|
भूपू मा श्री शान्तिदेवी चमार ले नेकपा (एमाले) बाट संविधानसभा / व्यवस्थापिका संसदमा समानुपातिक प्रतिनिधित्व गर्नु भएको थियो |
जातीय छुवाछुतका विरुद्ध सङ्घर्षशील
शान्तिदेवी चमारका बुबा स्व. बद्रीप्रसाद हरिजन सुखमय भविष्यको खोजीमा
नेपालको कपिलवस्तुबाट भारतको मुम्बइ पस्नुभएको थियो, र त्यहीक्रममा
शान्तिदेवीको जन्म भारतको मुम्बई सहरमा भएको थियो । त्यहाँ शान्तिदेवीको
बुबा एउटा कपडा कारखानामा काम गर्नुहुन्थ्यो । तर, अचानक मुम्बईमै बुबा
विरामी भएपछि आमालाई परिवार धान्न धौधौ प¥यो । त्यसपछि श्रीमान्,
शान्तिदेवी र बहिनीलाई लिएर आमा कपिलवस्तु फर्किनुभयो । केही दिनपछि बुबाको
मृत्यु भयो । बुबाको मृत्यु हँुदा शान्तिदेवी मात्र १४ वर्षकी थिइन् ।
आमाको जोडबलले शान्तिदेवीले गाउँकै
स्कुलमा पढ्ने मौका पाउनुभयो । तर, काकाहरूलाई यो कुरा चित्त बुझेको थिएन ।
उनीहरू शिक्षाले छोरीलाई चरित्रहीन बनाउने तर्क गर्दथे र स्कुल पढ्न
थाल्नुभएकी शान्तिदेवीले ‘सबैलाई बिगार्छे’ भन्ने धारणा पालेर बसेका थिए ।
पढाइ पूरा गर्न नपाउँदै शान्तिदेवीको विवाह १४ वर्षकै उमेरमा पतिराम प्रसाद
चमारसँग भयो । विवाह गर्ने इच्छा नभए पनि उहाँले नाइँ भन्न सक्नु भएन ।
आमाको दुःख राम्ररी बुभ्mनु भएकी शान्तिले विवाह गर्न नमानेको भए रुढीवादी
मधेसी समाजमा आमाको समस्या अझ जटिल हुनेथियो ।
विवाहपछिको जीवन पनि शान्तिदेवीका लागि
त्यति सहज भएन । श्रीमान्को घरको आर्थिक अवस्था निकै कमजोर थियो र खाने
बस्ने व्यवस्था पनि अत्यन्तै नराम्रो थियो । त्यसमाथि आमाले बिहेमा ज्यादै
कम दहेज दिनुभएका कारण श्रीमान्को परिवारमा उहाँको हैसियत शून्य बराबर थियो
। यस्तो पारिवारिक वातावरणबाट अत्यन्तै निराश र दुःखी बन्नुभएकी
शान्तिदेवीले विवाहको केही समयपछि आमालाई श्रीमान्को घरको अवस्था वर्णन
गर्दै चिठी लेख्नुभएको थियो । चिठीमा उहाँले आमालाई श्रीमान्को घरमा आउन र
आफ्नो हालत हेर्न पनि आग्रह गर्नुभएको थियो । नभन्दै आमा पनि दौडेर
शान्तिदेवीको घर पुग्नुभयो । आमाले छोरीको घरको त्यो अवस्था देखेपछि
छोरीलाई मद्दत गर्न केही त गर्नैर्छ भन्ने सोचेर आफूसँग भएको थोरै पैसा
शान्तिदेवीलाईदिनुभयो । त्यही पैसाले शान्तिदेवीले श्रीमान्को ऋणमा डुबेको
जमीन उकास्नुभयो, दुईकोठे घर बनाउनुभयो र आप्mनो स्कुलको शिक्षा पनि पूरा
गर्नुभयो । तैपनि परिवारको मामिलामा महत्वपूर्ण निर्णय लिँदा शान्तिदेवीलाई
ज्यादै कम मात्र सहभागी गराइने कुराले उहाँलाई दुःख लाग्थ्यो ।
मधेसी दलित महिलाका हैसियत परिवर्तन
गर्नका लागि केही गर्नैपर्छ भन्ने शान्तिदेवीको मनमा लागिरहन्थ्यो । २०५५
सालमा त्यो अवसर पनि उहाँको दैलोमै आइपुग्यो । उहाँको गाउँमा आएको महिला
सशक्तिकरण परियोजनाका लागि अध्यक्ष र सचिवका लागि पढेलेखेका महिलाको खोजी
भइरहेको थियो । शान्तिदेवीले यसप्रति रुचि देखाउनुभयो, र उहाँ गाउँमा गठन
