मृगौलापिडित चेत बहादुर सुनारको औषधी उपचारमा आर्थिक अभाव

टेकेन्द्र बस्याल
कोहलपुर, चैत २६
शम्मसेरगन्ज–५ प्रेमपुरका मृगौलापिडित ४८ वर्षिय चेत बहादुर सुनार औषधी उपचारमा आर्थिक अभाव हुँदा घरमै थला परेका छन् । तीन महिना यता दुवै मृगौला काम नलाग्ने भएपछि उनी उपचारको साट्टो घरमै पिडा सहेर बस्न बाध्य छन् ।
मृगौला प्रत्यारोपणका लागी आठ लाख रुपैँया  नेपाली जुटाउन नसक्दा उनी घरमा थला परेका हुन् । जिल्लाका र भारतीय अस्पतालमा उपचारका लागि गएपनि अस्पतालले मागे अनुसार रकम जम्मा गर्न  नसक्दा सुनारले उपचार गर्न नसकेका हुन् । आर्थिअ अभावमा घर परिवार चलाउन मुस्किल भईरहेका बेला श्रीमानको उपचार खर्च जुटाउन नसकिएको सुनारकी श्रीमती मनसरीले बताईन् । मजदुरी गरी घरको खर्च जुटाउने सुनार मृगौला खरावका कारण तीन महिनादेखि थला परेपछि परिवार नै विचल्लीमा परेको छ ।
घरको मुली नै थला परेपछि १५ वर्षिय छोरा स्कुल पढदा पढदै मजदुरीका लागी भारत पठाएको मनसरीले भनिन् । सुनार परिवारका नाममा सम्पति भनेको एक कठ्ठा जग्गा रहेको छ । पिडित परिवारले आर्थिक नभएको भन्दै  जिवन रक्षाका लागी पहल गरीदिन सवैलाई आग्रह गरेको छ । सहयोगका लागि इच्छुकले  ९८१९५९५९४५ मा सम्र्पक गर्न सकिन्छ ।
सुनारका दुई छोरा र दुई  छोरी रहेका छन् । सुनारले तीन महिना अघि भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृगौला खरावप भएको थियो । उपाचारका लागि सुनार नेपाल लगायत ठुला अस्पताल र छिमेकी देश भारतका चर्चित ठुला अस्पताल सम्म पुगेपनि उपचार हुन सकेको छैन् ।
स्रोत:- जागरण मिडिया

No comments:

Post a Comment