पाँच सयको ब्याजमा हलिया बस्दै मुक्त हलिया

दार्चुला, २ कात्तिक । सरकारले हलियालाई मुक्त घोषणा गरे पनि सुदूरपश्चिममा अझै पनि हलिया मुक्त भएका छैनन् । 
हलिया मुक्त गराउने पक्षका काम गर्दै आइरहेको राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ डडेल्धुराका अनुसार अझै पनि हलिया सरकारबाट मुक्त भए पनि साहुबाट मुक्त हुन सकेका छैनन् ।डडेल्धुरा जिल्ला नवदुर्गा गाविस डाँडावन–४ घर भएका मुक्त हलिया उदयसिंह चुनाराले २०३२ सालदेखि रु ५०० मा मालिकको हलो जोतिरहेको उहाँले बताउनुभयो ।
सरकारबाट मुक्त भएका हलिया चुनारा ३८ वर्ष बितिसक्दा पनि रु ५००मा अझै पनि हलो जोतिरहनुभएको छ । सरकारबाट पनि मुक्त भएको पाँच वर्ष बितिसक्दा पनि उहाँलाई भने मुक्तिले छोएको छैन । मुक्तिपछिको अवस्था झनै दयनीय बन्दै गएकाले फेरि हलिया बस्नुपरेको चुनाराको भनाइ छ ।
सरकारले त मुक्त ग¥यो तर मुक्तपछिको पीडा र सरकारले पुनःस्थापनामा गरेको ढिलाइले झन दर्दनाक बनेकाले साहुको हलो जोतेर बस्न बाध्य भएको उहाँ बताउनुहुन्छ । सरकारबाट मुक्तमात्र गरियो । हलिया प्रमाणीकरणका सवालमा र हलिया पुनःस्थापनाका सवालमा सरकारबाट अझै पहल नहुन नसकेकाले आफू जस्तै हजारौँ मुक्त हलिया मालिकसँग काम गर्न फर्केकासमेत उहाँले बताउनुभयो ।सरकारले त मुक्त ग¥यो तर मुक्तपछिको पीडा र सरकारले पुनःस्थापनामा गरेको ढिलाइले झन मुक्त हलियाहरुको पीडा दर्दनाक बनेको राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ केन्द्रीय महासचिव ईश्वर सुनार बताउनुहुन्छ ।

No comments:

Post a Comment