भएको महिला समूहको सचिवमा नियुक्त हुनुभयो र गाउँमा महिला शिक्षा र बाल
शिक्षा सञ्चालन गर्नुभयो। यही अवसरले उहाँको सामाजिक तथा राजनीतिक यात्राको
सूत्रपात ग¥यो ।
शान्तिदेवीले २०५७ सालमा गाउँमै श्री
सरस्वती सामुदायिक प्राथमिक विद्यालय स्थापनामा सहयोग गर्नुभयो र
व्यवस्थापन समितिमा कोषाध्यक्षको जिम्मेवारी लिएर काम गर्नुभयो । त्यसपछिका
समयमा कपिलवस्तु जिल्लामा यस्ता २० वटा प्राथमिक विद्यालयहरू खुले । २०५८
सालमा उहाँ जिल्ला स्तरीय विद्यालय सहयोग समिति सदस्यमा चुनिनुभयो । २०५४
सालमा उहाँ नेपाली काङ्ंग्रेसका तर्फबाट स्थानीय चुनावमा वडा सदस्यमा
निर्वाचित हुनुभएको थियो । वडा सदस्यमा निर्वाचित भए पनि दलित भएकै कारण
उहाँले जातीय छुवाछुत र विभेद खेप्नुप¥यो । गाउँका माथिल्लो जातिका
मानिसहरूसँग उहाँलाई सँगै बस्न समेत दिइएन । यस्तो विभेद अन्त्यका लागि
आवाज उठाउँदा उहाँले उल्टै प्रताडना सहनु परेपछि उहाँले नेपाली काङ्ग्रेस
पार्टी परित्याग गरी नेकपा (एमालेमा प्रवेश गर्नुभयो । पार्टी परिवर्तन
गर्दा शान्तिदेवीलाई नेकपा (एमाले तुलनात्मक रुपले दलित र महिलाप्रति कम
पक्षपातपूर्ण छ भन्ने लागेको थियो । नेकपा (एमालेको भातृ सङ्गठनहरू अखिल
नेपाल महिला सङ्घ, किसान सङ्घ, उत्पीडित जातीय मुक्ति समाज, र लुम्बिनी
अञ्चल समन्वय समिति आदिमा शान्तिदेवीले विभिन्न हैसियतमा रहेर काम
गर्नुभएको छ ।
राजनीतिक पार्टी वाहेक उहाँले कालीका
स्वावलम्बन सामाजिक विकास केन्द्र, दलित महिला सङ्घ (फेडो जस्ता गैरसरकारी
संस्थामा रहेर पनि काम गर्नुभयो । राजनीतिक र सामाजिक क्षेत्रमा सक्रिय
रहेकै अवस्थामा केही समूहका व्यक्तिहरूले उहाँको खेतीबालीमा क्षति पु¥याए, र
उहाँका श्रीमान्लाई अपहरण गरे । उहाँको श्रीमान् सामान्य कृषक
हुनुहुन्थ्यो । शान्तिदेवीलाई राजनीति र सामाजिक काम छाड्न लगाउन
विरोधीहरूले श्रीमान्लाई धाकधम्की र दबाब दिन्थे । तर, शान्तिदेवी आफ्नो
लक्षमा प्रतिबद्ध हुनुहुन्थ्यो त्यसैले श्रीमान्लाई पीडा दिए पनि उहाँले
त्यसका विरुद्ध लड्दै राजनीतिक र सामाजिक यात्रालाई निरन्तरता दिनुभयो ।
यसबाहेक सामन्ती भूमिपतिहरूका विरुद्धमा सञ्चालित क्रान्तिकारी भूमिसुधार
कार्यक्रम कार्यान्वयन गर्न माग गर्दै भएको आन्दोलनमा सहभागी भएकोले पनि
शान्तिदेवी माथि आक्रमण भयो । क्रान्तिकारी भूमिसुधार आन्दोलनमा हिँड्दा
पुरुषहरूसँग हातेमालो गरेर काम गरेको भन्दै शान्तिदेवीकै समुदायबाटै उहाँले
निकै अपहेलना र कटाक्ष खेप्नु प¥यो । माथिल्लो जाति र वर्गका मानिसहरूले
शान्तिदेवीलाई अछुत भन्दै जनताको भूमि खोस्न लागेको आरोप लगाएर कुटपिट समेत
गर्न प्रयास गरे । तर, उहाँले भूमिहीन दलितका अधिकारको लागि लड्न छोड्नु
भएन ।
दलितका तर्फबाट विभिन्न मागहरू प्रस्तुत
गर्दै उहाँले दलित कृषि मजदुरको दैनिक ज्याला कम्तिमा रु. १६० बनाउन (रु.
