यस वर्ष आकाश र पूजाले पाए अमिना सुन्दास जागरण जेहेन्दार पुरस्कार

काठमाण्डौँ ।जागरण मिडिया सेन्टरले हरेक वर्ष प्रवेशिका परीक्षा (एस.एल.सि.) मा सर्वोत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने दलित समुदायका एकजना छात्र र एकजना छात्रालाई प्रदान गर्दै आएको “अमिना सुन्दास जागरण जेहेन्दार पुरस्कार” यस वर्ष आकाश परियार र पूजा रम्तेलले प्राप्त गरेका छन् ।
आकाशले ८८.७५ प्रतिशत अंक ल्याएका थिए भने पूजाले ८६.७५ प्रतिशत अंक प्राप्त गरेकी थिइन् । जागरण मिडिया सेन्टर कै कार्यालय वुद्धनगर (काठमाण्डौं) मा कार्यक्रमको आयोजना गरि पुरस्कार प्रदान गरिएको हो । पुरस्कार स्वरुप दुवैजनालाई जनही रु.१०,०००।(दश हजार) र प्रमाण पत्र प्रदान गरिएको थियो ।
सोही कार्यक्रममा एम.बि.बि.एस.पहिलो वर्षमा त्रिभुवन विश्व विद्यालय टप गरेका दलित समुदायका
सुजितकुमार दर्नाललाई संगम परिवार समाज वेलायतबाट रहेका दलित समुदायका व्यक्तिहरुले संकलन गरेर पठाइदिएको रु. ५०,०००। (पचास हजार) आर्थिक सहयोग समेत हस्तान्तरण गरिएको थियो । समता फाउण्डेशनका अध्यक्ष पदम सुन्दासले सबै सहयोगीहरुको नाम समेत वाचन गरेर सो सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।
साभार :- जागरण मिडिया सेन्टर

No comments:

Post a Comment