अन्तरजातीय विवाह गरेर आएका नयां जोडिले निवेदन दर्ता नगरी फर्के

परासी: सरकारले अन्तरजातीय विवाह गर्नेका लागि प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेपनि जिल्ला प्रशासन कार्यालयमा भने विगत दुई वर्षदेखि रकम दिएको छैन। जसले गर्दा ति जोडीलाई रकम दिन सकिएको छैन भने अन्तरजातीय विवाह गरेर आएका नयां जोडिले पनि निवेदन दर्ता नगरी फर्केर जाने गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

लेखा अधिकृत अव्दुल गफ्फार खांका अनुसार सरकारले रकम नपठाउदा दुई वर्ष अघि देखिका सात जनालाई रकम भुक्तानी दिन सकिएको छैन। महिनामा चार, पांच जना जोडीहरु निवेदन लिएर आउने गरेपनि रकम नआएको बताएपछि दर्ता नगरी फर्केर जाने गरेका छन्। पुरानो सात र बांकि अरु पनि आउन सक्ने भन्दै कार्यालय वाट १७ लाख रुपैया मन्त्रालयमा प्रोत्साहन रकम उपलव्ध गराउन माग गरिएको खांले बताए।

दलित र गैरदलितले विवाह गरेमा सरकारले प्रोत्साहन वापत एकलाखका दरले रकम उपलव्ध गराउन आ.व. ०६७/६८ को बजेट मार्फत घोषणा गरेको थियो। घोषणा गरेको वर्ष र दोश्रो वर्षमा मात्र रकम आएको छ। त्यस पछि रकम आएको छैन' खाँले भने, 'सो अवधिमा जिल्लाबाट २३ जनाले अन्तरजातिय विवाह गरे वापत रकम पाएका छन्।' सरकारले यसवर्षको बजेट भाषणमा उक्त रकमलाई निरन्तरता दिने वताए पनि सम्बन्धित कार्यालयमा भने रकम नपठाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।साभार : अन्नपुर्ण

No comments:

Post a Comment