गुल्मीका गाउँबाट दलित समुदायहरु एकिकृत नेकपा माओवादीमा प्रवेश गर्ने लहर

प्रेम सुनार, गुल्मी कार्तिक ४ –  
गुल्मीका शिर्ष दलित नेता गणेश बिश्वकर्मा नेकपा एमाले परित्याग गरी एकिकृत नेकपा माओवादीमा प्रवेश गरे लगत्तै जिल्लाका प्रत्येक गाउँबाट दलित समुदायहरु एकिकृत नेकपा माओवादीमा प्रवेश गर्ने लहर चलेको छ । दलित साझा मञ्च गुल्मीमा अध्यक्ष समेत रहेका विश्वकर्मा यहाँका दलित समुदायका एक मात्र खम्वा नेता भएकोले एमालेको गढ मानिने तम्घास भुजेल खर्कबाट ५५ जना कार्यकर्ता एमाले परित्याग गरी एकिकृत नेकपा माओवादी प्रवेश गरेका थिए । ृउनिहरु लगत्तै अर्खले ५ सेउवा सुनार टोलबाट २८ घरधुरी पुरै दलित समुदाय प्रवेश गरेका छन् । एमालेकी सक्रिय कार्यकर्ता रहेकी त्यस सुनार टोलकी शान्ता सुनारले आफुहरु भ्रम पालेर यति लामो समय सम्म एमालेमा समय खेर फालेको भन्दै एकिकृत नेकपा माओबादीमा पुरै गाउँ प्रवेश गरेको बताईन् । ‘ दलितहरुलाई एमालले भ्रमको खेती गरेर भुलाएको रहेछ ’शान्ताले भनिन–‘ हामीलाई कार्यकर्ता बनाउने अग्रज गणेश बिश्वकर्मा एमाओवादीमा प्रवेश गरेपछि बल्ला चेत खुल्यो । ’
 उता क्षेत्र नम्वर २ कै थानापति २ र ३ झमादी गाउँमा रहेको एमाले गढ पनि एमाओवादीले तोडेको छ । झमादी गाउँको सामन्य परिवारमा जन्मीएर जापानमा बसी हाल बुटवलका प्रतिष्ठीत उद्योग पति एवं गाउँका अगुवा नेता मेघबहादुर बस्यालले एमालेको लामो राजनैति जिवन परित्याग गरी एकिकृत नेकपा माओवादीमा प्रवेश गरेपछि त्यस गाउँको पुरै ८८ घर धुरी दलित समुदाय आईतवार एकिकृत नेकपा माओवादीमा प्रबेश गरेका छन् । अघिल्ला चुनावहरुमा एमाले नेता प्रदिप ज्ञवालीको निर्णायक मत मानिने झमादी गाउँ पखालिए पछि उनलाई सवै भन्दा ठुलो झड्का मिलेको एमाओवादीको ठहर छ । 
अर्खेलीकी ८३ वािर्षय बृद्ध हरिकला सुनार सहितका दलित , जन जातीहरुको गोडा ढोगेर उनिहरुले पकाएको खाँदै हिडेका एमाओवादी २ नम्वर क्षेत्रका उमेदवार अशोक थापा (मुक्ती ) ले त्यस झमादी गाउँमा पनि ८६ वर्षिय दलित बृद्धा मंगली सार्कीको गोडा ढोगेर आशिर्वाद मागेका थिए । मंगलीले माओवादी नेपाली जनताका सच्चा छोराहरु भएको भन्दै दुई तिहाई बहुमत ल्याएर दलित जनजाती, मधेशी लगायत सदियौं देखि पछाडी परेका समुदायको अधिकार प्राप्त हुने संबिधान बनाउनु भन्दै आशिवार्द दिएकी थिईन् । कार्यक्रममा दलित अगुवा मेघबहादुर बस्यालले लामो समय सम्म एमालेमा बसेर दलितको मुक्ती खोज्दा ठुला जाती भनिनेहरु कै पक्ष पोषण भएको बताए । गणेश बिश्वकर्मा जस्ता देश कै दलित अगुवा मध्येका एक हस्ती एकिकृत नेकपा मओवादीमा प्रबेश गरेपछि पुरै जिल्लावासी दलितहरु उहाँकै पछि लाग्ने उनको जिकिर थियो । उनिहरुलाई पार्टी प्रबेश गराउँदै २ नम्वर क्षेत्रका एमाओवादी उमेदवार थापाले अव अन्य दलका उमेदवारहरु भोट माग्न आउछन् भने उनका कार्यर्ता सम्मलाई पहिला दलितका खुट्टा ढोग्न लगानुस भनेका थिए । चुनाव ताका दलितका अगुवाहरुसंग संगै बसेर खाने र उनिहरुलाई जाँड रक्सीले टिल पारेर चुनाव जित्ने पुराना दलहरुको षडयन्त्रलाई चिर्नुस भन्दै थापाले झमादी गाउँका दलितहरुको घर घरमा पसेर कतै दहि त कतै पानी पिएका थिए । कार्यक्रममा २ नम्वर क्षेत्र चुनाव जन परिचालन समिति संयोजक मनिराम ज्ञवाली, मगराँत राज्य समिति सदस्य गणेश विस्वकर्मा, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य यदु ज्ञवाली , स्थानिय दलित अगुवा घनबहादुर बस्याल लगायतले मन्तब्य राखेका थिए । खगेस्वर गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन अदु ज्ञवालीले गरेका थिए । उता क्षेत्र नम्वर ३ को पुर्कोटदहबाट पनि नेकपा एमाले परित्याग गरी गाउँ कमिटी सचिव उमानाथ घिमिरेको नेतृत्वमा ७७ जना कार्यकर्ता एकिकृत नेकपा माओवादीमा प्रवेश गरेका छन् । सोही स्थानमा जन्मीएका एमाओवादी नेता वामदेवक्षेत्री क्षेत्र नम्वर ३ को उमेदवार बनेर आएपछि एमालेका पुराना र कट्टर कार्यकर्ता घनश्याम घिमिरे, दधिराम भुषाल पनि एमाओवादीमा प्रवेश गरेपछि त्यस भेगका ५ वटा गाविसमा एमाओवादी प्रभाव बढेको छ । त्यस्तै पुर्कोटदहबाटै नेपाली कांग्रेस परित्याग गरी हिरण्यराज घिमेरेको नेतृत्वमा १३ जना कार्यकर्ता एमाओवादीमा प्रवेश गरेका छन् । त्यस्तै बैद्य नेतृत्वको माओवादी पुर्कोटदह गाउँ कमिटी अध्यक्ष पारिश्वर घिमिरे सहित सक्रिय सवै कार्यकर्ता एमाओवादीमा प्रवेश गरेका छन् । कार्यक्रममा स्वतन्त्रबाट विष्णु घिमिरेको नेतृत्वबाट ७ जना कार्यकर्ता एमाओवादीमा प्रवेश गरेका छन् । 
उनिहरुलाई एमाओवादी उमेदवार वामदेव क्षेत्री चुनाव परिचालन समिति संयोजक बुद्धि जि.सी लगायतका नेताहरुले पार्टी प्रवेश गराएका थिए । नव प्रवेशीहरुलाई स्वागत गर्दै उमेदवार क्षेत्रीले आगमी संविधान सभा चुनाव अग्रगामी विचार भएको पार्टी एमाओवादी पार्टीले बहुमत ल्याउने भन्दै त्यही अनुसार जनतलाई बुझाउन कार्यकर्तालाई निर्देशन दिएका थिए । उनले यो चुनाव संविधान बनाउनका लागि भएको भन्दै अघिल्लो संविधान सभाको चुनावमा विदेशीको ईसारामा अनेक बखेडा निकालेर संविधान बनाउन नदिने अरु दलका नेताहरुलाई चिन्न , चिनाउन समेत आग्राह गरेका थिए । उनले सोही समारोहमा पुर्कोटदह गाउँ कमिटी कार्यालयको समेत उद्घाटन गरेका थिए । गाउँ कमिटी अध्यक्ष प्रेम कुँरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सदस्यद्धय वसन्त गैरेको स्वागत मन्तब्य र खिमबहादुर केसीको सञ्चालन रहेको थियो ।
साभार :गुल्मी टुडे

No comments:

Post a Comment