पहिलो मिस दलित नेपाल २०७० को उपाधी सानिया सुनार लाई

मिस डाईनामिक सानिया, फस्ट रनरअप अनु र सेकेन्ड रनरअप सुजता |
 नेपाल दलित समाज कल्याण संघको आयोजना तथा ट्रेनर नेपालको सहकार्यमा नेपालमैै पहिलो पटक हुनलागेको  मिस दलित नेपाल २०७० को ग्राण्ड फिनाले कार्तिक ८ गते पोखरा सभागृहमा भएको छ ।
  नेपालका बिभिन्न शहरहरु भैरहवा, बाग्लुङ्ग, पाल्पा, काठमाण्डौँ, चितवन,  बुटवल पोखरा लगायतका ठाऊँहरुबाट छनौटमा परेर आएका  प्रतियोगीहरु लाई फाईनल चरणको लागी बिभिन्न बिधामा  ट्रेनर नेपालका अध्यक्ष रबिन गुरुङ्ग, शलिना गुरुङ्ग, करीश्मा सुनार लागायतले तालिम तथा प्रशिक्षण दिएका थिए  ।१३ प्रतिस्पर्धीलाई पछाडी पार्दै सानिया सुनारले पहिलो मिस डाईनामिकको उपाधी जितेकी छन् । पोखरा सभागृहमा शनिबार भएको ग्राण्ड फिनाले राउण्डमा दर्शकसंगै निर्णायकलाई खुशी पार्दै उनले उपाधी जितेकी हुन् ।

निर्णायकले अन्तिम समयमा सोधेको प्रश्नको चित्तबुझ्दो जवाफ दिएपछि सानियाको अर्को कुनै विकल्प रहेन । उनलाई सोधिएको ‘तपाई मिस डाईनामिकको विजेता बन्नुभयो भने के गर्नुहुन्छ ?’ भन्ने प्रश्नमा उनले जातिय विभेदविरुद्ध लाग्ने बताईन् । स्टार टिम वर्क नेपालको आयोजनामा पहिलोपटक दलित समुदायको सुन्दरी प्रतियोगिता भएको थियो ।
पहिलो मिस डाईनामिकको उपाधीसंगै सुनारले हार्डफोर्ड फेन्सिङ स्कुटर समेत प्राप्त गरिन् । शिर्ष उपाधीसंगै भाषणकलामा समेत उपाधी पाएकी सुनार पोखराको एअरपोर्ट क्षेत्रमा बस्दै आएकी छन् । प्रतियोगितामा कास्की लेखनाथकी अनु गहतराज फस्ट रनर अप भईन् भने स्याङ्गजा फेदीखोलाकी सुजता परियार सेकेन्ड रनरअप भईन् । फस्ट रनरअपले नगद १० हजारसहित विशेष गिफ्ट ह्याम्पर प्राप्त गरिन् भने सेकेण्ड रनरअपले ५ हजार रुपैँया प्राप्त गरिन् ।
‘हाम्रो जीवनशैलीमा परिवर्तन’ भन्ने मुलनाराका साथ आयोजना भएको प्रतियोगितामा देशको विभिन्न स्थानबाट छनौट भएका १४ जना युवतीहरु सहभागि भएको प्रा.लिका कोषाध्यक्ष राजेन्द्र नेपालीले बताए । प्रतियोगिताको निर्णायकहरुमा पुर्व मिस नेपाल निलिमा गुरुङ, राष्ट्रिय सौदर्यकर्मी युनियन नेपाल कास्कीका अध्यक्ष सुमन गुरुङ, डान्स कोरीयोग्राफि महेश गोदार, सञ्चारकर्मी सञ्जल मल्ल र विमला भण्डारी रहेका थिए । प्रतियोगिताको कोरीयोग्राफि सृजना परियारले गरेकी थिईन् । पहिलो मिस दलित नेपाल २०७० कार्यक्रमबाट बचत रकम कास्कीको लाहाचोक गाबिसमा रहेको जनजागरण प्रथामिक बिद्यालयका बिद्यार्थीहरुका लागी छात्रबृत्ती स्वरुप खर्च गरीने नेपाल दलित समाज कल्याण संघका अध्यक्ष बलराम गायकले जानकारी दिएका छन ।

No comments:

Post a Comment