जातले कोही ठूलो या सानो हुँदैन भनी महाकवि लक्षमीप्रसाद देवकोटाले
मुनामदनमा लेखिसकेका छन् । जातीयताको प्रसंग संसारभरि नै कुनै न कुनै रूपमा
उठी नै रहेको हुन्छ । अमेरिकाका राष्ट्रपति बाराक ओबामाले आफू उम्मेदवार
हुँदा काला जातिका पहिलो राष्ट्रपति भनी आफूलाई प्रस्तुत गरेका थिए, जबकि
अमेरिका जो आफूलाई संसारकै ठूलो प्रजातान्त्रिक मुलुक भनी दाबी गर्छ, त्यसो
नभन्नुपर्ने हो । यो त उहँको राज्यको स्रोतमा काला जातिको समान पहुँचको
दाबी थियो । किनकि जति नै प्रजातान्त्रिक भने तापनि यस्ता मुद्दाहरू हरेक
मुलुकमा कुनै न कुनै रूपमा रहेका छन् । त्यस्तै धेरै अघि लखन थापा मगर र
सुपति गुरुङले नेपालका सामन्तवादी शासक विरुद्ध विद्रोह गरेका थिए ।
त्यस्तै राजनीतिक दलहरूको इतिहास हेर्दा ६० वर्षअघि नै धनमान परियार
कांग्रेसको कार्यसमितिको महत्त्वपूर्ण पदमा पुगेका थिए । यी त केही
उदाहरणमात्र हुन्, जसले जातले कोही पनि बुद्धिमान या बुद्धु हुंँदैन भनी
प्रस्ट पार्छ । यहांँ कुरा यो जात वा त्यो जातको नभई अधिकार र विभेदको हो ।
त्यस्ता विभेदका बिभिन्न माध्यम हुन्छन् । तीमध्ये एक हो- जात/जाति । अन्य
माध्यममा लिंग, क्षेत्र, भाषा, धर्म आदि पर्छन् । त्यस्तो विभेद/समस्या
भएको स्वीकार गरेर नै अन्तरिम संविधान- २०६३ को प्रस्तावनामा भनिएको छ,
‘देशमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लंैगिक समस्याहरूलाई समाधान
गर्न राज्यको अग्रगामी पुनःसंरचना गर्ने संकल्प गर्दै….।’ त्यस्तै धारा १४
मा लेखिएको छ, ‘कुनै पनि व्यक्तिलाई जात, वंश, समुदाय वा पेसाका आधारमा
कुनै पनि किसिमको छुवाछूत तथा जातीय भेदभाव गरिने छैन ।’ धारा २१ मा यस्तो
लेखिएको छ, ‘आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछि परेका महिला, दलित,
आदिवासी जनजाति, मधेसी समुदाय, उत्पीडित वर्ग, गरिब किसान र मजदुरलाई
समानुपातिक समावेशी सिद्धान्तको आधारमा राज्यको संरचनामा सहभागी हुने हक
हुनेछ ।’
हामी नेपाली पहिलो भेटघाटमै, आफू केमा भनी सोध्छौं । त्यो भन्नु नै तपाई
के जात वा जातिमा पर्नुभो भन्ने नै हो । हामी कसैले पनि आफ्नो नाममात्र
भन्ने गरेको पाइँदैन । हामी नामसंँग थर र जात जोडेर नै भन्छौं, जसलाई अहिले
विशेषगरी ‘पहिचान’को खुकुलो रूपमा लिने गरेको पाइन्छ । मैले थाहा
पाएअनुसार राजनीतिशास्त्रका प्रा. ध्रुव कुमारले बाहेक अन्य अधिकांशले
आफ्नो जातीय पहिचान प्रस्ट्याउने थर नलेखेको उदाहरण छैन । जो ‘हामी जातमा
विश्वास गर्दैनौं’ भन्छन्, उनीहरूले पनि र जो हामी पछाडि पर्यौंै वा
पारियौं भन्छन्, उनीहरूले पनि ।
यहाँं भन्ने गरिएको छ, हाम्रो दलमा त जात हुँदैन या हामी जातमा विश्वास
नै गर्दैनौं । फेरि कोही भन्छन्, हाम्रो जात भनेको नै हाम्रो दलको ‘सामूहिक
पहिचान’ हो, हाम्रो जात छैन । तर हामी त्यो भन्ने मानिसहरूको जमातलाई
हेरौं । उनीहरू खाइपाइ आएका जातजाति नै हुन्, कोही पनि पछाडि परेका जातजाति
तथा वर्गले यसो भनेको भेटिएन, न वामपन्थी खेमाका नत अरु नै खेमाका । सबै
खेमामा यस्ता दुवै वर्ग छन् । अगाडि बढेकाहरू यहाँ शान्ति छ, अमनचैन छ
भन्छन्, हामीबीच कुनै विभेद छैन भन्छन्, जातको कुराले हाम्रो समाजमा भएको
शान्ति र सामाजिक सहिष्णुतामा खलल पार्छ भन्छन् । तर पछाडि परेका जात वा
जातिहरू यहाँ सबै कुरा राम्रो छ, सामाजिक सहिष्णुता छ या एकले अर्कोलाई
