‘‘मधेसमा बसोवास गर्ने मधेसी दलित मध्ये सबभन्दा तल्लो जाति हुन, डोम ।
डोम समुदायका ब्यक्तिलाई समाजमा बढी छुवाछुतका सिकार भई रहनुपथ्र्यौ ।
झण्डै १३ वर्षको अथक प्रयासपछि समाजमा रहेका छुवाछुतको समस्यालाई केही
हदसम्म समाधान गर्न सफल भएपनि यिनलाई आफ्नै जातिभित्र रहेका विकृति हटाउन
समस्या भईरहेको छ ।’’
सप्तरीको लालापट्टी गाविसमा ४० वर्ष अघि जन्मिएका जुक्ति मरिक(डोम)लाई
बाल्यकालदेखि नै उसको जातिमा रहेका विकृती हटाउन र समाजबाट अपहेलित हु“दै
आएका डोम समुदायलाई त्यसबाट मुक्ति दिलाउनुपर्ने सो“च आएको थियो । मधेसमा
बसोवास गर्ने मधेसी दलित मध्ये सबभन्दा तल्लो जाति हुन, डोम ।
डोम समुदायका
ब्यक्तिलाई समाजमा बढी छुवाछुतका सिकार भई रहनुपथ्र्यौ । झण्डै १३ वर्षको
अथक प्रयासपछि समाजमा रहेका छुवाछुतको समस्यालाई केही हदसम्म समाधान गर्न
सफल भएपनि यिनलाई आफ्नै जातिभित्र रहेका विकृति हटाउन समस्या भईरहेको छ ।
डोम समुदायका ब्यक्तिमा रहेको बालबिवाह, जुठो खाने, मरेका ब्यक्तिको लुगा
ल्याउने÷लगाउने, अत्यधिक जा“ड रक्सी खाने जस्ता बिकृतिहरुले हाम्रो जातिलाई
अछुत जाति बनाई राखेको यिनको अनुभव छ । यिनले १५ पुस, २०६५ मा ५० हजार
राशिको ‘अलावा रत्न’ पुरस्कार समेत प्राप्त गरि सकेका छन् । त्रिभुवन बिश्व
बिद्यालय अन्तर्गत महेन्द्र बिन्देश्वरी बहुमुखि ब्याम्पस राजबिराजबाट
बि.ए. तेश्रो बर्षमा अध्ययनरत रहेका यिनले समाजबाट हु“दै आएको अपहेलित र
आफ्नै जातिमा रहेका विकृति हटाउन भोगेका केही क्षणहरु प्रस्तुत छन्, यिनकै
शब्दमा ।
डोम जातिको भएपनि अलि सम्पन्न परिवारमै मेरो जन्म भयो । डोम समुदायका
ब्यक्तिहरुको प्रायः जसो ठुला जातिको जग्गामा वा सार्वजनिक जग्गामा बसोवास
गर्ने गरिन्थ्यो । तर, मेरो जन्म १५ कट्ठा जग्गा र घडेरी भएको परिवारमा भयो
। मेरो बुवा प्रथमलाल मरिकले सप्तरीको लालपट्टी आसपासका छिन्नमस्ता,
फैकरा, बनैनिया“, बर्दाही, मानपर र रम्पुरा सहित पा“च गाउ“मा हुने बिवाह,
श्राद्ध जस्ता अन्य धर्मकर्मको काम चाहिने भा“डोहरु बनाएर पु¥याउने
गर्नुहुन्थ्यो । बुआ आमाले बनाउनु भएको यस्ता बा“सको सामग्रीहरु मैलेपनि
ठुलाबडाको घरघरमा पु¥याउने काम गरे“ । बाल्यकालमै बजारमा बिक्री हुने समान
खरीद गर्न मान्छे आफै“ आउने र हामीले बनाएको सामन बिक्री गर्न अर्काको
घर–घरसम्म जानु पर्ने सिस्टम देखेर मलाई दिक्क लाग्थ्यौ“ । त्यतिबेला पनि
डोम जातिमै केहि होसियार भएका मध्ये मेरो बुवा पनि पर्नुहुन्थ्यो । उहा“ले
मलाई बढी दिनसम्म घरायसी काम प्रयोग नगरी पढाईकालागि गाउ“कै प्राथमिक
स्कुलमा भर्ना गराएदिए“ । बुवाले त विद्यालयमा भर्ना गराई दिनुभयो, तर मलाई
त्यहा“ पढ्न पनि निकै समस्यास“ग जुध्नु प¥यो । विद्यालयमा पढ्न जा“दा
शिक्षकहरुले मलाई कक्षामा बस्न नदिने, कक्षामा बसेपनि अरु बिद्यार्थीका
अभिभावकहरुले विरोध जनाउने जस्ता कार्य हुन्थ्यो । जसो तसो ५ कक्षा पास
गरे“ । त्यसपछि माथिको पढाईका लागि गाउ“देखि पा“च किलोमिटर टाढाको श्री
जनता शंकर माबि नर्धोमा नाम लिखाए“ । पा“च किलोमिटरको दुरी रहेको उक्त
