बोक्सी आरोप लगाई मोसो दलेर दुर्व्यवहार गर्ने गिरफ्तार

०७० चैत २८ गते, रोल्पा । लिबाङ गाविस-४ रेउघाकी ३० वर्षीया नौमाली परियारलाई कथित बोक्सी  आरोप लगाई मोसो दलेर दुर्व्यवहार गर्ने चार जनालाई चैत २८ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ ।

आफ्नै ससुरा, जेठाजु र अन्य छिमेकीहरू मिलेर  चैत २७ गते गाँउका मानिस भेला गराई मोसो दलेको भन्दै पीडितले चैत २८ गते जिल्ला प्रहरी कार्यालयमा काराबाहीको माग गर्दै निवेदन दिएपश्चात् उक्त घटनामा सङ्लग्न रहेको आरोपमा लाले दमाई, सुकरा दमाई, सुरबीर दमाई र कालुराम दमाईलाई प्रहरीले गिरफ्तार गरेको हो ।
घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको र आरोपितहरूलाई कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने  डीएसपी नवीनराज राईले बताए ।

No comments:

Post a Comment