घोडा मालिक झैँ भएका छन् दलित आन्दोलनकर्ताहरु -गोपाल सिवा




प्रतिक्रियाको लागि :- gopsiwa@gmail.com
join me @ सामाजिक संजालमा
धेरै अघि तालिमको सिलसिलामा एउटा कथा सुनेको थिए  । जस अनुसार सधै गोटा गोटा दिशा गर्ने घोडा लाई चना खुवाए पछि  झन् कब्जियत हुन्छ र घोडा मालिक उपचारको सल्लाह लिन बैध कहाँ पुग्छन  । बैधले ३ थरिको औषधि दिदै यस ३ थरिको औषधिलाई एकै भाडामा कुटेर मसिनो धुलो बनाई घोडालाई लडाएर बासको सानो गाई बस्तु लाई औषधि खुवाउने पाइपमा धुलो औषधि राखेर एका पट्टी घोडाको मुख भित्र अलिकति छिराएर अर्को पट्टि बाट आफुले बल गरेर फु गरि फुकी दिनु अनि औषधि सिधै घोडाको पेटमा पुगेर तुरुन्तै काम गर्छ भनि खुवाउने बिधि सहित औषधि दिएर पठाएछन्   ।  घरमा आएर बैधले भने अनुसार तिन वटै औषधि लाई एउटा भाडोमा कुटेर धुलो बनाई ,औषधि खुवाउने बासको पाइपमा राखेरघोडालाई लडाएर , घोडाको मुखमा एका पट्टि अलिकति छिराएर अर्को पट्टि बाट मुखले फु गर्न भनि मुख राखेर फु गर्ने बेला घोडाले अचानक हिहि गरिदिएछ। अनि घोडाको स्वासको प्रेशरले त्यो औषधि घोडा मालिकको चै पेटमा पुगेछ । मालिक आफै बिरामी परेपछि घोडालाई ओखति खुवाउने सोच फेरी कहिले ब्युतेंन छ ।   

माथिको कथा झैँ बर्षौ देखि जातीय छुवाछुत र भेदभाव भोग्दै आएका दलित समुदायका नागरिकहरु ले आफु माथि सामाजिक कलंकको रुपमा कब्जियत गराउने रोग छ भने थाहा पाएर देशको  हरेक प्रजातान्त्रिक आन्दोलन तथा हरेक ठुला पार्टीको बिकाश र बिस्तारमा आफुहरुलाई सहभागिता र महत्वपुर्ण भूमिकामा राख्दै आए तर पनि बर्ण ब्यबस्था र जातीय छुवाछुत बाट दलित समुदाय सबै भन्दा बढी पिडित हुदै आएका छन् ।अझ  यहि सामाजिक कलंकको पीडालाई निर्मुल पार्न र दलित समुदायहरुको स्थितिमा सुधार गर्नका लागि नागरिक समाज र गैर सरकारी सस्थाहरु त्यहि घोडा मालिक ले कब्जियत निर्मुल पार्न तिन थरिको औषधि पिसेर एकै बनाए झैँ छरिएर बसेका दलित समुदायका मनुवाहरू लाई जातीय छुवाछुत विरुद्ध सस्थागत  आन्दोलन , मुक्तिका संघर्षहरु देखि ब्यानर देखाउने कार्यक्रमहरु गरेर बिगत देखि वर्तमान सम्म एक बनाए / बनाउदै छन्  । तर  आर्य सामाजिक पृष्ट भूमिमा बिकाश भएको हिन्दु कर्मकाण्डीय कटरताबादी सास्कृतिक परम्पराले हिहि गरिदिदा घोडा मालिकको पेटमा औषधि परेर आफै बिरामी परे झैँ नागरिक समाज तथा गैर सरकारी सस्था, दलित आन्दोलनकर्ता जस्ता घोडा मालिकहरु आफै बिरामी परेका छन्  ।फलस्वरूप एउटै दृस्टीकोण र अडानहरुमा दृढतापुर्वक कायम रहदै आएको ऎतिहासिक जिम्मेवारी पुरा गर्न लागि परेका अगुवाहरुमा निस्कृयता र आत्मबिश्वाशको कमि भएको छ ।अनि कोहि अगुवाहरूमा यो परिस्थिति देखेर आफै प्रति आत्मघाती चिन्तन र शंकाको बिजारोपण हुन्छ र त् भन्दा म ठुलो जात को हु भने भ्रम पाल्छन । जसको पछिलो उदाहरण पर्वतको पाङ्ग गाविसका एकै समुदायका कामी र सार्की जातीका बीचमा सार्की समुदायलाई कामी जातीले तल्लो जाती भनेर छोइछिटो गर्ने र छोएको नखाने बताउँदा विवाद बढेर  भोजमा दुबै समुदायका बीचमा समुहगत झडप लिन सकिन्छ । भने कोहि कोहि चै राज्यले पहल गरेको सुबिधा उपभोग  गराउने तर्फ़ केन्द्रित देखिनं या त नाताबाद कृपाबाद तिर लागेर समुदायको मुदालाई टड्कारो गन्तब्यमुखी बनाउन असमर्थ हुन्छन । अर्थात् यहि हिहि ले पहिलो प्रहारमा नै दलित आन्दोलन धरमर हुन्छ अनि राज्यको संरचनात्मक कमजोरीले छुवाछुत र जातीय विभेद जस्ता कुप्रथा लाई जीवित राखन सजिलो गरि मलजल गरि रहनछ भने अर्को तिर मुलुकमा हुने दलित आन्दोलनमा आम नेपाली दलित समुदायको आक्न्छाको प्रतिबिम्ब नै रहन्न  ।

