मोरङका उच्च वर्गका अधिकारीहरुले दलित संग सामुहिक भोज खाए

विराटनगर २९ भदौ । जातीय भेदभाव तथा छुवाछुत विरुद्ध कानुन निर्माण भएपनि छुवाछुत अन्त्य नभएको बताउदै मोरङका उच्च वर्गका अधिकारीहरुले दलित संग सामुहिक भोज खाएका छन् ।मोरङमा क्रियासिल १० वटा गैर सरकारी संघ सस्थाहरुले शनिवार महेन्द्र मोरङ क्याम्पस विराटनगरमा आयोजना गरेको छुुवाछुत विरुद्ध कार्यक्रममा मोरङका स्थानीय विकास अधिकारी शिवराम पोखरेल, साहयक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेल र प्रहरी नायव उपरिक्षक दिपक पोखरेलले दलित संगको सामुहिक उपस्थित भई भोज खाएका थिए ।
२०६२÷६३ सालको जनआन्दोलन पछी जातीय छुवाछुत तथा भेदभाव अन्तय भएको घोेषण गरीयो । त्यस पश्चात २०६८ जेठ १८ गते छुवाछुत विरुद्धको कानुन नै निर्माण गरेर लागु गरीयो । तर अझै पनि जातीय छुवाछुत अन्त्य हुन् नसकेको कार्यक्रमका सहभागीहरुले बताएका थिए ।सो क्रममा स्थानीय विकास अधिकारी सिवराम पोखरेलले कानुनी रुपमा जातीय छुवाछुत अन्त्य भएपनि समाजिक मुल्य मान्यतामा अझै परिवर्तन नहुनु दुखद भएको बताए । उनले जनचेतना अभावका कारण परिवर्तन हुन नसकेको भन्दै जनचेतानाका आधारमा समाजामा कायम छुवाछुत अन्त्य गर्न सकिने उल्लेख गरे ।
साहयक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले छुवाछुत विरुद्ध संविधानमा परिवर्तन भएपनि व्यावहारमा लागु हुन नसकेको बताए । उनले छुवाछुत अन्त्य गर्न सरकारले अन्तर जातिय बिवाह गर्नेलाई प्रोत्साहन स्वरुप १लाख रुपैया दिदै आएको जानकारी दिए । प्रहरी नायव उपरिक्षक दिपक पोखरेलले मानिसको सोचमा परिर्वतन सुरु भइसकेकाले छुवाछुत पनि चाडै अनत्य हुने विश्वास व्यक्त गरे ।
दलित महिला अधिकार कर्मी रिका रायले जती छुवाछुत अनत्य भएको भाषण गरेपनि ठुला र साना विच भेदभाव कायमै रहेको बताए । उनले समाजमा विद्यमान गरिबी नहटे सम्म छुवाछुतको प्रथा हटाउन कठिन हुने बताइन् । सो क्रममा विद्यार्थी, पत्रकार शिक्षक राजनीतिक दलका प्रतिनिधीहरुको समेत सहभागी भएका थिए ।

No comments:

Post a Comment