तैँले छोएको पानी चल्दैन्’ - जीवन कुँवर

मान्छे–मान्छे एउटै हो, फरक किन भो
श्रम चल्छ सीप चल्छ पानी नचल्ने हो
बनाउँछौं हामीले सुन्दर मूर्ती
सजिन्छन मन्दिर महलहरु 
बजाउँछौ हामीले बाजा गाजा

गुन्जन्छन पहाड पर्वतहरु
कुन्नि किन आज हामिलाई दलित भनि हेला गर्ने
कुकुर समेत भित्र पस्दा हामीलाई किन बाहिर राख्ने


दिपक लिम्बुको यो गित १९ औं शताब्दीमा मात्रै होईन, आधुनिक भनिएको २१ औं शताब्दीमा पनि उत्तिकै सान्दर्भिक छ । अझ नेपाल जस्तो छुवाछुतले ग्रसित मूलुकमा यो गितले नेपाली समाजको यथार्थ चित्रण गरिएको छ । माथिको गितले भनेझैं हो पक्कै पनि दलितको श्रम चल्छ, सीप चल्छ उनीहरुले खन जोत गरेर फलाएको अन्न चल्छ तर, नेपाली समाजमा उनीहरुले छोएको पानी चल्दैन । हो यस्तै एउटा घटनाले सिन्धुपाल्चोक पनि अछुतो रहन सकेन् ।
दलित भएकै कारण जिल्लाको साँगाचोक–४ कि बिष्णु विकका परिवारलाई धारामा पानी थाप्न बञ्चित गराइएको छ । विकको घर नजिकै धारा छ, तर पनि उनलाई त्यो धारामा पानी थाप्न बञ्चित गरीएको छ । अझैं भनौं निषेध नै गरिएको छ । 

अचम्म लाग्दो कुरा त के हो भने १० बर्ष दलित जनजाति कै नाममा युद्ध लडेका माओवादीले नै यस्तो ग¥यो भन्दा अनौठो लाग्ला ? तर, पानी थापेकै निँहुमा विक परिवारले कयौं पटक गाली खाएका छन्, अनि बेईज्जतिका पात्र बनेका छन् । उनीहरुलाई अरुले पानी खान नदिएका होईनन् दलित, जनजातिका बिषयमा चर्का नारा लगाउँने, अनि जनताको मुक्तिको लागि सर्घष गरेको भन्दै हरेक सभा–समारोहमा भाषण गर्ने एकिकृत नेकपा माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताद्धयले हो । एमाओवादीका साँगाचोक गाउँ कमिटि अध्यक्ष बिष्णुलाल श्रेष्ठ र राप्रपाका साँगाचोक गाउँ कमिटि पूर्व अध्यक्ष नवलाल श्रेष्ठलगायतले पानी थाप्न नदिएको विकले पत्रकारहरुसंग बताईन । शुक्रबार बिष्णु बिक रुदै सदरमुकाम चौतारा आईन र उनी सबै भन्दा पहिला एमाओवादी पार्टी कार्यालयमा गईछन् । त्यँहा उनले एमाओवादीका नेता कार्यकर्तालाई भेटिन र आफनो सबै कुरा उनीहरुसंग सुनाईछन् । त्यसपछि उनलाई नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखामा जान आग्रह गरेपछि उनी पत्रकार महासंघ गईन् । हसिँलो स्वभावकि बिष्णु भक्कानिदैँ पत्रकारहरुसंग कुरा गर्न थालिन् ‘ तँ कमिनीलाई कसले पानी थाप्न कसले बोलायो भन्दै बिष्णुलालले गालि ग¥यो ’ बिकले भक्कानिदै भनिन् ‘ तेरो यो धारामा पानी थाप्ने अधिकार छैन् । ’

यस बिषयमा बिष्णुलाल श्रेष्ठसंग बुझदा आफुले त्यस्तो नगरेको बताए । ‘ म एउटा मानव भएर २१ औं शताब्दीमा त्यस्तो गर्न मिल्दैन र म कम्युनिष्ट भएको नाताले पनि त्यस्तो गर्दिन मलाई लागेको आरोप निराधार छ ’ श्रेष्ठले सिन्धुसंग्रामसंगको कुराकानीमा भने ‘ तपाइहरु आएर बुझेर मात्र समाचार लेख्नुहोला । ’ ‘म उनै बिकको घरमा पकाएको भात खान्छु मैले दलित भनेर कहिले पनि भनेको छैन् । ’ सागाँचोकका स्थानियका अनुसार श्रेष्ठलाई लगाईएको आरोप झुटो भएको बताए । बिक परिवारका अनुसार उनीहरुले फागुन २१ गतेदेखि त्यो धारामा पानी थाप्न पाएका छैनन् । घर नजिकैको धारामा पानी थाप्न नपाएपछि उनीहरु पानी आधा घण्टाको पैदल हिंडेर लिन जान बाध्य भएको बताउ“छन् ।

बिक परिवारले पानीचौर खानेपानी उपभोक्ता समितिमा पानीका लागि १ हजार ५ सयको समेत बिल तिरेको रसिद बिष्णु बिकले साथमा लिएर आएकि थिईन । पानीचौर खानेपानी उपभोक्ता समितिका अध्यक्ष माधव गिरीका अनुसार त्यहि बिषयमा शुक्रबार बिहान मिटिङ राखिएको थियो, त्यसमा पनि पल्लो धारा हु“दा हु“दै यो धारामा पानी लिन नआउनुस भनेको उपभोक्ताहरुले जानकारी दिएको बताए । गिरीका अनुसार घटना त्यस्तो नभएको बताए । 

विरोनो यो मन्दिरमा, कुनै दियो बल्दैन
नआऊ मेरो सामू, मैले छोएको पानी चल्दैन


यश कुमारले यो गित त्यसै गाएका होईनन् । हरेक नेपाली दलित जनजातिहरुको मर्म र हरेक बस्तीमा भिजेर गाएका हुन् । अझैं पनि नेपाली समाज यस्तो छ कि जँहा मन्दिरमा दलितले पुजा–आजा मनाहि छ । न त्यो मन्दिरमा दलितले कुनै शान्तिको दिप झुल्काउन पाउँछन् न त पाइला नै टेक्न पाउँछन् । त्यहि मूर्तिलाई उनीहरुको कलाले भ्याएसम्म सजाउँछन्, तर आफुले बनाएको मूर्तिलाई उनीहरुले मन्दिरभित्र छुनसमेत नपाउनु कति न्यायोचित होला र ? हो गितले भने जस्तै कतिपय दलितहरु अझै पनि माख्लो जातका मान्छेहरुलाई छुन डराउँछन् । नजिक आएपनि छुदैनन् । ढोकामा पुग्छन् तर भित्र पस्दैनन् । हो यस्तै–यस्तै छुवाछुतका कुराले नेपाली समाज ग्रसित छ ।
स्रोत:- सिन्धुसंग्राम

No comments:

Post a Comment