छुवाछुत विवादमा संलग्न आठ जना आरोपि रिहा

०७० वैशाख ४ गते,पर्वत ।पाङ्ग गाविस-२ का दालित समुदायका दुई जाति बीचको छुवाछुत विवादमा संलग्न आठ जना आरोपितलाई जिल्ला प्रशासन कार्यालय पर्वतले ०७१ वैशाख ३ गते रिहा गरेको छ । पाङ्ग गाविस-२ का श्याम नेपाली, विनोद नेपाली, सुरेश नेपाली र दिनेश नेपाली, वाग्लुङ्गबाट निम्ता मान्न आएका शंकर विक रविन बोहरा, सन्तेष विक र शंकर विक जनही २ हजार रुपैयाँ धरौटीमा रिहा भएका हुन् ।

छुवाछुत विवादमा केही सार्वजानिक मुद्दा अन्तरगत धरौटीमा रिहा गरिएको जिल्ला प्रशासन कार्यालयले जनायो ।छुवाछुत विवादमा गिरफ्तार भएका मध्ये पाङ्ग गाविस-२ का विष्णु सुनार, अशोक सुनार चन्द्रबहादुर विक र रामकृष्ण विक र खुर्कोट गाविस-१ का मोहन विक र प्रकाश विकका विरुद्ध कर्तव्य ज्यान मुद्दामा म्याद थपी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख श्यामकृष्ण अधिकारीले बताए ।

No comments:

Post a Comment