नेपाली कांग्रेसको चुनावी घोषणा पत्रमा दलितको लागि के प्रतिबद्धता छ ?

नेपाली कांग्रेस ले शनिवार संविधानसभा–२०७० को प्रयोजनका लागि चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ।  नेपाली कांग्रेसको घोषणापत्रहरूमा दलितको लागि के प्रतिबद्धता रहेछ ?भनेर मैले पाएको जस्ताको त्यस्तै र यस घोषणा पत्र  दस्तावेजका रुपमा नागरिकको लिंकमा जस्ताको त्यस्तै  राखेको छु  ।  जहाँ क्लिक गरेर तपाई कांग्रेस पार्टीको घोषणा पत्र पढन सक्नु हुन्छ ।
  • संविधानसभाको यो दोस्रो निर्वाचनले मुलुकको वर्तमान केन्›ीकृत र एकात्मक राज्यको स्वरूपलाई पहिचान भेटिने जातीय द्वन्द्व मेटिने गरी बदलेर राज्य संरचनाभित्र सबैको पहिचान, प्रतिनिधित्व र पहुँचलाई सुरक्षित गर्दै दिगो र अधिकार सम्पन्न संघात्मक ढाँचामा राज्यको लोकतान्त्रिक पुनर्संरचना गर्ने जिम्मेवारी पूरा गर्नेछ। 
  • मानवअधिकारको विश्वव्यापी घोषणापत्र १९४८ तथा अन्तर्राष्ट्रिय मानवीय कानुनद्वारा व्यवस्थित र परिभाषित एवम् नेपालको अन्तरिम संविधान २०६३ मा प्रतिबद्धता गरिएका मानवअधिकार र अकुण्ठित प्रेस स्वतन्त्रतासहित नागरिकका, राजनीतिक, आर्थकि, सामाजिक, भाषिक एवम् सांस्कृतिक हकलगायत सबै वैयक्तिक अधिकार एवम् स्वतन्त्रतालाई {छूवाछूत तथा भेदभावविरुद्धको हक,दलित समुदायको हक,)सुरक्षित गरिने छ। 
  • राष्ट्रिय दलित आयोग व्यवस्था गरिने छ।
  • समानता र अविभेदको मान्यताअनुरूप सबै प्रकारका सामाजिक, सांस्कृतिक विभेद अन्त्य गर्दै मर्यादित र सम्मानपूर्वक जीवनयापन गर्न पाउने प्रत्येक नागरिकको अधिकार सुनिश्चित गरिनेछ। महिला, दलित, मधेशी, आदिवासी जनजाति, पिछडावर्ग, मुस्लिम, अल्पसङ्ख्यक तथा सीमान्तकृत, समुदाय, उत्पीडित वर्ग, यौनिक तथा लैङ्गिक अल्पसङ्ख््यक, अपाङ्गता भएका व्यक्ति, पछाडि पारिएको क्षेत्र, गरिब, किसान, मजदुर, युवा वर्गलाई समावेशी सिद्धान्तको आधारमा मुलुकको राज्य संरचना तथा सार्वजनिक सेवामा समावेशी समानुपातिक सहभागिताको सिद्धान्तका आधारमा सहभागी गराइनेछ। लोककल्याणकारी राज्यको अवधारणाअनुरूप दलित, आदिबासी, जनजाति, मधेशी समुदाय, महिला, अपाङ्ता भएका, अल्पङ्ख्यक, युवा, बालबालिका, जेष्ठ नागरिक, मजदुर/श्रमिक, कृषक, पिछडिएको क्षेत्र, विपत्र वर्ग, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलगायत सीमान्तकृत वर्ग, क्षेत्र र समुदायको हितको संरक्षणका लागि सामाजिक न्यायको हकअन्तर्गत राज्यद्वारा विशेष व्यवस्था गरिनेछ। 
  •  नेपाली काँग्रेस निषेध र प्रतिशोधबाट होइन शान्ति, सद्भाव, एकता र अधिकारका दृष्टिकोण र लोकतान्त्रीकरणका माध्यमबाट यो प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन चाहन्छ। प्राप्त उपलव्धिहरूको रक्षा गर्दै वर्गीय, जातीय, भाषिक, लैङ्गिक, सांस्कृतिक, धार्मकि, र क्षेत्रीय भेद्भावको अन्त्य गर्दै महिला, दलित, आदिवासी जनजाति, मधेशी, उत्पीडित, उपेक्षित र अल्पसङ्ख्यक समुदाय, पिछडिएका क्षेत्रलगायतको पहिचान, पहुँच, प्रतनिधित्वको सुनिश्चित गर्दै सबै नेपालीले प्रगति, आत्मसम्मान एवम् प्रतिष्ठासहितको जीवनयापन गर्न पाउने वातावरणको निर्माण गर्न नेपाली काँग्रेस प्रतिबद्ध र सङ्कल्परत छ। 
  • दलित परिवारका युवतीलाई नेपाल भित्रै चिकित्साशास्त्र तथा इन्जिनियरिंग विधामा अध्ययन गर्न आवश्यक पूर्ण छात्रवृत्तिको व्यवस्था गरिने छ। 
