इन्डियन एयरलाइन्सको जहाज अपहरणमा मुछिएका दमाई आज छुट्न सक्ने

पटियाला- इन्डियन एयरलायन्सको जहाज अपहरणमा जेल सजाय काटिरहेका अभियुक्त भुपाल मान दमई उर्फ 'युसुफ नेपाली' आज छुट्न सक्ने बताइएको छ। टाइम्स अफ इन्डिया अनलाइनले उनी छुट्ने प्रवल सम्भावना रहेको उल्लेख गरेको हो।
सन् १९९९ मा काठमाडौंबाट उडेको इन्डियन एयरलायन्सको आइसी-८१४ फ्लाइट जहाज अपहरणमा परेको थियो। सो अपहरणमा तीन गैर पाकिस्तानीसहित दमईको नाम मुछिएको थियो। उनले शुक्रबार 'नो अब्जेक्सजन सर्टिफिकेट' पाउने स्रोतलाई उद्धृत गेर्दै टाइम्स अफ इन्डियाले जनाएको छ।
विमान अपहरणका मुख्य १०  योजनाकार मध्ये सात जना पाकिस्तानी र दुई भारतीय दिलीप कुमार भुजेल र अब्दुल लतिफ आदम मोमिन रहेका थिए। अर्का एक भुपाल मान दमई थिए। भुजेल, मोमिन र दमईलाई बन्दोबस्ती सहयोगको अभियोग लगाएको थियो।
हरियाणाको उच्च अदालतले निर्दोष भन्दै दमईलाई सफाइ दिएको थियो। तर पाटियालास्थित सिबिआई विशेष अदालतले फेब्रअरी ५, २००८ मा दमई र भुजेललाई दोषी ठहर गर्दै जेल चलान गरेको थियो।
१९९९ डिसेम्बर २४ मा त्रिभुवन विमानस्थलबाट भारतको इन्दिरा गान्धी इन्टरनेशनल एयरपोर्टका लागि उडेको विमान हर्कत उल मुजाहिद्दिन नामक पाकिस्तानी इस्लिमक संगठनले अपहरण गरी अफगानिस्तानको कान्दहर पुर्‍याएको थियो।
- स्रोत नागरिक

No comments:

Post a Comment