२०४६ सालपछिको आर्थिक उद्धारिकरण, बिदेशी लगानीकर्ताहरुको बढ्दो तथ्यांक, राष्ट्रिय पुजीपतिहरु वा घरानाहरुको उल्लेखनीय बृद्धि, आर्थिक उद्धारीकरण र बिस्तारै विकास हुदैगएको बजारमुखी अर्थतन्त्रले कम्तिमा पनि नेपाली समाज अब शामन्तवादी चरित्रबाट बिस्तारै पुजीबादी खेमा तिर लम्कन थालिसकेको छ भन्ने कुरा प्रमाणित गर्छ । पूजीवादको विकाससंगै नेपाली समाजमा बाकी रहेका शामन्तवादका अबशेषहरु आफै समाप्त भएर जाने साथै बहुआयामिक चरित्रको हाम्रो समाजको अन्तरसंघर्षहरुलाई दुई खेमामा केन्द्रिकृत गर्नेहुदा अबको नेपाली बामपन्थी आन्दोलन पुजीबादी र उत्पादनमुखी हुनुपर्छ । अहिलेपनि नेपाली बामपन्थी आन्दोलन नेपालमा कम्युनिस्ट पार्टीको स्थापना कालिन समयको नेपाली समाजको विश्लेषण बोकेर हिड्ने गरेका छन । २००६ सालदेखि २०७० सालसम्म आइपुग्दा यो चौसठी बर्षमा नेपाली समाजले धेरै परिवर्तनहरुलाई संस्थागत गरिसकेको छ । यो चौसठी बर्षमा नेपाली धर्तीमा भएका क्रन्तिहरुले प्राप्त गरेको उपलब्धिहरुलाई चटक्कै आँखा चिम्लिएर परम्परागत र घोकन्तेरुपमा अझै नेपाली समाज अर्धशामन्तवादी र अर्धऔपनिवेसिक छ भन्नु नेपाली समाजको आजको गतिलाई नाप्न नसक्नु जस्तै हो । नेपाली राजनीतिमा बौद्धिक नेताको छबि बनाएका भट्टराईको नया शक्ति निर्माणको पछिलो अभिव्यक्ति रातारात नेपाली राजनीतिमा प्रवेश गरेको मुद्दा चाही होइन । नेकपा एमालेका युवा नेता घनश्याम भुसालहरु लगायतले लामो समयदेखि अहिलेको नेपाली समाजको वास्तविक चरित्र फेरिसकेको हुदा समय सापेक्ष रुपमा नेपाली समाजको वास्तविक चरित्रको विश्लेषण गर्नुपर्ने कुरामा जोड दिदै आएको छन । बास्तवमा घनश्याम भुसालका अनुसार सामन्तवादी समाजमा केही सामन्तहरूसँग मात्रै जमिन हुने र उनीहरूकै शासनब्यस्था चल्ने हुन्छ । नेपालमा त्यो व्यवस्था भत्किसकेको हुँदा नेपाललाई अहिले पनि सामन्तवादी नै भन्नु हुँदैन । प्रचण्ड गोरखादेखि २००७ साल हुँदै बढेको राजनीतिक चेतनाले गर्दा निरङ्कुश राजासमेत मुलुकी ऐन जारी गरेर सामन्ती युगमा राजाहरूले नै बनाएको जातपात, छुवाछूतलाई अवैध घोषणा गर्न बाध्य हुनु, भूमिसुधार घोषणा गर्नु, सम्पत्तिमा सामन्ती अधिकारलाई २००७ सालले नै आधारभूत रूपले अन्त्य गर्नु, सामन्ती सम्पत्ति र राजनीतिक तथा न्यायिक अधिकारहरु पनि क्रमशः उन्मूलन हुँदै जानु, २०३० सालतिर नेपालको धेरैजसो जमिनको नापी भएपछि जमिनमा सामन्ती स्वामित्व आधारभूत रूपले उन्मूलन हुनु, जमिनको पोत उठाउने जमिनदारहरुको अधिकारलाई पनि नापी भैसकेपछि समाप्त पारिनु, २०४७ सालको जनआन्दोलनले निरङ्गकुश राजतन्त्रलाई समाप्त पार्दै बहुदलिय प्रतिसप्रधामा आधारित प्रजातन्त्रको स्थापना हुनु, २०६२/६३ सालको जनआन्दोलनले राजसंस्था नै उन्मूलन गर्नुले नेपाली समाज अव शामन्तवादी चरित्रको छैन भन्ने वहाँको विश्लेषण छ । २०५२ सालबाट शुरुभएको जनयुद्घ र त्यो जनयुद्घमा ठुलोमात्रामा उत्पीडित समुदायहरुको सहभागिता, ग्रामिण वर्गिय