  • सिमान्तकृत वर्ग, क्षेत्र समुदाय, अनाथ, अपाङ्गता भएका, दलित, महिला, मधेशी, आदिवाशी, जनजाती लगायतलाई बहुसंख्यक समान बनाउन आरक्षण वा विशेष व्यवस्था लगायतका सकारात्मक विभेदका केहि प्रभावकारी विधि अबलम्बन गरि सामाजिक न्याय र सुरक्षाको सुनिश्ति गरिनेछ। 
  • दलित समुदायमाथि जातपात र छुवाछुतका आधारमा कुनै पनि स्थानमा कुनैपनि किसिमको विभेद, अवहेलना, असहिष्णु व्यवहार वा भेदभाव भएमा यस्तो व्यवहार सामाजिक अपराध मानिनेछ र कानूनद्वारा दण्डनीय हुनेछ। त्यस्तो अवस्थामा पीडित व्यक्तिलाई उचित क्षतिपूर्त हुनेछ।युगौ देखिको उत्पीडन, अन्याय र विभेदको अन्त्यका लागि आवश्यक नीतिनिर्माण सहित समावेशीकरण कानुनको कार्यान्वयनमा विशेष जोड दिइनेछ। राज्यको निजामती प्रशासन, सुरक्षा निकाय, वित्तीय क्षेत्र, संस्थान, आयोग, समिति आदि हरेक निकायमा समानुपातिकका अतिरिक्त क्षतिपूर्त िबापत थप अधिकार सहित आरक्षणको नीति लिइने छ। 
  • शिक्षामा पहँुच नहुनु नै दलितहरु पछाडि पर्नुकोमुख्य कारण भएकाले दलितका छोरा छोरीलाई सबै तहमा छात्रवृत्ति र अन्य सहुलियतको व्यवस्था गरिनेछ। प्रत्येक विद्यालय न्युनतम एक दलित शिक्षक नीति अनिवार्य गरिनेछ। छात्रावृत्ती कार्यक्रम अन्तर्रगत प्रत्येक निजी स्कूलले प्रत्येक कक्षामा २ दलित विद्यार्थीलाई निःशुल्क पढाउनु पर्ने र २ लाई अनिवार्य छात्रावृत्ती प्रदान गर्नु पर्ने व्यवस्था गरिनेछ। 
  • दलितहरुको घरधुरी बढी भएको ठाउँमा विद्यालयको स्थापनालाई प्राथमिकता दिईने छ। दलित जेहन्दार विद्यार्थीहरुलाई छात्रवृत्तीको व्यवस्था गरिनेछ। 
  • दलित समुदायद्धारा संचालित प्राविधिक शिक्षालय, शैक्षिक संस्था संचालनार्थ प्रोत्साहन स्वरुप शैक्षिक कर छुट एंव अन्य सहुलियतको विशेष व्यवस्था गरिने छ। दलितको पेशागत सीपलाई संरक्षण गर्दै आधुनिकीकरणमा जोड दिइनेछ।
  • कतिपय दलित समुदायहरु दलितको सूचीमा सुचिकृत नहुदाँ राज्यबाट प्राप्त सुविधाहरुबाट बञ्चित रहेको कुरालाई हृदयङगम गर्दै नेपाली काँग्रेस त्यस्ता समुदायलाई तत्काल सूचीकृत गरिनेछ।राज्यका हरेक संरचनामा महिलाले प्राप्त गर्ने ३३ प्रतिशत कोटामा दलित महिलाको समानुपातिक अधिकारको सुनिश्चितताका लागि नीतिगत व्यवस्था गरिने छ।
  • भूमिहीन दलितका लागि भूमि बैंक मार्फत भूमि प्रदान गरिनेछ। असुरक्षित स्थानमा बसोबास गरिरहेका दलित समुदायको परिवारको पहिचान गरि जमिन सहितको सुरक्षित आवासको व्यवस्था गरिने छ। 
  • दलितहरु भएका बस्तिहरुलाई विशेष आवास तथा बस्ति सुधार कार्यक्रम मार्फत स्वच्छ, सुन्दर र नमुनाको रुपमा विकास गरिने छ ।
  • मुटुरोग, मृगौला प्रत्यारोपण, क्यान्सर, व्रेन, ट्युमर आदि कडा रोग लगेका दलित समुदायका व्यक्तिहरुलाई निशुल्क उपचार व्यवस्था गरिनेछ। 
  • दलित समुदायलाई जीवीकोर्पाजन गर्नका निमित्त राज्यले विशेष रोजगारीका कार्यक्रम संचालन गर्ने साथै विना धितो ऋण उपलब्ध गराई शिपमूलक काम सिकाई आत्मनिर्भर हुने व्यवस्था गरिने छ। 
  • बेरोजगार दलित युवायुवतीहरु वैदेशिक रोजगारीमा जान चाहेमा सरकारबाट विना धितो आवश्यक ऋण सुविधा उपलब्ध गराउने व्यवस्था गरिनेछ। युवा स्वरोजगार मार्फत विशेष योजना सहितको कार्यक्रम तत्काल ल्याइनेछ। 
  • दलित परिषदको निर्माण गरिनेछ। 
  •  यहाँ क्लिक गरेर तपाई कांग्रेस पार्टीको घोषणा पत्र पढन सक्नु हुन्छ । नेपाली कांग्रेसको चुनावी घोषणा पत्र (यहाँ क्लिक गर्नुहोस)

No comments:

Post a Comment