समाजमा आज पनि डोम जातिको त् जीउ छुन समेत घिन मानिन्छ

“मेरो जीवन जोगाई दिनु भएकोमा धन्यवाद दिन चाहन्छौ । म दलितको छोरालाई यसरी बाटोमा लडिरहेको अवस्थामा ल्याएर नया जीवन दिनु भएकोमा धन्यवाद । समाजमा आज पनि दलितलाई हेला, दुब्र्यवहार र हिन भावनाले हेर्ने अझै डोम जातिको त् जीउ छुन समेत घिन मान्ने समाजमा मेरो छोराको जीवन जोगाई दियो यी संस्थाहरुले । म आभारी छु यस संस्था र यसका सदस्यहरुप्रति ।” – एतवरिया देबी तथा जगदिश मली ।
UNDP/LRP को सहयोगमा अनुसन्धान र विकासका निम्ती अभियान नेपाल, रौतहटले सामाजिक सदभाव र शान्तिका लागि युवा कार्यक्रम अन्तर्गत साझा सांस्कृतिक सहयोग कार्यक्रमका लागि १२ र १३ सेप्टेम्बर २०११ मा सञ्चालन गरिएको माहाविरी मेला २०६८ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा आफ्ना १२ बर्षिय छोरा अजय मलीको उपचार गराएपछि आमा एतवरिया देबी तथा बाबु जगदिश मली डोम आफ्नो भावना यसरी ब्यक्त गरे  ।
समाजमा डोम जातिलाई छुन समेत घिन मान्ने परम्परा रहेको समुदायमा यसरी डोम जातिलाई उपचार गरि निको पार्न सक्नुमा एका तिर मानविय उद्धारको काम त् भएकै छ, अर्को तिर समाजमा कुरिती र छुवाछुत विरुद्धमा भएको एक चुनौती पूर्ण काम पनि हो । तर समाजमा सदभाव र शान्ति कायम गर्नमा यस कार्यले ठुलो टेवा मिलेकोछ ।
झाडापाखालाबाट ग्रसित ती रोगी बालक मेला हेर्न आउदाँ चर्को घाममा बेहोस भई बाटोमा लडेका थिए । अभियान नेपालका सदस्यहरुले उक्त बालकलाई बाटोबाट उद्धार गरि स्वास्थ्य शिविर सञ्चालन भएको स्थानमा ल्याएर उपचार गरेका थिए । डा. रविन्द्र कुशवाहा तथा ओमप्रकाश कुशवाहाले संयुक्त रुपमा लगातार ७ घन्टा सम्मको उपचार पछि निको पारेका थिए ।
स्वास्थ्य शिविर सञ्चालन हुनु भनेको एक मानविय सहयोग हो । तर अहिले पनि सरकारी वा ग्रह् सरकारी स्वास्थ्य संस्थाहरुमा डोम जातिको उपचार गर्न नमान्ने अवस्थामा यसरी बाटोमा लडिरहेको अवस्थामा ल्याएर उपचार गर्न पाएकोमा छुवाछुत विरुद्धको लडाईमा समेत सहयोग पुगेकोछ । समाजमा डोम जाति प्रति हुने घृना र भेदभावमा कमि आएकोछ । बर्षौ देखि चलिआएको यो भेदभावका कारण समाजमा हुने कलह, आशान्ति र भेदभावलाई चुनौती दिदै गरिएको यस प्रकारको मानविय सहयोगले बास्तवमा समाजमा सामाजिक सदभाव कायम गर्नमा मद्दत पुगेकोछ ।
ग्ल्म्एरीच्ए को सहयोगमा अभियान नेपाल, रौतहटले सञ्चान गरेको स्वास्थ्य शिविरमा डोम जातिको बच्चालाई उपचार पछि निको पारे पछि उपचारमा संलग्न डा. द्वय कुशवाहाले यस्तो प्रतिक्रिया दिएः “हामीले पनि विगत ३ वर्ष देखि यस गाँउमा उपचार सेवा सञ्चालन गरिरहे पनि यसरी डोमहरुको उपचारमा यसरी संलग्न भएका थिएनौ । तर आज यी संस्थाहरुले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा डोम जातिको बच्चाको उपचार गर्दा शुरुमा अलि अप्ठयारो लागेको थियो, तर संस्थाका सदस्यहरुको सक्रियता देखेर हामी पनि प्रभावित भयौ र निर्धक्क साथ संलग्न भयौ । उपचार पछि ती बच्चालाई निको पार्न सकेकोमा गर्व पनि लागेकोछ । हामी अब यसरी समाजिक रुपमा हुने छुवाछुतलाई तोडेर अब हामी डोम जातिको पनि विना भेदभाव उपचार गर्नुपर्छ भन्ने प्रभावित पनि भएकाछौ ।”
समाजमा पनि यसको राम्रो प्रभाव परेको हामीले महसुस गरेकाछौ । समाजमा पूजापाठ आदि ईत्यादी  हुँदा डोम जातिले बनाउने बाँसका सामग्रीहरु प्रयोग गर्न मिल्ने तर उनीहरुको दुःख, सुखमा सहभागीनहुने अवस्था रहेको समाजमा डोमजातिको बच्चालाई यसरी उपचार गराउन सकेकोमा संस्था पनि गौरवान्वित भएकोछ । यसले समाजमा हुने छुवाछुतमा कमि ल्याउने आशा संस्थाले राखेकोछ । 
नोट : यो घटना अभियान नेपाल रौतहटले सामाजिक सदभाव र शान्तिका लागि युवा कार्यक्रम अन्तर्गत साझा सांस्कृतिक सहयोग कार्यक्रमका लागि माहाविरी मेला २०६८ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा भएको घटना हो ! -एडमिन
साभार :-campaignnepal.org

No comments:

Post a Comment