दलित–दलित समुदायका बीचमै छुवाछुतको बिषयमा झडप

पर्वत । दलित र गैरदलितका बीचमा छुवाछुतका घटना हुँदै आए पनि दलित–दलित समुदायका बीचमै छुवाछुतको बिषयमा पर्वतमा झडप भएको छ ।पर्वतको पाङ्ग गाविसमा दलित समुदायका कामी र सार्की जातीका बीचमा छुवाछुत भएपछि गएराती (शुक्रबार) झडप भएको हो । झडपमा परि दुबै समुदायका गरी १५ जना भन्दा बढी घाइते भएका छन् ।

पाङ्ग गाविस–२ कुनाचौरका चन्द्रबहादुर बिकका छोराको ब्रतबन्ध भोजमा सार्की समुदायका निम्तालुलाई तल्लो जातको भन्दै छोइछिटो गरिएपछि विवाद भएको हो । ब्रतबन्धमा निम्ता गरिएका सार्की समुदायलाई कामी जातीले तल्लो जाती भनेर छोइछिटो गर्ने र छोएको नखाने बताउँदा विवाद बढेको हो । भोजमा विवाद भएपछि दुबै समुदायका बीचमा समुहगत झडप भएको प्रहरीले जनाएको छ ।

स्रोत:- नेपाल समाचारपत्र 

No comments:

Post a Comment