बलात्कार गरेको आरोपमा सुरेश कामी गिरफ्तार

२०७१ वैशाख ११ गते, अछाम । एक ४५ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा जनालीवण्डाली गाविस-५ का २४ वर्षीय सुरेश कामी विरुद्ध वैशाख १० गते जिल्ला प्रहरी कार्यालय मंगलसैनमा जाहेरी दिइएको छ ।आरोपित सुरेशले वैशाख २ गते महिलाको घरमै आएर बलात्कार र लुटपाट गरेको भन्दै महिलाले प्रहरीमा जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका हवलदार भूपेन्द्रसिंह सामान्तले जानकारी दिए ।
प्रहरीमा जाहेरी परेलगत्तै वैशाख १० गते नै आरोपितलाई घरबाटै गिरफ्तार गरी हिरासतमा राखेको प्रहरीले जनाएको छ । गाउँमै मिलापत्र गर्ने प्रयास असफल भएपछि प्रहरीमा जाहेरी दिएको बुझिएको छ । प्रहरीले १० गते नै आरोपित बिरुद्ध जबर्जस्तिकरणीको उद्योगमा मुद्दा दर्ता गरेको जनाएको छ ।

No comments:

Post a Comment