घरमा बस्न नदिएको भन्दै दलित महिलाद्वारा उजुरी

०७० भदौ १६- खाल्ले गाविस-८ की ४२ वर्षीया टिकामाया विश्वकर्माले स्थानीय ३६ वर्षीय नवराज कटवाल र ६२ वर्षीय सार्के कामीविरुद्ध कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय दिक्तेलमा भदौ १६ गते उजुरी दिएकी छिन् ।

आरोपितहरुले पटकपटक बोक्सीको आरोप लगाई गालीबेइज्जत गर्ने र पछिल्लो समय भदौ १५ गते नाङ्गो खुकुरी देखाएर ज्यान मार्ने धम्की दिई घरमा बस्न नदिएको भन्दै पीडितले उजुरी दिएकी हुन् ।


आरोपितद्वयसहित उनीहरुका पत्नीसमेतले विना कारण आफ्नो घरमा समेत बस्न नदिई लखेटेपछि न्यायको लागि
प्रहरीमा आएको उनको भनाइ छ ।

आफूलाई घरबाट लखेट्ने आरोपितलाई कारवाही र आफ्नो जीउज्यानको शान्ति सुरक्षा गर्न प्रहरीलाई आग्रह गरेको उजुरीमा उल्लेख छ ।उजुरीको आधारमा आरोपितहरुलाई गिरफ्तार गर्न प्रहरीको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर दुर्गाराज रेग्मीले बताए ।

No comments:

Post a Comment