एकीकृत नेकपा माओवादीको चुनावी घोषणा पत्रमा दलितको लागि के प्रतिबद्धता छ ?

एकीकृत नेकपा माओवादी ले शनिवार संविधानसभा–२०७० को प्रयोजनका लागि चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ।  एकीकृत नेकपा माओवादीको घोषणापत्रहरूमा दलितको लागि के प्रतिबद्धता रहेछ ?भनेर मैले पाएको जस्ताको त्यस्तै र यस घोषणा पत्र  दस्तावेज लिंकमा जस्ताको त्यस्तै  राखेको छु  ।  जहाँ क्लिक गरेर तपाई एकीकृत नेकपा माओवादी पार्टीको घोषणा पत्र पढन सक्नु हुन्छ 
  • सबैलाई समानताको हक, शोषण विरुद्धको हक, गोपनीयताको हक, सम्पत्तिको हक, सूचनाको हक, छुवाछुत तथा भेदभाव विरुद्धको हक, यातना विरुद्धको हक, प्रकाशन–प्रशारणको हक, धार्मिक स्वतन्त्रताको हक, वातावरण सम्बन्धी हक, देश निकाला विरुद्धको हक आदिको प्रत्याभूति गरिने छ ।
  •   ऐतिहासिक उत्पीडनको क्षतिपूर्तिको रुपमा दलितहरुलाई राजनीतिक, आर्थिक, सामाजिक, सांँस्कृतिक लगायतका क्षेत्रहरुमा विशेष अधिकारको व्यवस्था गरिनेछ ।
  • हाल विद्यमान संवैधानिक अंगहरु÷आयोगहरु अतिरिक्त महिला आयोग, दलित आयोग, मुस्लिम आयोग, आदिवासी÷जनजाति आयोग, अपांगतासम्वन्धी आयोग, मजदुर—किसान आयोग आदिलाई संवैधानिक अंगको रुपमा गठन गरिनेछ ।
  • राज्यको तर्फवाट सवै असहाय, वृद्ध, अपांग, कर्णाली लगायत पिछडिएको क्षेत्रका वासिन्दा, सीमान्तकृत र लोपोन्मुख जाति/जनजाति, दलित, एकल महिला, र गरीवीको रेखा मुनि रहेका व्यक्तिहरुलाई समेट्ने गरी वृहत्तर सामाजिक सुरक्षा कार्यक्रम लागू गरिनेछ र १५ वर्षमा पूर्ण रुपले निरपेक्ष गरीवीको अन्त्य गरिनेछ ।
  • पूरै देशलाई छुवाछुत मुक्त इलाका घोषणा गरिनेछ र दलितहरुमाथि हुने छुवाछुत भेदभावलाई मानवता विरुद्धको जघन्य सामाजिक अपराधका रुपमा किटान गरी दोषीलाई कडा सजाय र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गरिनेछ ।
  • दलितहरुमाथि भएको ऐतिहासिक भेदभाव र उत्पिडनको क्षतिपूर्ति स्वरुप उनीहरुलाई थप अधिकारको रुपमा विशेष अधिकार दिने नीतिलाई राजनीतिक, आर्थिक, सांस्कृतिक सबै क्षेत्रमा कडाइपूर्वक कार्यान्वयन गरिनेछ ।
  •  संवैधानिक अधिकार सम्पन्न दलित अधिकार आयोग गठन गरिनेछ ।
  •  दलित समुदायका परम्परागत पेशालाई आधुनिकीकरण, वैज्ञानिकीकरण र व्यवसायिक बनाउने ठोस नीति तथा कार्यक्रम बनाई लागू गरिनेछ ।
  •  दलित विद्यार्थीलाई पूर्व–प्राथमिकदेखि उच्च शिक्षासम्म छात्रवृत्ति सहित निःशुल्क शिक्षाको व्यवस्था गरिनेछ । सबै प्रकारका प्राविधिक उच्च शिक्षामा छात्रवृत्ति कोटा बढाउँदै लगिनेछ ।
  •   दलितलाई निःशुल्क स्वास्थ्य सेवाको व्यवस्था गरिनेछ ।
  •  छुवाछुत भेदभाव र जातका आधारमा हुने हिंसाको मुद्दा हेर्न अदालतहरुमा फाष्ट ट्राक बेञ्च गठनको व्यवस्था गरिनेछ ।
  •  भूमिहीन र आवासविहीन दलितहरुलाई आवास, खाद्य सम्प्रभुता र रोजगारीको विशेष सामाजिक सुरक्षा व्यवस्था गरिनेछ ।
  •  यहाँ क्लिक गरेर तपाई एकीकृत नेकपा माओवादी पार्टीको घोषणा पत्र पढन सक्नु हुन्छ ।एकीकृत नेकपा माओवादी पार्टीको चुनावी घोषणा पत्र (यहाँ क्लिक गर्नुहोस)

No comments:

Post a Comment