१०० नगद र रु. ६० भत्ता) उहाँले धेरैवटा सरकारी र गैरसरकारी संस्थाहरूमा
पहल गर्नुभयो । ज्याला वृद्धि नगरिएमा जग्गाधनीका काम बन्द गर्ने
चेतावनीसहितको दलित आन्दोलनको पनि नेतृत्व गर्नुभयो ।जग्गाधनीहरूले
आन्दोलनलाई दवाउन अनेक किसिमका चाल खेलेपनि अन्तमा दुईपक्ष बीच सम्झौता भयो
र उनीहरूको ज्याला रु. ३५ बाट बढेर रु. १०० पुग्यो । अर्को वर्ष, माग
अनुरुप ज्याला वृद्धि भयो र हाल रु. १६० ज्याला कायम भएको छ ।
शान्तिदेवीले २०६२÷६३ सालको जनआन्दोलनमा
दलित महिलाहरूलाई अग्रपङ्क्तिमा उतार्न सक्रिय भूमिका निर्वाह गर्नुभएको
थियो । शान्तिदेवीको निरन्तरको सङ्घर्ष र योगदानको कदर गर्दै नेकपा
(एमालेले कपिलवस्तु जिल्लाबाट उहाँलाई संविधानसभाको सदस्य बन्ने अवसर
प्रदान ग¥यो । उहाँ भन्नुहुन्छ, ‘मधेसी, दलित र महिलाको हक अधिकारका लागि
सङ्घर्षशील रहे पनि म जस्तो दलित र पछाडि परेको समुदायको गाउँस्तरको
कार्यकर्ताले संविधानसभाको सदस्य जस्तो गरिमामय पदमा पुग्छु भनेर कहिल्यै
सोचेकी थिइँन । तर आन्दोलनमा लाग्दा यी समुदायका हितका लागि नीतिगत
कुराहरूमा प्रभाव पारेरै छोड्छु भन्ने चाहिँ मनमा थियो ।’ आज, शान्तिदेवीको
गाउँघरका केटाकेटीलाई समेत उहाँको नाम थाहा छ र मानिसले उहाँलाई आदर्श
महिला मान्न थालेका छन् । यस कुराले शान्तिदेवीलाई गर्वको अनुभूति दिलाउँछ ।
उहाँ भन्नुहुन्छ, ‘नेपालको इतिहासमै संविधानसभा र व्यवस्थापिका संसद्मा
पहिलो पटक २१ जना दलितको सहभागिता हुनु भनेकै समानता र न्यायका लागि
दलितहरूले विभिन्न क्षेत्रबाट उठाएका आवाजको परिणाम हो ।’
संविधानसभा र व्यवस्थापिका संसद्को दुईवटा
प्रमुख समितिमा शान्तिदेवी सदस्य हुनुहुन्छ, संविधानसभाको राज्य
पुनर्संरचना तथा राज्यशक्तिको बाँडफाँड समिति र व्यवस्थापिका संसद्को
सार्वजनिक लेखा समिति । उहाँले यी दुबै समितिको कार्यक्षेत्रलाई गहिरोरुपमा
अध्ययन गर्नुभएको छ र महिला, दलित र मधेसी लगायतका अवसर विहीन जनताका धेरै
सवाललाई शान्तिदेवीले समितिका बैठकमा उठाउनुभएको छ । उहाँले अवसरविहीन
वर्गलाई आवश्यक परेमा विशेष व्यवस्था गरेरै भए पनि राज्यशक्तिको माथिल्लो
तहमा पु¥याउनुपर्ने आवाज उठाउनुभएको छ ।
शान्तिदेवी छुवाछुतमुक्त राष्ट्र र
भूमिहीन दलितका लागि जमिनको स्वामित्व हुनुपर्छ भन्ने कुरामा अडिग
हुनुहुन्छ । संविधानमै दलितका लागि शिक्षा, स्वास्थ्य र रोजगारीमा समावेशी र
समानुपातिक प्रतिनिधित्वको प्रावधान राख्नुपर्ने उहाँको धारणा छ ।
शान्तिदेवी दलितका लागि व्यवस्था गरिएका अधिकार र सहुलियतको सही
कार्यान्वयन भएनभएको अनुगमन गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्ने पनि सुझाव
दिनुहुन्छ । यसबाहेक अत्यन्तै पछाडि परेका र चर्को जातीय छुवाछुतको मारमा
तराईका चमार महिलाका लागि नर्सिङ र मिडवाइफको तालिमको व्यवस्था हुनुपर्ने
पनि उहाँको माग छ । संविधानसभाको राज्य पुनर्संरचना तथा राज्यशक्तिको
बाँडफाँड समितिमा उहाँ लगायत अन्य महिला सदस्यले मिलेर महिला अधिकारको सूची
तयार गरिएको थियो । यो सूचीमा दलित महिला, मधेसी महिला र मधेसी दलित
महिलाका अधिकारहरू समेटिएका थिए र सो अधिकारहरू समितिको मस्यौदा
प्रतिवेदनमा पनि सामेल गरिएका थिए । शान्तिदेवीले आमाको नामबाट छोराछोरीले
नागरिकता पाउनुपर्ने र महिलालाई सम्पत्तिमा समान अधिकारको हुनुपर्ने विषयमा
समेत आवाज उठाउनुभएको छ ।
संविधानसभाको सदस्यको रुपमा उहाँमाथि आएको
दोहोरो जिम्मेवारीलाई व्यवस्थापन गर्न त्यति सहज भने छैन, तर उहाँले
अधिकतम प्रयत्न गरिरहनुभएको छ । उहाँको आन्दोलन सबै मानिसले दलित सँगै
खानेबस्ने, महिलालाई सम्मानजनक व्यवहार हुने, सबै प्रकारका विभेद अन्त्य
हुने तथा समतामूलक समाज स्थापना गर्ने अवस्था नहुँदासम्म जारी रहनेछ ।
साभार :महिला ककस
No comments:
Post a Comment