विश्लेषकहरु दलित समुदायका आन्दोलनहरु मौलिक मुदा भन्दा हरियो डलर मुदामुखी भैरहेका छन् , दलहरुको पिछलग्गु मात्र बनि रहेका छन् त्यसैले ५० /६० लाख जनसंख्या भए पनि दलित समुदायको आन्दोलनको अवशान युग सबित हुनेछ भानिरहेका छन ।यदि यहि यथार्त हो भने दलित समुदाय लाई राज्यको नीति निर्माण तहमा पुरयाउने कल्पना मनको लड्डु नै साबित हुने छ ।त्यसैले इतिहासले कसैलाई सिक्न बाध्य पार्दैन, यसले सजाय मात्र दिन्छ' भन्ने भनाइ नेपाली दलित आन्दोलनमा सबैभन्दा बढी लागू भएको छ किनकि बिगत बर्षहरुमा दलित समुदायको आन्दोलनमा धेरै स्खलन र बिघटन देखिए । त्यसको तथ्यपरक सिदान्त सम्मत र बैज्ञानिक विश्लेषण आजको प्रमुख बौदिक आवश्यकता हो । राजनीतिक परिवर्तनको पक्षमा देखिएको दलित समुदायको उत्साह दलित आन्दोलनको महत्वपूर्ण पक्ष भए पनि दुर्भाग्यबंश दलित आन्दोलनमा आज सम्म सिदान्त र ब्यबहारमा ठुलो दुरी देखिएको छ । अत ३ थरि औषधि मिलाएर काम गर्ने बने झैँ सबै थरि उत्पीडित दलित समुदायको संगठित जीवनले नै सामाजिक परिवर्तनको आन्दोलनलाई परिणाममुखी बनाउन सकिन्छ । तर नेपाली दलित आन्दोलनको संगठित सुरुवात भएको ६ दशकभन्दा बढी भएको छ भने समग्रमा दलित समुदाय प्रतिको ब्यबहार र सामाजिक परिस्थिति उस्तै छ । दलित समुदायको ठुलो समुह बनाउने सोचैले मात्रै मौलिक विग्रहको समाधान दिन सक्दैन त्यसैले सिदान्त र कार्यक्रमको स्पस्ट समझदारीका आधारमा मात्र दलित समुदायको समाधानको तर्जुमा हुनसक्छ । हजारौ वर्षसम्म उत्पीडन सहनुमा स्वयम् दलित समुदायको पनि त्यहि घोडा मालिक झैँ लाचारीपनले निर्णायक भूमिका खेलेको छ ।
 

No comments:

Post a Comment