खोरमा थुनिएका दुई दलित बालकको स्वास्थ्य अवस्था गम्भीर

visit: http://gopalsiwa.blogspot.com/
आर्थिक अभावले उपचार गर्न नसकेर खोरमा थुनिएका ओखलढुंगा गाविस-४ गोरुमारेभञ्ज्याङका दुई बालकको स्वास्थ्य अवस्था खराब हुँदै गएको छ । तीन दिन देखि लगातार परेको अविरल वर्षा र चिसोका कारण उनीहरूको स्वास्थ्य अवस्था झन् नाजुक बनेको हो ।

दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका शेरबहादुर र रहरी विश्वकर्माका शारीरिक असक्त दुई
छोराहरूलाई उनीहरूले काममा बाधा नपरोस भनेर विगत दुई वर्षदेखि छाना बिनाको खोरमा थुनेर राख्दै आएका छन् । घामपानीको पर्वाह नै नगरी खोरमा राखिँदा बालकहरूको अवस्था दिनदिनै बिग्रदै गइरहेको छ । सरोकारवालाहरूले स्थलगत अवलोकन गरेर वास्तविकता बुझेको भए तापनि उद्धारमा चासो नदेखाएको बालकका बुबा शेरबहादुर विश्वकर्माले गुनासो गरे ।

इन्सेक अनलाइन लगायतका विभिन्न सञ्चार माध्यमहरूमा खोरमा थुनिएका बालकको अवस्थाका बारेमा समाचार प्रकाशन भएपछि जिल्ला बाल कल्याण समितिले जनही १ हजार ५ सय रुपैयाँ सहयोग गरे पनि खोरमा थुनिएका १२ वर्षीय निर्मल विश्वकर्मा र ८ वर्षीय निराज विश्वकर्माको अझै उद्धार हुन सकेको छैन । जन्मजात शारीरिक लुलोपन र मानसिक समस्या भएर खोरमा थुनिँदै आएका बालकहरूको उद्धार र उपचार गर्न सरोकारवाला निकायहरूले चासो देखाएका छैनन् । बाल सुधार गृहमा गलत बाटोमा लागेकाहरूलाई मात्रै राखिने भएका कारण उनीहरूको उद्धार गर्न नसकेको बाल अधिकार अधिकृत झम्केश्वर ओझाले बताए ।

No comments:

Post a Comment