दलितहरुको बस्तीमा एमाआवादीको सभा

डोटी, असोज ३१– डोटीको क्षेत्र नम्बर २ मा पर्ने पत्नाली गाविसको पट्कानीमा आज भव्य चुनावी सभा सम्पन्न भएको छ । सभालाई एमाओवादीका केन्द्रीय सदस्य सिद्धराजभाट र क्षेत्र नम्बर २ का प्रत्यक्ष तर्फका उम्मेदवार त्रिलोचन भट्टले सम्बोधन गर्दै दलितहरुको मुक्ति एमाओवादीले मात्र गर्न सक्ने बताएका थिए । उम्मेदवार भाटको भनाइ थियो –पहिचानसहितको संघीयताबिना डोटेली जनताको विकास सम्भव छैन । 
त्यस्तै सभालाई सम्बोधन गर्दै ६० वर्षीय दलित मनुका नेपालीलले डोटेली भाषामा गीत प्रस्तुत गर्दै कांग्रेस र एमालेले दलितहरुलाई सँधै छक्याएर भोट लिने गरेकोले यसपालीको संविधानसभाको चुनावमा सबै दलितहरुले एमाओवादीलाई भोट दिन आग्रह गरेका थिए । 

दलितहरुको वर्चश्व रहेको सो वस्तीमा काम छोडेर जनताहरु एमाओवादीको सभा सुन्न उपस्थित भएका थिए । यसैबीच, डोटीका दुबै क्षेत्रबाट एकिकृत नेकपा (माओवादी) ले जित्ने पक्का भएपछि कांग्रेस र एमाले अहिले आत्तिएका छन् । पहिचान सहतिको संघियता, संघियता सहितको संविधान र संविधान सभाबाट नै संविधान भन्ने नाराले जनलहर आफुतिर रहेको एमाओवादीका क्षेत्र नं. २ का प्रत्यक्ष उम्मेदवार त्रिलोचन भट्टले बताए । उनले भने, ‘जनताहरुले अब यो देशलाई आर्थिक विकास र संघियतामा लैजाने माओवादीको एजेण्डा भएकोले यो काम हाम्रै हातबाट सम्भव छ, त्यसैले डोटेली जनताले हामीलाई दुबै क्षेत्रबाट जिताउदै छन् ।’ 
अहिले अन्य जिल्लामा राजनितिक दल परित्याग गरेर एमाओवादीमा प्रवेश गर्नेहरुको लहर नै लागेको छ ।जिल्लाका ५० वटा गाउँ विकास समिति र एक नगरपालीकामा एमाओवादीको घर दैलो कार्यक्रम चलिरहेको छ । पटक–पटक एमाले र कांग्रेसलाई दियौं, अब नयाँ शक्ति जो परिवर्तन गर्न सफल देखिन्छ, त्यो माओवादी हो । त्यसैले अब माओवादीलाई नै जिताउछांै भन्नुहुन्छ दिपायल सिलगढी नगरपालीका १३ का आशिष विष्ट । यसरी एमाओवादीको पक्षमा जनलहर देखेर अन्य राजनैतिक दलहरु आत्तिएर चुनाव प्रचार प्रसार गर्न पनि लाज मानीरहेका छन । डोटीमा एमाओवादीका प्रत्यक्ष तर्फका उम्मेदवार त्रिलोचन भट्ट र महोन वमको जित सुनिश्चित देखिएको छ ।
 - Source:-ratopati

No comments:

Post a Comment