विद्यालय जान त्यतिबेला सजिलो थिएन् । सानै भएकोले दिनु“ह पा“च किलोमिटरको
दुरी जान आउन निकै समस्या हुन्थ्यौ“ । पछि बुवाले सोही बिद्यालयकै
छात्राबासमा भर्ना गराई दिनुभयो । तर, विद्यालयको छात्राबासमा बस्न समेत
मलाई सहज भएन । छात्राबासमा बस्दा खाना मेसमा खान दिदैनथियो, मलाई । मैले
त्यतिबेला छात्राबास नखाई बाहिरै बसेर खानुप्रथ्यौ“ । बहुत दुःख गरेर
माध्यमिक शिक्षा हासील गरे“ । अहिले सम्झन्छु, दुःखको फल मिठै हु“दो रहेछ ।
२०४७ सालको एसएलसी परीक्षामा मैले प्रथम श्रेणीमा एसएलसी उतिर्ण गरेपछि म
मा खुसीको सिमा नै रहेन् । किनभने त्यतिबेला पनि जिल्लामा एसएलसी पास गरेको
कोही पनि थिएनन्, डोम जातिमा ।
एसएलसी पास गरेपछि पक्लीहवाबाट जे.टी. पनि उतिर्ण गरे“ । जे.टी. उतिर्ण
गरेपछि जागिरकोलागि दिनु“ह जसो पत्रपत्रिकामा छापिएको विज्ञापन हेर्थे र
भर्थे पनि । तर, मलाई सोर्स नभएका कारण जागिर पाउन सकिनन् । जागिरकै लागि
बिज्ञापन हेर्न पत्रपत्रिका हेर्दै गर्दा २०५३ सालमा स्पेश टाईम दैनिक
पत्रिकामा गुणराज ल्यु“टेलको लेख देखे“ । गुणराज ल्यु“टेलको लेखले मलाई
दलित मुक्तिको अभियानमा लाग्न थप अभिप्रेरित ग¥यौ । लेखमा सार्वजनिक
स्थानमा कुनैपनि किसिमले छुवाछुत गर्न पाईदैन भन्ने उल्लेख थियो । ‘मुलुकी
ऐन २०७ को दफा ४ अनुसार छुवाछुत गर्नेलाई ३ हजार जरिवाना वा १ बर्ष कैद वा
दुवै सजाय हुने ब्यवस्था रहेको छ, गुणराज ल्यु“टेलजीको लेखमा उल्लेख थियो ।
ऐनमा समेत ब्यवस्था भएकाले पनि मलाई आफ्नो जातिमाथि भईरहेको छुवाछुत हटाउन
मद्दत पुग्यौ“ । हौसला बढ्यौ । लेखले दिएको प्रेरणा अनुसार म गाउ“कै दलित
युवाहरुलाई संगठित पारेर छुवाछुतबाट मुक्त हुने अभियानको सुरुवात गरे“ ।
छुवाछुत बिरोधी अभियानमा लाग्दा शुरुमा मैले आफ्नै परिवारबाट सहयोग पाउन
सकेन् । यस अभियानमा युवाहरुलाई सक्रिय गराउन निकै कठिन थियो । किनभने
त्यतिबेलासम्म सम्म पनि जिल्लामा डोम जातिबाट म बाहेक एसएलसी पास गर्ने
कोही थिएनन् ।
त्यसपछि मैले ‘डोम उत्थान समाज, सप्तरी’ भन्ने संगठन खोलेर छुवाछुत
हटाउनतर्फ अग्रसर भए“ । डोम जाति भएकै कारण यस जातिका मानिसहरुलाई देवी
देउताको मन्दिरमा समेत छुवाछुत गरेर प्रवेश गर्न दिदैनथियो । जुन कुरा मलाई
धेरै चित्त दुःखाएको थियो । डोमले बनाएको सामग्री मन्दिरमा चढाउन मिल्ने
तर, डोमलाई मन्दिरमा प्रवेश गरि पुजाआजा गर्न नदिने अन्याय भईरहेको मेरो
ठहर थियो । पछि संगठनमा मैले सप्तरीका डोम जातिकालाई मानिसहरुलाई
विस्तारै–विस्तारै पसाउन थाले“ । जस अनुरुप डोम उत्थान समाजको अगुवाईमा
पहिलो पटक २०५९ सालको कार्तिक महिनामा मोरे गाउ“ नजिकै रहेको प्रसिद्ध
छिन्नमस्ता भगवती मन्दिरमा प्रवेश गर्ने योजना बनायै“े । तर, गाउ“कै पुरातन
सोचका ब्यक्ति र खास गरि मन्दिरका पुजारी महाकान्त ठाकुरको बिरोधका कारण
मन्दिर प्रवेश गर्न पाएनन् । मन्दिर प्रवेश गर्न नपाएपछि संगठनस“ग आवद्ध
भएका साथीहरुले हैराश खाए“ । मैले हैराश खानु हु“दैन । एक पटक भएन भने
अर्को पटक हुन्छ, भनेर फेरी केहि दिनकै अन्तरालमा दुई पटक मन्दिर प्रवेश
