दलितको विवाहमा तीनथरी भान्सा

सिन्धुली, वैशाख ११ – हत्पते गाविस–४ मा एक दलित परिवारले आफ्नो वैवाहिक कार्यक्रममा तीन थरीको भान्सा लगाएर गाउँलेलाई भोज खुवाएको छ ।स्थानीय जगतमान विश्वकर्माले कान्छो छोरा टेकेन्द्र बराइलीको विवाहमा बुधबार बाहुन/क्षेत्री, जनजाति र दलित समुदायलाई छुट्टाछुट्टै भान्सामा भोज खुवाउनुभएको हो ।
भोज खाएर फर्किएका रामकृष्ण दाहालका अनुसार बाहुन/क्षेत्रीको भान्सामा खसीको मासु थियो भने जनजातिकोमा राँगो र दलितका लागि सुगुरको मासुको व्यवस्था थियो ।जगतमानले छोराको विवाहको निम्तो गर्न जाँदा गाउँलेले आफ्नो जाति अनुसार छुट्टै भान्सा हुनुपर्ने बताएपछि त्यसै अनुसार ब्यवस्था गरेको स्थानीय वासिन्दा बताउँछन् । भोजमा हत्पते गाविसको भलुवाही, गागन, फुलबारी लगायतका गाउँमा बासिन्दालाई निम्तो गरिएको थियो ।
वेहुलापक्षको घरमा छुट्टाछुट्टै भान्सामा भोज खानेहरुले जन्ती बनेर बर्दिबास जाँदा बेहुली पक्षले गरेको एउटै भोजमा सहभागी भएका एक स्थानीयले बताए ।वेहुला बराइली दलित समुदायको वकालत गर्ने (छुवाछुतको अन्त्यका लागि काम गरिरहेको) समता फाउण्डेसनको कर्मचारी हुनुहुन्छ । यस सम्बन्धमा विक परिवारसँग कुरा गर्न खोज्दा सम्पर्कमै आउन चाहेनन् ।साभार :- बाबुराम देवकोटा/उज्यालो

No comments:

Post a Comment