दलितको साहारा एमाले : नेपाल

काठमाडौं, नेकपा एमालेका वरिष्ठ नेता काठमाडौं–२ का उम्मेद्वार माधवकुमार नेपालले नेकपा एमाले दलित र उत्पीडित समूदायलाई साहारा दिने पार्टी भएको बताउनुभएको छ ।मतदाता घरदैलो अभियान अन्तर्गत सोमबार मूलपानी–५ को दलित वस्ती विसुंखे टोलमा दलित समूदायलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले त्यस्तो बताउनुभएको हो ।

 ‘अरुले धेरै गफ गरे होलान्, तर एमाले काम गरेरै देखाउने पार्टी हो, नेपालले भन्नुभयो,‘दलितका छोराछोरीलाई निःशुल्क शिक्षा तथा नर्सिङतर्फ निःशुल्क उच्च शिक्षाको व्यवस्था गर्ने निर्णय मेरै(एमाले) नेतृत्वको सरकारले गरेको हो ।’ उहा“ले आफ्नै नेतृत्वको सरकारले सिरहा र सप्तरीमा ३ हजार दलित परिवारलाई आवासको व्यवस्था गरेको स्मरण गर्दै भन्नुभयो,‘दलितलाई अपमान गर्नेलाई दण्डित गरिनेछ, वास्तविक रुपमै दलित समूदायलाई साहारा दिने पार्टी एमाले नै हो ।’
एमाओवादीले अनेक भ्रम छरेर दलित समूदायलाई भोट बैंकका रुपमा प्रयोग गर्न सक्ने भन्दै उहा“ले सचेत बन्न आग्रहसमेत गर्नुभयो । मतदाता घरदैलो कार्यक्रम अन्तर्गत उहा“ले आज मूलपानीको वडा नं ५, ६ र ९ का मतदाताहरुस“ग भेटघाट गर्नुभएको थियो । त्यसक्रममा उहा“लाई स्थानीय मतदाताका साथै विभिन्न क्लवहरुले आ–आफ्ना समस्याहरुसमेत अवगत गराएका थिए । मतदाता घरदैलो कार्यक्रममा समानुपातिकतर्फका उम्मेद्वाहरु समेत सहभागी हुनुहुन्थ्यो । आजै उहा“ले डा“छी गाविसको थलीमा मतदाता भेटघाट गर्ने कार्यक्रमसमेत रहेको छ ।

No comments:

Post a Comment