दलित बस्तीमा दलितले नै खानेपानीको सामाग्रीको जोहो मिलाई दिए

 लामो समय देखि खानेपानी बाट बन्चित भएका वालिङ् १० पेखुका दलित समुदायलाई दलित व्यवसायीले सहयोग गरेका छन्। दलित भएकै कारण खानेपानी बाट बन्चित हुनुपरेको अवस्था देखेर दलित व्यवसायी तथा काँग्रेसका जिल्ला सदस्य खगेन्द्र वि.क.ले करिव एकलाख बराबरको सामाग्री दिएर सहयोग गरेका हुन्।नगरपालिका भएर पनि लामो समय खानेपानी बाट बन्चित भएका दलित बस्तीमा दलित व्यवसायीले 
खानेपानीको सामाग्रीको जोहो मिलाई दिएपछि दलित समुदाय खुशी भएका छन्। भौगोलिक अवस्थाले कठिन भएपनि दलितवस्तीको छिमेकी गाँउमा खानेपानीको व्यवस्था रहेको छ तर उनीहरु भने खानेपानी बाट बन्चित भएका थिए । करिव ४५ घर धुरी रहेको दलित बस्तीमा ३ सय ५० जनाको हाराहारीमा जनसंख्या रहेको छ ।

वालिङ् नगरपालिकाले दलित बस्ती रहेको वडा केही महिना खुल्ला दिशामुक्त क्षेत्र घोषण गरेको थियो । खानेपानीको व्यवस्था नगरीकन गरिएको खुल्ला दिशामुक्त क्षेत्र दलित समुदायका लागि निल्नु न ओकल्नु जस्तै भएको छ। खानेपानि लिनकै लागि आधि घण्टा जानुपर्ने अनि एक घण्टा कुनुपर्ने अवस्था थियो स्थानीय मोहोन मिजारले भने, अव आमा वुवालाई घरदैलोमा खानेपानी ल्याउने सामाग्री आएपछि सजिलो र सुख हुनेछ।  पिछडीको वर्ग भन्दै दलितका लागि उत्थान गर्ने बिभिन्न योजनाहरु ल्याईएपनि पेखुका दलित समुदाय भने विकासे सेवा बाट बन्चित हुनु परेको छ।

नेपाली काँग्रेस स्याङ्जाले लामो समय जनता काँग्रेस अभियान संचालन गरेको थियो । सामाग्री प्रदान गर्ने दलित व्यवसायी काँग्रेसका जिल्ला सदस्य हुन् । पाटीले उनलाई जनताको गुनासो सुन्न सोही वडामा खटाएको थियो । जनता काँग्रेस अभियान अन्तरगतको कायक्रममा दलित समुदायका महिलाहरुले हामीलाई खानेपानीको दुःख परेको गुनासो सुनाएपछि खगेन्द्र विकले खानेपानीको लागि भौतिक सामाग्रीको व्यवस्था आफुले गरिदिने बचन बद्धता दिए सोही वडाका काँग्रेसका सभापति खुमकान्त अर्यालले स्मरण गर्दै भने। यहाँका दलित समुदायलाई खानेपानीको व्यवस्था मिलाउनकै लागि नगरपालिकामा धेरै पटक निवेदन दियौ सभापति अर्यालले भने तर राज्यले जनताको दुःख नदेखेपछि विकले यो समस्या हटाईदिने काम गरिदिए ।

आफु नेपाली काँग्रेसमा लागेकै कारण यो वडामा कार्यक्रता सगँको भेट हुने अवसर मिल्यो दाता विकले भने ,यहाँका दलित आमाहरुले खानेपानीको दुःख कहदा आफुलाई सहयोग गर्ने मन लाग्यो र मैले सहयोग गरेको हुँ । नेपालमा धेरै धनी व्याक्तिहरु होलान् तर धनी मात्र भएर के गर्ने मन छैन भने दलित सेवा संघका जिल्ला अध्यक्ष लिलबहादुर रनपालले भने राज्यले आर्थिक, सामाजीक, स्वाथ्य, खानेपानी, शिक्षा लगायतका आधारभुत विकासका लागि पछाडी परेका दलितहरुलाई पछाडी पारेको छ।

- साभार :- हाम्रा कुरा

No comments:

Post a Comment