लोकतन्त्र दिवशको हार्दिक सुभकामना !!!

नेपाली समाजमा सर्वंगिन र बहुआयमिक बिकाश तथा समृर्दीका सपना देखेका नेपाली र नेपालको बिगतका विसंगति , बिकृतिहरु संग जुझ्दै सर्व आयामिक परिवर्तनका निम्ति आज भन्दा नौ बर्ष अघि  आमुल परिवर्तनको सम्भावना र चुनौतीहरु बीच लोकतन्त्रको जग बसाउने काम भएको सर्वबिदितै छ । जुन जग बाटमुलुकको बिगतका सबै खाले अधिनायकतव , एकाधिकार र असमानता एवं बिभेधरु नामेट हुन्छन र लोकतन्त्र अधिनस्त हुनेछ भने थियो । तर पछिलो आठ बर्ष लोकतन्त्र र सुशासनको कल्पना नै गर्न सकिँएन ।
प्रस्ट छ हामीले परिस्थिति अनुसार राजनीतिक परिवर्तको संखघोष गर्यौ तर समाजको मानसिकता लाई आधारभूत रुपमा बदलिने , लोकतान्त्रिकरण गर्ने चाहना नै राखेनौ । मुलुकलाई लोकतन्त्र घोषणा गरेर तत्कालिन क्षणिक समय मात्र खुशी भयौ । आगामी शताब्धिहरुमा हुन् सक्ने परिवर्तनको समेत रुपरेखा कस्तो हुनु पर्छ भनेर कोर्न सकेनौ ।  मुलुकको मुहार फेर्न सक्षम र बिस्व संग प्रतिस्पर्धा गर्न सक्ने बनाउन के कस्ट उपाय गर्नु पर्छ भन्ने कुरामा केन्द्रित नै भएनौ । त्यसैले पनि मुलुकमा यत्रो बर्ष हुदा सम्म पनि मुलुकमा भेदभाव शून्य परिस्थिति र  कानुनको शासनमा राष्ट्र प्रमुखदेखि सरकारप्रमुख हुँदै सर्वसाधारण जनता कानुनी दृष्टिमा समान हुने लोकतान्त्रिक पद्धतीको सुरुवात समेत हुन सकेको छैन । 
 
यी र यस्ता परिस्थितिलाई मध्ये नजर गर्दा लोकतन्त्र लाई सामयिक बनाउन हामी सबैले आ आफ्नो गलत सोचाई र ब्यबहारको अन्त्य गरि सहि सोच र आचरण अपनाउनु पर्ने आवश्यकता बोध गराएको छ ।    हाम्रो समाजमा कतिपय व्यक्तिहरु छुवाछुत , घुसलिने दिने र अन्य गलत ब्यबहार र आचरण त्याग्नुको सटा त्यसलाई औचित्यपूर्ण भन्न तिर लागेका छन् ।    अरुले जे सुकै गरे पनि म सहि आचरण गर्छु भने प्रतिबद्ता हामी सबैमा अहिले बाटै  आओश ।    समाजमा भएका कुरीति , गलत ब्यबहारको अन्त्य गर्न तिर सबै नेपाली गम्भीर भै लागि पर्नु पर्छ भन्ने  दृढ सोच जागोश ।    लोकतन्त्र दिवशको हार्दिक सुभकामना !!!
-गोपाल सिवा
alldalit.blogspot.com

No comments:

Post a Comment