सम्मान दिएको छ भनी कदापि भन्दैनन् ।
‘सामाजिक सहिष्णुता’को दुहाइ दिएर हामी एकदम ठीक छौं, हाम्रो समाजमा
केही समस्या छैन भन्दैमा हाम्रो समस्या, हामीबीच भएको विभेदीकरण, तीतोपन,
आहत, अन्याय तथा राज्यका विभिन्न अंगमा भएको बहिष्करण तथा विभेदीकरण समाप्त
हुंँदैन । नत हामी पढ्ने जातिका, हामी लड्ने जातिका, हामी सिउने जातिका
अर्थात हामी यो र त्यो जातिका भनी जातले ठूलो र सानो भन्ने सन्देश फैलाएर
नै वर्षौंदेखिको विभेदीकरण हट्न सक्छ । समाजमा प्रशस्त असमानता रहेको कुरा
कसैबाट लुकेको छैन, चाहे हामी त्यसलाई स्वीकारौं या देखेर पनि नदेखेको
जस्तै गरौं ।
यदि नेता भएकाहरू र हुन चाहनेहरूले सत्ताको लागिमात्र नभई समाजलाई अगाडि
बढाउनका लागि हो भने उनीहरूले त्यस्तो सन्देश दिने काम अहिल्यैदेखि
थाल्नुपर्छ । त्यसमा आफ्नो मानिसभन्दा पनि को वास्तविक योगदान गर्ने मानिस
हो र कसरी वर्ग, लिंग, समुदाय, जात/जाति तथा क्षेत्रका मानिसहरूको राज्यका
विभिन्न अंगमा समानुपातिक प्रतिनिधित्व हुन्छ र कसरी आफ्नो दलमा सबैको
समानुपातिक सहभागितामा वृद्धि हुन्छ, त्यसमा ध्यान दिइ तुरुन्त कार्यरूपमा
ल्याउन सक्नुपर्छ ।
यदि विभेदीकरणर असमानतालाई साँच्चिकै निमिट्यान्न गर्ने हो भने राज्यको
स्रोतमा हरेक वर्ग, लिंग, जातजाति, समुदाय तथा क्षेत्रका मानिसहरूको पहुँच
हुनुपर्छ । कोही पनि न जातले बुद्धु हुन्छ, न जातले बुद्धिमान हुन्छ ।
जसलाई परेको हुन्छ, त्यसले मात्र कुनै पनि स्थान या संस्थामा अपनत्व
महसुस गर्छ, जहाँ ऊ आफूजस्तै अन्य मानिस देख्छ/भेट्छ । आफूजस्तै अन्य
भाषाभाषी, आफूजस्तै पहिरन अझ भनुँ आफूजस्तै सोच भएकाहरूबीच मात्र मानिसले
अपनत्व महसुस गर्छ । जुन समाजमा उसकै भाषा बोलिन्छ, उसकै भाषामा हरेक जांँच
लिइन्छ । त्यस्ताहरू जो हरेक मोडमा पछि परेका र पारिएका हुन्छन्, न उसको
भाषा नै बोलिन्छ, न उसको संस्कृतिले समाज तथा राज्यमा मान्यता पाएको हुन्छ,
न उसको विचारले समाजमा मान्यता पाएको हुन्छ, न ऊ र ऊजस्तै मानिसहरू
राज्यको मूलप्रवाहीकरणमा समाहित भएको हुन्छ, न उसले कहिल्यै आफूलाई परेको
पीडा ‘सबैका सामु निडर र निश्चिन्त’ भई व्यक्त गर्न सक्छ । न ऊ आफ्नो
राज्यको प्रतिनिधित्व गरी कुनै अर्को देश गएको हुन्छ, नत ऊ राज्यको भविष्य
निश्चित गर्ने कुनै पनि प्रक्रियामा सहभागी नै हुनसकेको हुन्छ । त्यस
व्यक्तिले कसरी समाजमा शान्ति छ, सहिष्णुता छ र हामीलाई यथास्थिति नै
पर्याप्त छ भन्छन् ?
राज्यमा हालिमुहाली भएकाहरू अर्थात राज्यको मूलधारमा जो छन्, जसको स्रोत
र साधनमा पहुँच छ, तिनका लागि यो देश स्वर्ग हो, नपाउनेका लागि यो देश
त्यस्तो कदापि होइन । अतः मौका पाउने जाति, लिंग, समुदाय तथा र क्षेत्रका
मानिस जे सोच्छन्, नपाउने जाति, लिंग, समुदाय तथा र क्षेत्रका मानिसहरू
त्यही सोच्दैनन्, यो तथ्य हामीले जति छिटो बुझ्न सक्यो, त्यति राम्रो । यदि
यस्तो सोचाइ समाजबाट हटोस् भन्ने चाहन्छौं भने विभेदीकरणमा परेका
व्यक्तिहरूको विचारलाई पनि सुन्ने, उनीहरूको विचारलाई मान्यता दिने र
उनीहरूलाई पनि राज्यको मूलधारमा ल्याउन सक्नुपर्छ । त्यसका लागि
विभेदीकरणमा परेका व्यक्तिहरू जो छन्, तिनीहरूसँंगै छलफल गर्न सक्नुपर्छ ।
डा. गुरुङ त्रिविकी सहप्राध्यापक हुन् ।
साभार
:-
http://www.ekantipur.com/np/2070/2/20/full-story/369300.html#sthash.KAeBi2TP.dpuf
No comments:
Post a Comment