सम्मेलनको सफलताको कामना गर्दै प्रधानमन्त्रीको सुभकामना

नेपाली मिडियामा दलित समावेशीकरण : चुनौति र भावि रणनीति”विषयक
दुई दिने दलित समदायका सञ्चारकर्मीहरुको राष्टिय सम्मेलनका अतिथिहरु
जागरण मिडिया सेन्टर र नेपाल पत्रकार महासंघको संयुक्त आयोजनामा भैरहेको “ नेपाली मिडियामा दलित समावेशीकरण ः चुनौति र भावि रणनीति” विषयक गोष्ठीको समुद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा आमन्त्रण गरी समुद्घाटनका लागि अनुरोध गर्नु भएकोमा आयोजकहरुप्रति कृतज्ञता प्रकट गर्दछु । यस समारोहमा उपस्थित भएर पत्रकारहरुको विचार सुन्ने उत्कट अभिलाषा राख्दाराख्दै पनि अत्यधिक कार्य व्यस्तताका कारण उपस्थित हुन सकिन । सरकार प्रमुखको रुपमा मेरो बाध्यतालाई यस गरिमामय सभामा उपस्थित सबैले हृदयंगम गर्नुहुनेछ भन्ने मेरो विश्वास छ ।

जागरण मिडिया सेन्टरले आफ्नो स्थापनाकालदेखि नै दलितहरुका विषयलाई सञ्चार माध्यमको मूलप्रवाहमा ल्याउन दलितहरुलाई नै सक्षम सञ्चारकर्मीका रुपमा विकास गर्ने नीति र कार्यक्रम कार्यान्वयन गर्दै आएको छ । सेन्टरको संगठित प्रयासकै परिणाम स्वरुप अहिले दलित समुदायका पत्रकारहरु सञ्चारको क्षेत्रमा महत्वपूर्ण स्थान ओगट्न सक्षम भएका छन ।दलितमाथि भएका सामाजिक भेदभाव उजागर गरी नेपालको वर्तमान संविधान र ऐन कानुनहरुले प्रत्याभूत गरेका नागरिकका बीचमा जात, जाति, भाषा, धर्म, संस्कृति, लिङ्ग,भौगोलिक अवस्थितिका आधारमा विभेद नगरिने अधिकारहरुको कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन । यो प्रयासलाई अझ बलियो ढंगले लैजान सके परम्परागत रुपमा चलिआएको सामाजिक कुरीति र वर्णाश्रम व्यवस्थाको अवशेष छिट्टै हट्ने मेरो विश्वास छ । समाजमा अधिकार उपयोगमा जागरण ल्याउन, विभेद अन्त्य गर्न र समतामूलक समानज बनाउन जागरण मिडिया र प्रजातन्त्रको पुनरोदयपछि व्यापक रुपमा फष्टाएको सञ्चार जगतले ठूलो योगदान गरेको छ ।
सम्मेलनको उद्घाटन गर्दै शिव गाउँले
प्रविधिको अवलम्बन, सञ्चारका सबै माध्यमहरुको संख्यात्मक र गुणात्मक विकासका दृष्टिले विगतको समय भन्दा हामी धेरै अगाडि आइपुगेका छौ ।तर मुलुकले आर्थिक उन्नति हासिल गर्न नसकेको तथा औद्योगिक विकासको अवस्था दयनीय भएकोल सञ्चारमाध्यमहरुले विज्ञापन पाउन कठिन भएको छ ।आम्दानी कम भएकोले सञ्चारकर्मीहरुले आवश्यक तलब पाउन नसकेको अवस्था छ । यस्तो कठिन अवस्थामा पनि सञ्चारमाध्यममा लागेर सबै नागरिकलाई सुसुचित गराउने संवैधानिक दायित्व पूरा गर्न अग्रसर हुने पत्रकारहरुको साहस कदर योग्य छ ।
अहिले सूचना र सञ्चारको क्षेत्रमा प्रविधिको अकल्पनीय विकास भैरहेको छ । पछिल्ला प्रविधिलाई अवलम्बन गरेर अन्य मुलुकका सञ्चारमाध्यमसंग प्रतिस्पर्धा गर्ने काम कम्ति चुनौति पूर्ण छैन । यस्तो चुनौतिपूर्ण कार्यमा समर्पित सञ्चार कर्मीहरुलाई छात्रवृत्ति, लेखनवृत्ति,अध्ययन,अध्ययन भ्रमण, अनुभव आदानप्रदान गर्ने भ्रमण लगायतका कार्यक्रममा सरिक गराएर सरकारी र गैरसरकारी दुवै निकायले प्रोत्साहित गर्नु पर्ने आवश्यकता छ । यसतर्फ अग्रसरता लिन म दुवै थरि निकायमा कार्यरत जिम्मेवार पदाधिकारीहरुलाई अनुरोध गर्दछु ।
अन्तमा, यस गोष्ठीको सफलताको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
जय नेपाल 
 ३० चैत्र २०७० , (सुशील कोइराला)

No comments:

Post a Comment