दलित सवालहरूलाई आमसमुदायसम्म पुर्‍याउने प्रयास

आदरणिय दाजुभाई तथा दिदिबहिनिहरुमा सादर नमस्कार ।
एक्काइसौँ शताब्दि संगै झाङ्गिदै गएको सूचना प्रबिधिको लोकप्रियता दिनानुदिन बढ्दो छ । हामी बोल्छौँ, आलोचना, टिप्पणी, सुझाव र दृष्टिकोणहरु राख्दै प्रत्येक पल हजारौं मान्छे जोडिदै जान्छौ। हजारौं विचारहरु प्रत्येक पल यो मंचमा पोखिन्छन र त्यति नै छिटो विलिन भएर जान्छन। आज सम्म धेरै दलित र दलित मैत्री साथीहरुका धेरै परिवर्तनकारी विचारहरु कुनै आकार लिन नपाउँदै सहिद भए होलान। अघि बढ्नु पूर्ब ति ज्ञात अज्ञात परिवर्तनकारी विचारहरुलाई हार्दिक श्रद्धा सुमन अर्पण गर्न चाहन्छु । 
दलितहरु समाजका हरेक ठाउमा विभेदका शिकार भएका छन् जातीय असमानता , छुवाछुत, विभेद ले पिल्शिएका छन् , प्रताडित भएका छन् ,जकडिएका छन् अब भविष्यमा हाम्रा परिवर्तनकारी विचारहरु जो सूचना प्रबिधिमा भएका अनेकौ माध्यम खास गरि बलग र सामाजिक संजालमा अभिव्यक्त हुन्छन्, ति त्यसै खेर जान नपरोस भनि सङ्ग्रह गरि दलित सवालहरूलाई आमसमुदायसम्म पुर्याउने अभियानका लागि प्रण गर्दै यो ब्लक alldalit.blogspot.com र यो सामाजिक संजाल फेसबुकमा Gopal-Siwa पेज खोलिएको हो ।
वर्तमानमा दलित अवस्था र समस्यालाई हामी धेरैले देखे सुने बुझेको छौ । मलाई थाहा छ तपाई र म जस्ता लाखौ नेपाली छन् , दलित छन् जो पृथक सोंच र क्षमता भएका छन् । कमि छ त केवल सहकार्य र सुचना आदान प्रदानको।तपाइँ र म जस्ता मान्छेहरुको ।  तपाइँका टिप्पणी र आलोचना मार्गदर्शक हुनेछन्।यदि तपाई पनि यस ब्लक मार्फत असमानता को सिकार भएका दलितहरुको पिडा मात्र हैन निरुपणका लागि सुझाब, ऐक्यवद्धता, लेख , सुझाब सल्लाह दिइ यो अभियानमा साथ दिन चाहनुहुन्छ भने स्वागत छ ।आउनुस हामी सबै एक्काइसौँ शताब्दि संगै झाङ्गिदै गएको सूचना प्रबिधिको जालोलाई सहि ढंगले उपयोग गरौ ...सामाजिक, आर्थिक र राजनैतिक परिबर्तनका लागि आउनुस बहस र अन्तरक्रिया गरौ । हाम्रो दलित समुदायको लागि धेरै रचनात्मक र उदाहरणीय काम गरौ ।
अन्त्यमा , समय अनुसार प्रविधिको बिकाश संगै मानिसहरु अनलाइन माध्यमबाट सुचनाहरु लिने र दिने क्रम क्रमश बढेको छ , त्यहि अनुरुपमा नै  alldalit.blogspot.com ले पछिल्लो आबस्यकता पुरा गर्न भर पुर कोशिश  गर्ने छ भन्ने बिस्वास लिएको छु alldalit.blogspot.com को बिज रोपिएको छ यसलाई मल जल गर्ने काम सम्पूर्ण दलित् , गैर दलित समुदाय को उतरदायित्व रहनेछ भन्ने आशा र विस्वास  राख्दै दलित समुदायको बारेमा सुरु गरिएको यो अनलाइन पत्रिकालाइ अगाडी बढाउँन यहाहरुको सहयोग रहिरहनेछ भन्ने पूर्ण बिस्वास लिएको छु  ।
धन्यवाद
गोपाल सिवा
gopsiwa@gmail.com

No comments:

Post a Comment