दलितको मुद्धालाई राष्ट्रिय मुद्धाको रुपमा उठान गर्न दलित एकताबद्ध हुनु पर्ने

धरान । चुनावी माहौल तातिदै गर्दा हिन्दुहरुको महान चाडले पनि नेपालीहरुलाई छोपेको छ । बडा दशै २०७० को शुभकामना आदान प्रदान गर्दा विभिन्न राजनितिक दलका कार्यकर्ता तथा चुनावी उम्मेदवारहरु आफनो पार्टीलाई जिताउन भोट पनि माग्ने गरेका छन् ।उम्मेदवारी दर्ता गरेका पार्टीहरुले दशैको शुभकामना आदान प्रदान कार्यक्रम सहित उम्मेदवारी परिचय तथा प्रचार प्रसार संगै अघि बढाईरहेका छन् ।यसै क्रममा दलित सेवा संघ सुनसरी जिल्ला
कमिटि तथा संघकै धरान नगर कमिटिले आयोजना गरेको बडा दशै, तिहार तथा छड पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा दलित समुदायको मुद्धालाई सम्बोधन गर्ने राजनितिक पार्टीलाई मात्रै चुनावमा सघाउनु पर्ने दलित समुदायले बताएका छन् ।
आज भएको शुभकामना आदान प्रदान कार्यक्रममा संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष रमेश गजमेरले वर्तमान अवश्थामा पनि दलित मुद्धालाई सम्बोधन गर्न सक्ने पार्टीलाई चिन्न सकेनौ भने समुदायको अवश्था नाजुक हुदै जाने बताउनु भएको छ ।संविधान सभाको निर्वाचन विकाशका लागि नभई निति र नियम बनाउने थलोको रुप भएकाले दलित मुद्धालाई संबोधन गर्ने पार्टीलाई जिताउनु पर्ने बताउनुभयो । दलित हक अधिकारलाई संस्थागत गर्न संविधान सभामा दलित समुदायको उपस्थिती आवश्यक रहेको बताउदै गजमेरले दलित उम्मेदवारलाई जिताउन समुदायको भुमिका रहनुपर्नेमा उहाँको जोड रहेको थियो ।
दशैको शुभकामना व्यक्त गर्ने भन्दा पनि चुनावी माहौलले तातिएको सो कार्यक्रममा नेपाल दलित संघका केन्द्रिय सदस्य गोविन्द दर्नालले दलित समुदाय एकिकृत हुन नसक्दा राजनितिक दलहरुले फाईदा उठाइरहेकोे बताउनुभयो । दलितको मुद्धालाई राष्ट्रिय मुद्धाको रुपमा उठान गर्न दलित समुदाय एकताबद्ध भएर लाग्नुपर्ने उहाँको भनाई छ ।
त्यसै गरि शुभकामना दिदै राष्ट्रिय दलित मुक्ति मोर्चाका केन्द्रिय सदस्य दिल बहादुर रामदामले जुनसुकै पार्टीको भए पनि साझा मुद्धा र दलित उत्थानमा एक ढिक्का हुनुुपर्नेमा जोड दिनुभएको थियो ।कार्यक्रममा दलित सेवा संघका धरान नगर अध्यक्ष तथा राप्रपा नेपालको तर्फ बाट सुनसरी क्षेत्र नं. १ का प्रत्यक्ष उम्मेदवार जुद्ध लोहनी, दलित जनजाती पार्टीको तर्फबाट सुनसरी क्षेत्र नंं. २ का नैन विश्वकर्मा, राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट सुनसरी क्षेत्र नं. ३ कि उमा ल्वागुनले दलित हक अधिकार प्राप्तिका लागि संविधान निर्माणमा आफनो महत्वपुर्ण भुमिका रहने बताएका छन् ।
संघका जिल्ला अध्यक्ष मणिराज सुनामको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका सुनसरी जिल्ला अध्यक्ष चन्द्र थक्लुङ, किरात याक्थुङ चुम्लुङकी जिल्ला अध्यक्ष संगीता सुब्बा, सेडाका भविन्द्र विश्वकर्मा, बुद्धिजीवि बम बहादुर विश्वकर्मा, जनचेतना समुह इटहरीकी अध्यक्ष शिला गजमेर लगायतले शुभकामना व्यक्त गरेका थिए ।

No comments:

Post a Comment