एक लाख रुपियाँ पाइएला भनेर दलितले विवाह गरेको भेटिन - गजाधर सुनार

‘राज्यले दलितसँग विवाह गर्ने गैरदलित केटा वा केटीलाई एक लाख रुपियाँ दिनेगरेको त छ, तर मैले एउटै त्यस्तो युवा वा युवती भेटेको छैन जसले पैसाकै लागि विवाह गरेको होस् ।दलित गैरसरकारी संस्था महासँघ नेपालका अध्यक्ष गजाधर सुनारले इनेपाली खबरसँगको अन्तर्वार्तामा भन्नुभएको छ ।

जातीय विभेदविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा सप्ताहव्यापी कार्यक्रमका साथ मनाइँदै छ । मार्च २१ तारिकमा मनाइने यस दिवसका लागि दलित गैरसरकारी संस्था महासंघ नेपालले पनि देशव्यापी रुपमा कार्यक्रमहरुको आयोजना गरेको छ ।

सुनार राज्यले एक लाख रुपियाँ दिएर नराम्रो गर्यो चाहिं भन्नुहुन्न, ‘कम्तीमा यसरी विवाह गरेपछि पारिवारिक वहिस्करणमा पर्ने भएकाले तत्कालका लागि सो रकमले उनीहरुलाई व्यवस्थापन गर्न भने सजिलो भएको छ ।’प्रस्तुत छ, अध्यक्ष गजाधर सुनारसँगको अन्तर्वार्ता भिडियोमा ।
- साभार:- इनेपाली खबर

No comments:

Post a Comment