गोरखा बक्राङका दलितहरुले प्रयोग गर्ने धारामा तालाबन्दी

गोरखा, चैत २२– गोरखा जिल्लाको बक्राङ गाविस वडा नं. ४ स्थित गैरीधारा पानीको मुहान तालाबन्द गरिएको छ । यहाँका ल्हाय गाउँ, संग्रौला गाउँ, सारी गाउँ, प्रधानगाउँ, जम्दारगाउँ, माथिल्लो गाउँ, पुछार गाउँ, खनाल गाउँ, डाँडा गाउँ लगायतका झण्डै १०० घर धुरीले यहाँको पानी सोह्रसय १८ वर्ष देखि प्रयोग गर्दै आएका थिए । वडा नं. ४ र ५ पाँचका आधा भन्दा बढी जनसंख्याले यहाँको पानी प्रयोग गर्ने गरेको स्थानीय रत्न बहादुर थापाको भनाई छ । पानीको मुहानमा रातको समयमा तालाबन्दी गर्ने वेल बहादुर थापा नागरिक वडा मञ्चको संयोजक, जनमोर्चा नेपालका तर्फबाट गाविसका पूर्व उपाध्यक्ष र हाल नेपाली काँग्रेसका गाउँ पार्टी उपसभापति हुन् । 

पानीको प्रयोग वडा नं. ५ का दलितहरुले बढी प्रयोग गर्ने गरेको र मेलापातका काममा बोलाउँदा नआएका कारण मूल बन्द गरेर आफूले मात्रै प्रयोग गर्न लागेको थापाको भनाई छ । पानीको मुहान निक्कै सानो भएका कारण दुईतिर पानी लान सकिने अवस्था नरहेको जिल्ला खानेपानी कार्यालय गोरखाले जनाएको छ । पानीको मूल वडा नं. ४ मा पर्ने भएका कारण ५ का बासिन्दाले प्रयोग गर्न नपाउने उनको भनाई छ । नागरिक वडा मञ्चको संयोजक भएका कारण उनले आफ्नो व्यक्तिगत हितका लागि काम गर्ने गरेको उनका छिमेकीको भनाई छ ।
 दलित वस्तीका मानिसहरुले पानी खान नपाएको प्रति विभिन्न दलित संघ संगठनले खेद व्यक्त गरेका छन् । आफ्नो घरमा पानी लैजानको लागि उनले सयौं मानिसहरुले वर्षौदेखि प्रयोग गरेको पानीको मुहान बन्द गराएको स्थानीयवासीले बताएका छन् । गाउँमा सामुदायिक वनको अध्यक्ष रहेका बेला वन फँडानी गरेर काठमाडौंमा घर बनाउने योजनाका साथ काम गरेका थापा थानकोटमा प्रहरीले काठ तस्करीका साथ समाएपछि दुई वर्ष जेल वसी धरौटीमा रिहा भएका थिए ।
स्रोत: रातोपाटी

No comments:

Post a Comment