दलितको उत्थान एमालेले गर्छ– उम्मेद्वार राई

धरान / नेकपा एमाले सुनसरी क्षेत्र नं. –१ प्रत्यक्ष तर्फका उम्मेद्वार कृष्णकुमार राईले दलित वर्गको उत्थान गर्ने एकमात्र पार्टि नेकपा एमाले भएको बताएका छन् ।
सोमबार नेपाल उत्पीडित जातिय मुक्ति समाज धरान नगर समितिले आयोजना गरेको शुभकामना आदानप्रदान तथा उमेद्वार भेटघाट कार्यक्रममा बोल्दै उमेद्वार राईले नेकपा एमालेको विजय भएमात्र दलित वर्गको मुक्ति हुने बताएका हुन ।
 दलितहरुको आर्थिक, सामाजिक तथा साास्कृतिक रुपान्तरण गर्ने पार्टी एमालेलाई भोट दिएर जिताउन पनि उनले आग्रह गरे ।

नेपालीहरुको महानचाड वडा दशै, दीपावली, छठ तथा मुस्लिम समुदायको वकरइदको अवसर पारेर आयोजित कार्यक्रममा करिब २ सय दलित नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रममा नेकपा एमाले जिल्ला सचिव मोतिराज सुनुवार, धरान नगर इन्चार्ज प्रदिप भण्डारी, जिल्ला सदस्य जयकुमार राई, पदमप्रसाद लिम्बु, नेकपा एमाले क्षेत्रीय अध्यक्ष इन्द्रकुमार राई, सचिव रेवतीरवण राई, नगर अध्यक्ष तारा सुब्बा उपाध्यक्ष नारायण सुवेदी तथा मुक्ति समाज कोशी अञ्चल सदस्य प्राध्यापक बिनुमान मोते लगायतकोउपस्थिति रहेको थियो । कार्यक्रममा लक्ष्मण दासले स्वागत मन्तव्य दिएका थिए भने अध्यक्षता कार्यबाहक अध्यक्ष किशोर परियारले गरेका थिए । कार्यक्रम सचिव शीव विकले सञ्चालन गरेका थिए ।

No comments:

Post a Comment