जनता आवास कार्यक्रमअन्तर्गत दुई कोठा र ५ फिट चौडाइ भएको भान्सासहितको बरण्डा रहेको घर निर्माण गरिन्छ । यसरी बनाइने घर राष्ट्रिय आवास नीतिले तोकेको मापदण्डअनुसार निर्माण गरिन्छ । यस्तो आवास निर्माणका लागि सरकारले १ लाख ५६ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको केसीले बताए । आवास निर्माणका लागि सरकारले चार किस्तामा रकम उपलब्ध गराउँछ ।
जनता आवास कार्यक्रमको नीतिगत व्यवस्था
जनता आवास कार्यक्रम कार्यविधि, २०६६ मिति २०६६ फागुन ५ गते तत्कालीन मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो । यो कार्यक्रम कार्यान्वयनका लागि केन्द्रस्तरमा शहरी विकासमन्त्रीको संयोजकत्वमा मन्त्रिपरिषद्मा लक्षित वर्गका मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीहरू सदस्य रहेको केन्द्रीय निर्देशक समिति रहेको छ । त्यस्तै जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कार्यक्रमसँग सम्बन्धित जिल्लास्तरीय कार्यालयहरूका अधिकृत प्रतिनिधिहरू तथा संयोजकले तोकिदिएका दलित र विपन्न मुसलमान समुदायको महिलाको समेत प्रतिनिधित्व रहने गरी जिल्लास्तरीय समन्वय समिति गठन गरिएको केसीले जानकारी दिए ।
जनता आवास कार्यक्रमबाट लाभान्वित जाति
डोम, मुसहर, चमार, दुसाध, खत्वे, चेपाङ, राउटे, कुसुण्डा, वादी, बनकरिया, सुरेल, गन्धर्वलगायत अन्य दलित र विपन्न मुसलमान परिवार छन् । अन्य दलितका हकमा गन्धर्व, परियार, विश्वकर्मा, सार्की, कलर, ककैहिया, कोरी खटिकलगायत छन् । त्यस्तै चिडिमार, तत्मा, धोबी, पत्थरकट्टा, पासी, वाँतर, मेस्तर, सरभङ्ग परिवार समूहभित्र पर्ने सबै थर समावेश गरिएको छ ।
समस्या र समाधान छनोटमा परेका जिल्लाका सम्पूर्ण भवन निर्माण सम्पन्न नहुँदै सरकारले हरेक आवमा नयाँ जिल्ला तथा जाति थप्दै गएको छ । यसले गर्दा कुनै पनि क्षेत्र वा जातिको छनोट गरिएको सम्पूर्ण जनता आवास निर्माण सम्पन्न हुन नसकेको केसी बताउँछन् । ‘क्षेत्रगत वा जातिगत हिसाबले छनोटमा परेको जनता आवासको निर्माण सम्पन्न गर्दै जाँदा राम्रो हुने देखिन्छ,’ केसीले भने ।
सकारात्मक परिवर्तन
जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माण गरी हस्तान्तरण गरिएका क्षेत्रका बासिन्दाको शिक्षा, स्वास्थ्य, सञ्चारलगायतका क्षेत्रमा पहुँच बढ्दै गएको पाइएको केसी बताउँछन् । व्यवस्थित आवास नभएका लक्षित वर्गले घर पाएपछि उनीहरूले अरू आवश्यकताको बारेमा सोच्न थालेका हुन् । यस्ता व्यवस्थित घरबाट सम्बन्धित व्यक्तिहरूको स्वस्थकर बसाइ हुनुका साथै घामपानीलगायत समस्याबाट बचेका छन् ।
जनता आवासले भवन निर्माण गर्दा ध्यान पुर्याउने कुराहरू
- स्थानीयस्तरमा उपलब्ध हुने निर्माण सामग्रीको अधिकतम उपयोग
- स्थानीय क्षेत्रमा उपलब्ध हुने दक्ष, अर्धदक्ष तथा अदक्ष जनशक्तिबाट आवास निर्माण गर्ने
- नमूना आवास निर्माण गर्ने क्रममा लाभग्राहीहरूलाई काममा लगाई स्थानीय रोजगारी तथा शीप विकासमा टेवा पु¥याउने
- सामाजिक सद्भाव अभिवृद्धि गर्दै आफ्नो घर आफै बनाउने परम्परालाई निरन्तरता दिई निर्माण गरिने
- लक्षित वर्गहरू बसोबास गर्दै आएको स्थानमा न्यूनतम ३ सय २४ वर्गफिट क्षेत्रफलमा २१ फिट ९ इञ्च लम्बाइ, १५ फिट चौडाइ र उचाइ अधिकतम ९ फिटदेखि न्यूनतम ७ फिट ६ इञ्च भएको, दुईपाखे, दुई कोठा तथा ५ फिट चौडाइ भएको भान्सासहितको बरण्डा रहेको आवास निर्माण गरिने
- सिमेण्ट–बालुवाको जोडाइमा स्थानीयस्तरमा उपलब्ध हुने इँटाको प्रयोगबाट २ फिट गहिराइ र १८ इञ्च चौडाइ भएको जग निर्माण गर्ने
- सिमेण्ट–बालुवाको जोडाइमा स्थानीयस्तरमा उपलब्ध हुने इँटाको प्रयोग गरी घरको पर्खाल निर्माण गर्ने
- दुई कोठाबीचको पार्टिशन वाल बाँसको टाटीमा दुवैतर्फ माटोको प्लाष्टर लगाई निर्माण गर्ने
- बाँसको फ्रेममा सादा जस्तापाता एकातर्फ ठोकी झ्याल तथा ढोका निर्माण गर्ने
- बाँसको डाँडाभाटामा २६ गेज मिडियम जस्तापाताको छाना छाउने ।
No comments:
Post a Comment