|
भूपू मा श्री पार्वती रसाइलीले एनेकपा (माओवादी)
बाट संविधानसभा / व्यवस्थापिका संसदमा समानुपातिक प्रतिनिधित्व गर्नु भएको थियो |
वर्गीय, जातीय, लैङ्गिक विभेदको अन्त्य गर्न र दलित माथि हुने छुवाछुत
तथा महिलामाथि हुने लैङ्गिक विभेदबाटमुक्ति पाउने उपायको खोजीले नै पार्वती
रसाइलीलाई राजनीतिको बाटोमा डोह¥यायो । बुझ्दै जाँदा सबै नीतिकोमूल नीति
नै राजनीति हो र यसले नै सबै कुराको समाधान गर्न सक्छ भन्ने गहिरो महसुस
भएपछि पार्वतीलेराजनीतिमा प्रवेश गर्नुभयो ।पार्वतीका बुबा आमा पहिलेदेखि
नै कम्युनिष्ट विचारधाराको हुनुहुन्थ्यो । माओवादी पार्टीमा लागेका
साथीभाइकोप्रेरणाले र माओवादी पार्टीले सामाजिक, वर्गीय तथा लिङ्गीय
उत्पीडन जस्ता सबैे समस्याको हल गर्न सक्छभनेर विश्वस्त भएकोले पार्वती पनि
यही पार्टीमा लाग्नुभयो । स्कुल पढ्दै गरेको बेलादेखि
माओवादी
पार्टीमासामान्य रुपले काम गरे पनि २०५७ देखि पार्वतीले पार्टीको
पूर्णकालीन कार्यकर्ताको रुपमा काम गर्न थाल्नुभयो ।सुरुमा छापामार त्यसपछि
महिला सङ्गठनको जिल्ला सचिव र पार्टीको एरिया सदस्य हुँदै अहिले उहाँ
ताम्सालिङराज्य समितिको सदस्य हुनुहुन्छ ।
साथै उहाँले महिला जिल्ला सचिव, अध्यक्ष र दलित उपाध्यक्षको
जिम्मेवारीपनि सम्हालनुभयो ।पार्वतीले युद्धकालका थुप्रै मोर्चाका अनुभव
तथा सम्झनाहरू सँगाल्नु भएको छ । उहाँले धेरै पीडाको क्षणहरू पनिबेहोर्नु
भएको छ । २०६० साल साउन ३२ गते दोस्रो शान्ति वार्ताका बेला रामेछाप
जिल्लाको दोरम्भामा घटेकोघटना उहाँको जीवनको सबैभन्दा पीडादायी घटना हो ।
सो घटनामा उहाँले आफ्नो जीवन साथी प्रदीप दोङलाईबिहे भएको चार महिनामै
गुमाउनु परेको थियो । सो घटनापछि पनि विचलित नभईकन उहाँ पार्टीको
काममानिरन्तर रुपले लागिरहनुभयो । पार्वतीले दोरम्भा घटनाको छ वर्षपछि
पार्टीकै कार्यकर्ता भवनाथ बराइलीसँग दोस्रोबिहे गर्नुभयो । उहाँ
भन्नुहुन्छ, ‘युद्धकालीन अवस्थामा बाँच्ने आशा एकदमै कम हुन्थ्यो र त्यो
बेला काठमाण्डौंमा आएर यसरी बसिन्छ भनेर कहिले सोचेको पनि थिइँन । तर,
शान्ती सम्झौता भएपछि र संविधानसभाको चुनावीमाहोल बनेपछि चाहिँ नयाँ
सम्भावनाहरू देख्न थालेँ ।’संविधानसभामा सुरुका दिनमा आउँदा पार्वतीको पनि
निकै जोशजाँगर थियो र उहाँमा ‘केही न केही गर्छौं’ भन्नेजुझारुपन थियो ।
तर, यहाँ आइसकेपछि आफ्नो मात्रै हात हुने रहेनछ, मुख्यत पार्टीका नेतृत्वमा
निर्भर रहेछभन्ने उहाँको भोगाईले बताएको छ । उहाँ भन्नुहुन्छ, ‘पार्टीबीच
कुरा नमिलेपछि संक्रमणकालीन अवस्था लम्बियोर अझै संविधान बन्ने निश्चित
