माया विकको मृत्यु बारे प्रहरीले चलाएको गोली लागि दुईको मृत्यु

स्याङ्जा - स्याङ्जाको चापकोटमा प्रहरीले चलाएको गोली लागि दुई को मृत्यु भएको छ। मत्यु हुनेमा चापाकोटका सुर्य आले र कृष्ण भट्टराई रहेका छन्। ३ जना गम्भीर घाइते छन्।चापाकोटकै महिलाको मृत्यु बारे प्रहरीले गरेको अनुसन्धानमा असन्तुष्ट आमा समुह र स्थानियवासी प्रहरी चौकी पुगेका थिए। सोही क्रममा स्थानियबासी र प्रहरीबीच झडप भएको थियो।

झडपपछि प्रहरीले हवाइ फायर गरेको बताएकोछ। असोज २७ गते नवमीको दिन मृत अवस्थामा फेला परेकी चापाकोट ५ की माया विकको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको थियो। तर प्रहरीको अनुसन्धान प्रक्रिया चित्त बुझ्दो नभएको भन्दै स्थानियवासी प्रहरी
चौकीमा पुगेका थिए। स्थानियवासीले विकले आत्महत्या गरेको नभइ हत्या भएको दावी गर्दै आएका छन्। आत्मरक्षाको लागि प्रहरीले गोली चलाएको प्रमुख जिल्ला अधिकारी कृष्ण वहादुर राउतले बताए ।घटनापरी गम्भीर घाइते हुनेहरुमा स्थानीयवासी गायत्री आचार्य, गंगाकुमारी श्रेष्ठ, कमला श्रेष्ठ र लिलु विक रहेको प्रत्यक्षदर्शी गिरीराज मल्लले जानकारी दिए। घाइतेको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं लैजाने तयारी भएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रावतले बताए।

स्थानीय ३५ वर्षकी माया विकको दुई साताअघि भएको शंकास्पद मृत्युको विषयमा प्रहरीले अनुसन्धानमा ढिलाइ गरेको भन्दै स्थानीयवासीले प्रहरी चौकीमा आक्रमण गरेपछि भीड हटाउन प्रहरीले गोली चलाएको हो। झडपमा परी रत्नपुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णबहादुर थापासहित करिब एक दर्जन सुरक्षाकर्मी घाइते छन्।
- साभार :- नागरिक

No comments:

Post a Comment