भक्तिनी महिला प्रकरण /दवावपछि मुद्धा दर्ता

विनोद परियार, रूपन्देही,१४ चैत ।
दलित अधिकारकर्मी र पिडितहरुको दवावपछि  जिल्ला प्रहरी कार्यालय नवलपरासीमा जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ अनुसार कारवाहीको माग गर्दै उजुरी दर्ता भएको छ ।नवलपरासीको स्वाँठि गाविस वडा न.५ वनकट्टीमा ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालय राजयोग केन्द्र उपशाखा  गिता पाठशाला सञ्चालन गरि बस्दै आएका मनमायाँ र लक्ष्मीकुमारी परियारलाई तल्लो जात भन्दै गाली बेइज्जती र अपमान गरि आश्रम छाड्न दवाव दिएका थिए ।
चैत १३ गते  गाउँका निमबहादुर शाही र यमप्रसाद पाण्डेको नेतृत्वमा आश्रममा आएर तल्लो जात भनि अपशब्द प्रयोगरि गाली बेइज्जती गरेको तथा अन्य बेलामा समेत आश्रम छाड्न दवाव दिदै आएकोमा न्यायका लागि चैत २० गते प्रहरी कार्यालय पुगेपनि प्रहरीले जातीय भेदभाव कसुर र सजाय ऐन अनुसार मुद्धा दर्ता गर्न मानेको थिएन । सोमबार दलित अधिकारकर्मी र पिडितहरुको दवावपछि कसुर र सजाय ऐन अनुसार कारवाहीका लागि १२ जना विरुद्ध मुद्धा दर्ता भएको हो ।
निमबहादुर शाही र यमप्रसाद पाण्डेको अगुवाईमा आफुहरुमाथि पटक पटक जातीय आधारमा  आश्रम छाड्न दबाब दिदै आएको र चैत्र १३ गते निकृष्ट शब्द प्रयोग गरि गाली बेईज्जती र आश्रम छोड्न धम्की दिएको  जिल्ला प्रहरी कार्यालय नवलपरासीमा दर्ता गरिएको उजुरीमा उल्लेख छ ।१८५ नम्बरमा उजुरी दर्ता भएकाले जातीय छुवाछुत कसुर र सजाय ऐन २०६८ अनुसार कारवाही प्रकृया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालयका प्रमुख विष्णुहरी गौतमले बताउँनुभयो । उहाँले पिडितहरुले अन्यायमा परेकाले आफ्नो अधिकार प्रयोग गरेकाले ऐन अनुसार उजुरी दर्ता गरेको बताउनुभयो ।
पूर्व सभाषद विनोद पहाडी सहित दलित नेताहरु पदम बहादुर विश्वकर्मा,एचवि रम्तेल,मनु खड्का,अधिवक्ता दीपा सुनार,इन्द्र विश्वकर्माको सहभागितामा उजुरी दर्ता भएको हो । नेपालमै पहिलोपटक १२ जना विरुद्ध जातीय भेदभाव कसुर र सजाय ऐन अनुसार उजुरी दर्ता भएको पूर्व सभाषद पहाडीले बताउनुभयो । ऐन अनुसार दोषी प्रमाणित भए ३ महिनादेखि तीन बर्षसम्म कैद र एक हजार देखि २५ हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।भगवती सामुदायिक बनको करिब १० कठ्ठाको क्षेत्रफलमा फैलिएको उक्त क्षेत्रमा बर्षोदेखि बस्दै आएका उनीहरुले दुर्गामन्दिरको नाममा स्थानीयहरुले पटक पटक आश्रमका दुई महिलालाई अपमान गर्दै आएका थिए ।

No comments:

Post a Comment