नहुँदा जनताको नजरमा तिरस्कृत जस्तो हुनु परेको अवस्था आयो ।’संविधानसभा र
आफू संलग्न विषयगत समिति सांस्कृतिक र सामाजिक ऐक्यबद्धताको आधार निर्धारण
समितिमादलित, महिला, उत्पीडित जातिहरूको विषयलाई आपूmले जोडदार ढङ्गले
उठाएको उहाँको भनाइ छ ।
दलितलाईछुवाछुत गर्ने प्रथालाई जघन्य अपराध मानेर कारबाही गर्नुपर्छ
भन्ने उहाँको माग थियो । यस्तै, महिलाको पैतृकसम्पत्तिमाथिको अधिकार, महिला
माथि हुने घरेलु हिंसा र अन्य उत्पीडनलाई सम्बोधन गर्न र नयाँ संविधान
कुनैपनि हिसाबले चुक्न नहुने कुरामा पनि उहाँले जोड दिनुभयो । व्यवस्थापिका
संसद् अन्र्तगत रहेको अन्तर्राष्ट्रियसम्बन्ध र मानवअधिकार समितिमा
पार्वतीले प्रहरीद्वारा बलात्कृत महिला प्रहरी सुन्तली धामीको विषय,
बर्दियाकादलित महिलालाई गरिएको बलात्कार, ललितपुरको दलित महिला कल्ली
कुमारी बिकलाई बोक्सीको नाउँमागरेको दुव्र्यवहार लगायतका मुद्दाहरू पनि
उठाउनु भएको थियो ।आफूले संविधानसभामा उठाएका मुद्दाले मस्यौदा संविधानमा
स्थान पाए पनि संविधानलाई अन्तिम रुप दिनेबेलासम्म ती मुद्दाहरूले स्थान
पाउँछन् कि पाउँदैनन् पर्खनुपर्ने उहाँको भनाइ छ । महिलाका अझै
कतिपयमुद्दाहरू मस्यौदा संविधानमा छुटेका छन्, तर महिला ककस र अन्य महिला
अधिकारवादी सङ्घसंस्थाहरूले तीमुद्दाहरूलाइै फेरि पार्न कोशिश गरिरहेको पनि
उहाँ बताउनुहुन्छ । महिला सदस्यहरू बीचको विविधताले गर्दामहिला लगायत
कतिपय अन्य महत्वपूर्ण मुद्दाहरूमा समेत महिला बीच छलफल र अन्तरक्रिया गर्न
केही चुनौतिकोअनुभव पार्वतीले पनि गर्नुभएको छ । खासगरी मधेसवादी पार्टी र
अन्य राजनीतिक पार्टीहरू बीच महिला रअन्य मुद्दालाई हेर्ने दृष्टिकोणमा
उहाँले फरक पाउनु भएको छ । उहाँ भन्नुहुन्छ, ‘फरक विचारधाराले फरक
मतल्याउने रहेछ ।’ महिलाको विशेषाधिकार र आरक्षणमा पनि पार्टीअनुसार
महिलाहरूको दृष्टिकोण फरक आउनेगरेको उहाँको अनुभव छ ।पार्वतीका अनुसार,
संविधानसभाभित्र पितृसत्तात्मक चिन्तन हावी हँुदा महिलाले पुरुष जतिकै
मानसिक रशारिरीक श्रम गर्न सक्दैनन् भन्ने सोच रहेको छ । उहाँले
कार्यालयहरूमा कर्मचारीले गर्ने व्यवहार समेत लैङ्गिकदृष्टिकोणले फरक पाउनु
भएको छ । समानुपातिक र प्रत्यक्ष निर्वाचण प्रणालीबाट संविधानसभामा
आएकासंविधानसभा सदस्यहरू बीचको सोचाइ र बुझाइका फरक रहेको र त्यसमा पनि
महिलालाई यसले अझ प्रभावपारेको उहाँको अनुभव छ ।संविधानसभामा आएपछि
काठमाण्डौंको बसाइ उहाँका लागि मध्यम रहेको छ । भाडामा बस्नु पर्ने हँुदा
कोठापाउन गाह्रो पर्ने समस्या एकातिर छ भने विभिन्न कार्यक्रमहरूमा
जानुपर्ने हुँदा यातायातको समस्या उस्तै छ । कतिपय दलित सदस्यहरूलाई दलित
