रेसुङ्गाले बचायो मिना बिश्वकर्मालाई

News & pic credit :प्रेम सुनार
प्रेम सुनार-कार्तिक–३, गुल्मी । गत सुक्रवार रातको १ वजेको थियो । सुत्केरी ब्याथा लागेर जिल्ला अस्पताल तम्घासमा ल्याईएकी अर्घखाँची, अर्घातोष १ की २७ वर्षिया मिना बिश्वकर्मालाई डाक्टरले परिक्षण गर्दा उनको पाठे घर नै फुटेको फेला पारे र त्यस अस्पतालमा सल्यक्रिया गर्न सकिदैन भनियो । दुई दिन देखि लगतार बत्ति नआएको बेला । त्यही कारण देखाएर उनलाई कि त पाल्पा, या त तम्घासको रेसुङ्गा अस्पताल तम्घासमा जान सल्लाह दिईयो ।
मध्ये रातको समय, साथमा पर्याप्त पैसा नभएर सरकारी अस्पतालमा श्रीमति मिनालाई लिएर आएका भुवन बिश्वकर्मा पाल्पा लैजानुको साटो श्रीमतिको मृत्यु स्वीकार्न विवश थिए । त्यस सरकारी अस्पतालका डाक्टर किशोर बञ्जाडेले तत्काल रेसुङ्गा अस्पतालका डाक्टर लक्ष्मण भुषाललाई फोन गरेर सोधे–‘ सकिन्छ त यस्तो खालको अप्रेशन गरेर सुत्केरीको ज्यान बचाउन ?’ डाक्टर भुसाल भन्छन् त्यति बेला रातको करिव सवा एक बजेको थियो, ल्याउनुस कोशिस गरालौं भनें ।
‘मेरो अहिले सम्म कै अनुभवमा उनको अप्रेशन जोखिमपुर्ण थियो ’ डाक्टर भुषालले भने ‘कमसकम शिसु जिवित निकाल्न नसके पनि सुत्केरीको ज्यान बचाउन सकिन्छ कि भनेर राति करिव २ वजेको समयमा अप्रेशन सुरु गरियो । ’ उनले थपे–‘ सुत्केरीको पाठे घर फुटेको थियो । शिसु पाठे घरको आधा बाहिर निस्केको थियो , यदि एक घण्टाको अन्तरालमा हामीले अप्रेशन सफल पार्न नसकेको भए उनको ज्यान जाने निश्चत थियो , जो ४५ मिनेट मैं सफल भयो, आमा र शिसु दुवैको ज्यान बच्यो ।’गत वर्ष जिल्ला अस्पताल तम्घासमा उनै मिना सुत्केरी ब्याथा लागेर आउँदा पनि समस्या पाठे घर कै थियो । त्यति बेला भने डाक्टर कासीम शाहले त्यसै अस्पतालमा अप्रेशन गरेर मिनाको ज्यान बचाएका थिए । ‘२०६९ जेठ २५ गते त्यसै सरकारी अस्पतालका डाक्टर कासीमले यस्तै समस्याको अप्रेशन गरेर श्रीमतिको ज्यान बचाई दिनु भएको थियो ’ मिनाका श्रीमान भुवनले भने–‘ तर यस पाली त्यसै जिल्ला अस्पतालले यहाँ सकिन्न भनेर मध्ये रातमा रिफर गरी दियो । ’

‘म विपन्न, वेरोजगारको पाल्पा लैजान सक्ने अवस्था थिएन’ उनले भने –‘जसो होला–होला भनेर रेसुङ्गा अस्पतालमा ल्याएँ , माया मारी सकेकी श्रीमतिको र बच्चाको समेत ज्यान बच्यो ।’ उनले डाक्टर भुषालप्रति आभार प्रकट गर्दै भने –‘मध्ये रातमा अप्रेशन गरेर यसरी दुवैको ज्यान बचाई दिनु भयो , म उहाँको गुन कहिल्लै भुल्ने छैन् ।’ डाक्टर भुसालका अनुसार आईतवार सम्म मिनालाई। रच्च रक्त श्राप भई रहे पनि स्वास्थ्य अवस्था सुधार उन्मुख छ । यि दम्पतिको पहिलो सन्तान गत वर्ष जन्मेको चार महिना पछि मृत्यु भएको र अहिले जन्मीएको सन्तान दोश्रो हुन् ।
Source:-gulmitoday

No comments:

Post a Comment