दलित छात्राको घाँटी थिचेर हत्या - लक्ष्मी साह

निजगढ (बारा), चैत्र २० -
जिल्लास्तरीय ८ कक्षाको परीक्षा दिँदै गरेकी सिंहासनी बैरिया ६ की १७ वषर्ीया किशोरीको बुधबार राति अज्ञात समूहले हत्या गरेको छ । चार वटा विषयको परीक्षा सकाएर बिहीबारको विज्ञान विषयको तयारीमा रहेकी सरिता महराको घरमै सुतिरहेको बेला घाँटी थिचेर हत्या भएको प्रहरीले जनाएको छ । आमा संजोगिया देवीसितसँगै बुधबार राति खाना खाएर उनी सुतेकी थिइन् । आउँदो वैशाख २४ गते सरिताको विवाह पक्का भइसकेको थियो ।

उनीहरू सुतिसकेपछि अज्ञात समूह प्रवेश गरी घाँटी थिचेर हत्या गरेर भागेको आमाले बताइन् । घटनास्थलबाट प्रहरीले हत्यारा समूहको एउटाको सर्ट र एक जोर चप्प्ाल बरामद गरेको छ । 'आमासित खाना खाएर अर्को कोठामा सुतेकी बहिनीकी न परीक्षामा पास हुने सपना पूरा भयो न त दुलाहाको मुख हेर्नै पाइन्,' सरिताका दाजु चन्देश्वर राम चमारले भने, 'सबैभन्दा कान्छी बहिनी भएकाले पढाउने जमर्को गरेका थियौं ।' घरमा पुरुष कोही नभएको मौका छोपेर रिसइबीले हत्या गरेको उनले बताए ।

उनका अनुसार आमा पानी खान उठेपछि उक्त समूह कच्च्ाी घरको बारबाट हाम फालेर भागेको हुन सक्छ । पछि हल्लाखल्ल्ाा भएपछि अर्को घरमा रहेका भिनाजु र दिदीले लखेट्दा भागिसके ।' बुवा ट्याक्टर चलाउन साहुकहाँ र आफू ससुराली गएको बखत घटना भएको उनको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी अनुसन्धान अधिकृत रामनाथ घिमिरेले बताए । 'घटना जटिल किसिमको छ,' उनले भने, 'केही दसी प्रमाण फेला परेकाले त्यसैलाई आधार बनाई अनुसन्धान गर्दै छौं ।स्रोत : कान्तिपुर

No comments:

Post a Comment