‘देउता पुजेर होईन दलितका खुट्टा ढोगेर भोट मागौं’

प्रेम सुनार, गुल्मी कार्तिक ३ – 
चुनाव जित्नका लागि जनतालाई विभिन्न प्रलोभन देखाउनु त छंदै छ , त्यसका अलवा नेताले आफ्ना देउता–पितृको पुजा गर्ने चलन नेपालमा छँदै छ । तर गुल्मीका एक नेताले नयाँ चलन सुरु गरेका छन कि उनको त्यो चलनले यहि सन्देश दिएको छ –‘ अव चुनाव जित्नका लागि देउता पुजेर होईन, दलितका खुट्टा ढोगेर भोट मागौं ।’ चुनावमा दलितहरुलाई मुक्ति हाम्रो पार्टीले नै दिन्छ भन्ने तर पछि ब्यबहारमा सधै उस्तै गर्दै आएका नेताहरुलाई चुनौती दिदैं एकिकृत नेकपा माओवादी गुल्मी क्षेत्र नम्वर २ का उमेदवार अशोक थापाले अर्खले ५ कि ८३ वर्षिया बृद्धा हरिकला सुनारको खुट्टा ढोगेर आशिर्वाद माग्दै यस्तो चलन ल्याएका हुन् । उनले अव साँचो अर्थमा गरिव, विपन्न र दलित लगायतको पछाडी परेको समुदायको पक्षमा संविधान लेख्नकै लागि सभाषद बन्ने भए पहिला दलितहरुको खुट्टा ढोगेर प्रण गर्नु पर्ने र उनिहरुको आशिवार्द लिनु पर्ने
बताउँदै दलित बृद्ध सुनाबाट अविर टिका ग्रहण गरी खुट्टामा ढोगेका थिए । उनले त्यसरी दलितको खुट्टा ढोगेर आशिवार्द लिई रहँदा दलित साझा मञ्च गुल्मीका अध्यक्ष गणेश बिश्वकर्मा हामी गर्वित छौं भन्दा भन्दै भक्कानो छाडेर रोएका थिए । ‘ यतिका वर्ष राजनिति गरियो दलित मुक्तिका लागि’ उनले भने–‘ यसरी ब्यबहार मै खुट्टा ढोग्ने नेताहरु देखेका थिएनौ, यो जिल्लामा पहिलो उदाहरणीय काम हो ।’
 जिल्लाका अर्का दलित अगुवा धर्म बिश्वकर्माले पनि अव जुन चाँही नेता दलितकहाँ भोट माग्न आउँछ उसलाई पहिला जेष्ठताको आधारमा खुट्टा ढोग्न र चुलोमा लगेर खान खान लगाउन पर्नेमा जोड दिए । उनले भने –‘धेरै भयो नेताहरुले नमस्कार गरेर भोट मागेको अव त्यसरी हुँदैन, आफु भन्दा दलित जेठो छ भने ग्रैह दपलत त्यो उमेदवारलाईे खुट्टा ढोगाउन लगाउनु पर्छ र चुलोमा लगेर खान खाउ भन्नु पर्छ ।;’ २ नम्वर क्षेत्रिय उमेदवार थापाले अर्खलेकी दलित बृद्ध हरिकलाको खुट्टा ढोगेर आशिवार्द लिए लगत्तै तम्घास ८ निवासी १०८ वर्षिया बृद्ध सुमित्रा श्रीसको पनि खुट्टा ढोगेर आशिवार्द लिएका छन् । उनले अर्का जेष्ठ नागरिक सिमिचौरका ८४ वर्षीय बृद्ध मान सिंह थापाको पनि खुट्टा ढोगेर आशिवार्द लिए लगत्तै चुनावी अभियानमा गाउँ पसेका छन् ।
उनको यो चुनावी प्रयोगले विपक्षी उमेदवारहरुलाई चुनौती थपि दिएको छ । दलितहरुका अगुवा कार्यकर्तासंग बसेर नेताहरुले संगै खान खाए पनि उनिहरुको चुलोमा पस्ने, आफ्नो चुलोमा पसाउने कुरा अहिले सम्म कुनै दलका कुनै पनि नेताहरुले गर्न सकेका छैनन् । अझ झन दलितका खुट्टा ढोग्ने कुरा त उनिहरुका लागि आपत्तीजनक कुरा बन्दै आएको छ । हेरौं एमाओवादी उमेदवार थापाको खुट्टा ढोगाई चुनावी ढोङ्ग मात्रै हो वा पछि सम्मै देख्न पाईने हो , यो पनि प्रतिक्षाको विषय बनेको छ ।
साभार :गुल्मी टुडे 

No comments:

Post a Comment