बनाएकै आम्दानीले बिर्जमानले १० रोपनी र कृष्णबहादुरले २ रोपनी जमिन किनेका हुन् ।मासिक २५ देखि ३० हजार रुपैयाँ कमाइ गर्ने यिनीहरु आफ्नो सीपलाई सबैले सम्मान गरेको बताउँछन् ।

स्थानीयले ल्याएको हँसिया, कोदालो, फाली, कब्जा, कुटोलगायत अर्चापेको अर्थात् धार लगाएको र नयाँ बनाएको कम्तीमा ४० देखि पाँच सय रुपैयाँसम्म लिने गरेको उनीहरु बताउँछन् ।
साभार :- इमेज चयानल्स 

No comments:

Post a Comment