जनताहरुमा त्यसले निर्माण गरेको क्रान्तिको चेतना, ग्रामिण स्तरका स्थानिय र फुच्चे शामन्तवादीहरुको अन्त आदिले पनि नेपाली समाज अब शामन्तवादी चरित्रको छैन भन्ने कुरा प्रष्ट हुन्छ । नेपाली समाजको अहिलेको वास्तविक चरित्र पुजिवादि चरणमा प्रवेश गरिसकेको तर पुजिवादको चरम विकासमा पुगि नसकेको पुजिवादी समाजनै हो । शामन्ती वर्गका सिमित घेराभित्र सिमित रहेको पुजि, बन्द व्यापार, कलकारखाना, उधोग धन्दा, आर्थिक कृयाकलापहरु विस्तारै आमजनताहरुसम्मको पहुचमा पुग्नु । बजारमुखी र ग्राहकमुखी अर्थतन्त्रको विकास हुदै जानु । २०४६ सालपछिको खुला अर्थतन्त्रले ठुलोमात्रामा नब धनाढयहरु र ब्यापारिक घरानाहरु निर्माणहुनु, विश्वब्यापी धनाढयहरुको सुचिमा नेपाली उधमीहरुका नाम आउनु, विदेशी पुजि तथा लगानीकर्ता भित्राउन निजि तथा सरकारी दुवै क्षेत्रले उच्च प्रथमिकता दिनु आदि यी सवै कुराहरुले नेपाली समाज अव पुजिवादि खेमातिर लम्किसकेको छ भन्नेकुरा प्रष्ट पार्छ । एमालेभित्र घनश्याम भुसाल लगायतका युवा नेताहरुले पार्टीको आठौ महाधिवेशन ताकाबाटै यो मुद्दालाई प्रधानरुपमा उठाउदै आएका छन । तर उनीहरु तत्काल छुट्टै नया शक्ति निर्माण गरेर जानुभन्दा यो बहसलाई पार्टी भित्रै व्यापक छलफल गराएर जनताको बहुदलीय जनबादलाई अझ परिस्कृत र सशक्त बनाउने कुरामा केन्द्रित हुदै आउनु भएको छ ।
नेकपा माओवादीभित्र बैद्य र बाबुराम बिचको बैचारिक भिन्नताको एउटा महत्वपुर्ण कारणमा यो बिषय पनि पर्न आउछ । जनयुद्द कालिन समयमा नेपाली समाजको चरित्र के हो भन्ने कुरामा माओवादीभित्र खासै मतभेद नभएपनि शसस्त्र संघर्षबाटै सत्ता कब्जा गर्ने कि नबउदारवादी शासन ब्यस्थालाई प्रयोग गर्दै खुला राजनीतिमा आउने भन्ने बिषयले ठुलै रडाको मच्चाएको थियो । खुला राजनीतिक प्रतिस्पर्धा वा शसस्त्र संघर्ष यी दुवै कार्यनितिहरुका आधार भनेको नेपाली समाजको चरित्रलाई हेर्ने, बुझ्ने र ब्याख्या गर्ने आआफ्नै दृष्टिकोणहरुमा भएको भिन्नताहरु नै कारक तत्वहरु थिए भन्दा फरक पर्दैन । बैद्य माओवादीको बिभाजन पछि एक किसिमले बैचारिक रुपमा एनेकपा माओवादी बाबुरामकै एक्लो बैचारिक बिरासतमा टेक्दै हेटौडा महाधिबेशनबाट पुजिवादी क्रान्तिको कार्यनीतिकासाथ आगाडी आएकै हो । दोस्रो संबिधानसभामा अनअपेक्षाकृत नतिजा आएपछि पराजयको मुख्य कारण पार्टी फुटलाइ ठहर गर्दै पछिल्लो समय प्रचण्ड र बैध बिचको बढ्दो नजिकताले फेरी एकचोटी बाबुरामलाई झस्काएको हुनसक्छ । एमाओवादी भित्र प्रचण्डको गुटगत राजनीतिका शिकार बन्दै आएका भट्टराई हेटौडा महाधिबेशनले अगिसारेको पुजीबादी क्रान्तिको कार्यनीतिलाई सम्म सच्याउदै बैधसंग एकता गर्न खोजेपछि अब यो पुरानो नेतृत्व वा शक्तिले आजको नेपाली समाजको वास्तविक चरित्र, अवस्था र अन्तरविरोधहरुलाई सहि तरिकाले बुझ्न सक्दैन भन्ने विश्लेषण सहित पछिल्लो समय भट्टराई नया शक्ति निर्माणको बहसमा उत्रिएका प्रष्ट हुन्छ ।
No comments:
Post a Comment