चोर दिनेश नेपाली छुटाउन इन्सपेक्टरले १८ लाख घुस लिँदा

काठमाडौ, वैशाख
चोरीका अभियुक्त छुटाउन १७ लाख ७० हजार रुपैयाँ घुस लेनदेन भएको छ। अभियुक्तका परिवारसँग पैसा लिने प्रहरी निलम्बनमा परेका छन् भने दलाल पक्राउ परेका छन्। आजको नयाँ पत्रिकामा खबर छ।अभियुक्त छुटाइदिने भन्दै घुस लिने महानगरीय प्रहरी वृत्त चापागाउँमा कार्यरत इन्सपेक्टर शरद सुवेदीमाथि निलम्बन प्रक्रिया अघि बढेको छ। प्रहरी जवान देवी विष्टलाई भने निलम्बन गरिएको महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी हेमन्त पालले बताए। इस्पेक्टरलाई गृह मन्त्रालयले मात्र कारबाही गर्न सक्ने भएकाले गृहमा पत्राचारको तयारी भएको आयुक्त कार्यालयले जनाएको छ।
चोरीमा पक्राउ परेका अभियुक्त दिनेश नेपालीका परिवारसँग डिल गर्ने भोटेबहालका उत्तम शाहीलाई काठमाडौं प्रहरीले पक्राउ गरी ठगी मुद्दामा कारबाही अगाडि बढाएको छ। ललितपुरको ठेचो ९ बस्ने कृष्णचन्द्र राईको घरमा चोरी गरेको आरोपमा नेपालीलाई प्रहरीले २८ फागुनमा पक्राउ गरेको थियो

No comments:

Post a Comment