चार अपांग दलित बालिकालाई जापानमा बस्दै आएका नेपालीको आर्थिक सहयोग

पर्वत, आश्विन २९ । पर्वतमा एउटै परिवारका चार अपांग बालिकालाई जापानमा बस्दै आएका नेपालीले आर्थिक सहयोग गरेका छन् । दक्षिण पर्वतको रानीपानी गाविस पस्यारका बलबहादुर परियारको परिवारलाई रोजगारीका लागि अस्ट्रेलियामा रहेकी एक नेपाली युवतीले १ लाख १ सय ५१ रुपैंया सहयोग गरेकी हुन् । अस्ट्रेलियामा फार्मेसीमा कार्यरत पोखरा रत्नचोककी कृष्णा तिवारीले आफूले रोजगारीबाट गरेको आम्दानीवाट असहायलाई सहयोग गर्ने उद्देश्यले आर्थिक सहयोग गरेकी हुन् ।


उनले पठाएको रकम बागलुङ पैयुपाटाका अशोक गिरीले अपांग बालिकाका बाबु बलबहादुर परियारलाई हस्तान्तरण गरेका छन् । जन्मेदेखि नै ओच्छ्यानमा परेका ती अपांगको पीडा सञ्चारमाध्यम मार्फत् थाहा पाएपछि तिवारीले आफनै आम्दानीबाट खर्च कटाएर रकम संकलन गरी नेपाल पठाएकी हुन् ।

बलबहादुर र कौशिलाका १० मध्ये तीन सन्तानको मृत्यु भइसकेको छ भने चार छोरी अपांग छन् । उपचारका लागी बाबु आमाले ऋण गरेर विभिन्न ठाउँका अस्पतालसम्म पु¥याएपनि उपचार सम्भव छैन भनेर डाक्टरले नै फर्काएपछि १९ वर्षीया मिठु, ११ वर्षीया गंगा र जमुना, ८ वर्षीया अनिता सुतेरै दिन काट्न विवश छन् ।साभार :- इमेज चयानल्स 


No comments:

Post a Comment