गर्ने अभियान बनाए“ । तर असफल भयौ“ । त्यसपछि फोरी सोही बर्षको चैत्र २५
गते स्थानिय प्रहरीको सहयोगमा डोम जातिका मानिसलाई छिन्नमस्ता भगवती
मन्दिरमा प्रवेश गराएर पुजाआजा गर्न सफल भयौ“ । जुन मेरो जीवनको महत्वपुर्ण
क्षण थियो । त्यो दिन मेरो पहिलो सफलता थियो । त्यसपछि जिल्ला भरिनै
मन्दिर प्रवेशको अभियान नै चलाए“ । मुुलुककै अर्को प्रसिद्ध मन्दिरको रुपमा
रहेको कंकालिनी भगवती मन्दिर भारदह, राजबिराजको भगबती मन्दिर र राजदेवी
मन्दिरमा डोम जातिका मानिसहरुलाई प्रवेश गराएर पुजाआजा गराए“ । जसले अब
कुनै पनि मन्दिरमा डोम जातिलाई पुजा आज गर्न रोकटोक गर्ने प्रथा नै हरायो ।
मन्दिर प्रवेश कार्यक्रमले आपेक्षित सफलता पाएपछि पुजाआजामा कुनै रोक
टोक गर्ने प्रथा नै समाप्त भएपछि सार्वजनिक स्थानमा डोम जातिलाई चिया“ समेत
खान नदिने बिकृति हटाउनतर्फ लागे“ । त्यसक्रममा सदरमुकाम राजबिराज सहित
जिल्लाका कतिपय बजारहरुमा डोम जातिका मानिसहरुस“ग पसलका साहू महाजनहरुले
झै–झगडा गर्दै कुटपीटका घटना पनि घट्यो । तर, मैले आफ्नो प्रयासलाई त्यसै
मर्न दिएन । निरन्तरको प्रयासले यस्ता बिकृतिलाई समाजबाट हटाउन डोम उत्थान
समाज सप्तरी सफल भयो । तर, मेरै जातिमा रहेका केही विकृतिहरु ह्टाउन बढी नै
मुस्किल भईरहेको छ । मेरो जातिमा हुने बालविवाह केही हदसम्म रोकिएपनि
पुर्णत रोकिएको छैन । यसमा पनि डोम उत्थान समाज लागि परेको छ । अहिले डोम
उत्थान समाजको प्रेरणाले डोम जातिमा शिक्षा तर्फ पनि ह्वातै आकर्षण बढेको छ
। अहिले सप्तरीमा ६ जना डोम समुदायका युवाहरुले एसएलसी पास गरि सकेका छन् ।
जसमध्ये एकजना युबती पनि छन् ।
सप्तरी जिल्लामा कुल मधेसी दलितको जनसंख्या १ लाख ३५ हजार भएपनि डोम
जातिको जनसंख्या २ हजार ५ सय माञ छन् । जसमा डोम जातिका तीन सय १२ घरघुरी
छन् । डोम जातिमा शाक्षरता २ प्रतिशत मात्र छन् । जबकी सप्तरीको कुल
शाक्षरता ४८ प्रतिशत र मधेसी दलितको मात्र साक्षरता ७ प्रतिशत छ । बिगतमा
सम्पन्न संविधान सभाको निर्वाचनमा प्रत्येक जातिबाट कम्तीमा पनि एक जना
प्रतिनिधी रहने ब्यवस्था हुने ठुला दलहरुको प्रतिबद्धता भएपनि डोम जातिबाट
प्रतिनिधी हुन नसकेकोमा मेरो चित्त दुःखेको छ । संविधान सभाको निर्वाचन पछि
सरकारले गर्न लागेको २५ जना सभाषदको मनोनित गर्ने समयमा पनि संविधान सभा
आगाडी तीन दिन सम्म धर्ना बस्दा पनि डोम जातिको अवाज सरकारले सुनदिएन् ।
खैर पुराना कुरा बित्यो । अब पनि सरकारले यस्ता आरक्ष कोटाहरुमा डोम जातिका
ब्यक्तिलाई पनि सहभागिता गराउनुपर्छ । देशका नेताहरुको क्रियाकलापका कारण
समयमा नया“ संविधान निर्माण नभएकोप्रति दुःख लागेको छ । मैले डोम जातिको
तर्फबाट संविधान सभामा सुझाव समेत पठाएका थिए“ । डोम जातिको अब्यवस्थित
बासोवासलाई ब्यवस्थित बनाउनु पर्ने, डोमलाई बिशेष आरक्षणको ब्यवस्था
दिनुपर्ने जस्ता मागहरु सहितको सुझाव संविधान सभामा पठाएका थिए“ । तर,
अहिलेसम्म केही हुन सकेको छैन ।
साभार :- rajkumarpaswan.wordpress.com
No comments:
Post a Comment