खुट्टा र हातमा गम्भीर चोट लागेका कमनसिंहको जिल्ला अस्पताल सल्यानमा सामान्य उपचार गरेपछि चैत २५ गते थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । कुटपिटबाट घाइते ढाँकीको भने जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ ।वलीकी बहिनी नाता पर्नेसँग कमनसिंहका नातिले अन्तरजातीय विवाह गरेकको विषयमा दुवै पक्षबीच विवाद भएको थियो । ठूला जातकी छोरी विवाह गर्यौँ भनेर ठूला कुरा गर्ने, कामी भनेका कामी नै हौं भनेर वलीले आफूहरुलाई कुटेको ढाँकीले बताइन् ।
कुटपिटबाट ढाँकीको हात भाँच्चिएको छ भने उनका ससुराको खुट्टा र हात भाँच्चिएको छ । पीडितपक्षले जिल्ला प्रहरी कार्यालय सल्यानमा चैत २५ गते वलीलाई कारवाहीको माग गर्दै उजुरी दिएका छन् । सेनाका जवानले मदिरा सेवन गरी कुटपिट गरेको खुल्न आएको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न वली प्रहरीकै नियन्त्रणमा रहेको र वलीले घाइतेको उपचार खर्च ब्यहोर्ने प्रहरीले जनाएको छ ।
khum bahadur wali bhanne manxe lai uchit karbahi garnu parxa taki anya sarbasadharanlai bhanda hadai samma badhi kinabhane u euta sarkari jagire ho
ReplyDelete