राजधानीमा राष्ट्रिय पञ्चैबाजा लोक संस्कृति सम्मेलन हुने

महावीर विश्वकर्मा, वैशाख १०, काठमाण्डौं ।राजधानीमा राष्ट्रिय पञ्चैबाजा/नौमति बाजा लोक संस्कृति सम्मेलन हुने भएको छ । नेपाल लोक साँस्कृतिक अनुसन्धान प्रतिष्ठानको संयोजनमा बसेको वैठकले सम्मेलन गर्ने निर्णय गरेको हो ।

नेपालका दलित समुदायको सिप, कला, प्रविधि तथा लोक संस्कृतिको संरक्षण प्रबद्र्धन र विकास गर्ने उद्देश्यले सम्मेलन गर्न लागिएको आयोजकहरुले बताएका छन् ।सम्मेलन आउँदो जेठ २८ र २९ हुनेछ । सम्मेलनका लागि २१ सदस्यीय मुल आयोजक समिति पछि गठन गरिने पनि जानकारी दिइएको छ ।
साभार :- जागरण मिडिया सेन्टर

No comments:

Post a Comment