भएकाले डेरा पाउने समस्या रहे पनि उहाँ आफूले भने त्यस्तो भोग्नुनपरेको
बताउनुहुन्छ । सुरुमा चार जना सदस्यहरू मिलेर बस्ने गरेकोमा अहिले छुटेर
श्रीमान् सहित परिवारमाबस्ने गर्नुभएको छ ।
संविधानसभाको व्यस्तताले बच्चालाई समय दिन गाह्रो हुने पनि उहाँको अनुभव
छ । बैठकमा ह्पि लाग्दाजस्तोसुकै परिस्थितिमा जानु पर्ने हुन्छ ।
प्रधानमन्त्रीको चुनाव हुँदा उहाँले २६ दिनको छोरीलाई कान्ति बालअस्पतालमा
भर्ना गर्नु भएको थियो । बच्चालाई आइसीयुमा छोडेर पार्वतीले
प्रधानमन्त्रीको चुनावमा दुई चोटीसम्मभोट हाल्न आउनुभयो । त्यसपछि कैयौँपटक
बच्चा बोकेर पनि चुनावमा आउनुभयो । त्यसरी सानो नानी काखीच्यापेर आउँदा
पनि संविधानसभामा बच्चा राख्ने सुविधा नहुँदा ठूलै समस्या परेको उहाँ
बताउनुहुन्छ । उहाँभन्नुहुन्छ, ‘बिहान ११ बजे सुरु भएको बैठक बेलुका ११
बजेसम्म पनि नसकिने र बैठकमा नजाउँ भने धेरैकुरा छुट्ला भन्ने डरले बैठकमा
जाँदा पनि बैठक हलसम्म बच्चा लैजान दिदैंनन् ।’ संविधानसभामा डे
केयरकोसुविधा नहुँदा आफूजस्ता धेरै साना बच्चाका आमाहरूलाई समस्या भइरहेको
उहाँ बताउनुहुन्छ ।संविधान निर्माण प्रक्रियामा आफ्नो भूमिकाप्रति पार्वती
त्यति सन्तुष्ट हुनुहुन्न । निश्चित समयमा संविधान बन्ननसकेकाले पनि
त्यसका लागि आफ्नो भूमिका पुगेन कि भन्ने उहाँलाई लाग्छ, तर निरन्तर लागेर
पूर्णता दिएरैछाड्नुपर्छ भन्ने उहाँले अठोट लिनु भएको छ । हालसम्मको
अनुभवलाई हेर्दा संविधानसभामा समयको पालनाहुन नसकेको उहाँलाई लाग्छ । त्यसो
हँुदा निश्चित कार्यतालिका अनुसार काम अघि बढ्न सक्दैन ‘त्यहाँ
सबैउपस्थित भएर सुनिदिने अवस्था छैन’, उहाँ भन्नुहुन्छ । संविधानसभाले
प्रक्रिया थालेर झण्डै ८० प्रतिशत कामसक्नुलाई भने उहाँ सकारात्मक रुपमा
लिनुहुन्छ । बाँकी काम दल बीचको सहमति र शीर्ष नेतामा भर पर्नेकुरा हो
भन्ने उहाँको भनाइ छ ।
संविधानसभामा आएपछि संविधान र विभिन्न नियमकानुनबारे बुझेर
निश्चितसमयभित्र बोल्न सिक्न सक्नुलाई उहाँ आफ्नो व्यक्तिगत उपलब्धि
मान्नुहुन्छ ।राजनीतिक जीवनमा पार्वतीले दुई खाले अनुभव प्राप्त गर्नु भएको
छ । एउटा युद्धकालमा भीषण सङ्घर्ष र लडाईअर्को भने शान्ति सम्झौतापछि
संविधानसभाको यात्रा र त्यसपछिको शान्तिपूर्ण सङ्घर्ष । उहाँलाई ती दुबै
अनुभवआआफ्ना ठाउमा सही थिए भन्ने लाग्छ । तर, सबैको अन्तिम चाहना शान्ति र
सहमति नै भएकाले शान्तिपूर्णसङ्घर्षको बाटोलाई पनि उहाँ गलत ठान्नुहुन्न ।
भविष्यमा आफ्नो राजनीतिलाई यही विचारधाराबाट निरन्तरतादिने पार्वतीले सोच
राख्नु भएको छ ।साभार :महिला ककस
No comments:
Post a Comment