दुई दलित महिलालाइ गाउँलेहरुले बास छाड्न दबाब

विनोद परियार
नवलपरासी(वनकट्टी)
२०५५ साल असोज ४ गते जिल्ला प्रशाशन कार्यालयले भोगाधिकारका लागि अनुमति दिएको नवलपरासीको स्वाँठि गाविस वडा न.५ वनकट्टीमा बसोबास गर्दै आएका दुई दलित महिलालाइ गाउँलेहरुले बास छाड्न दबाब दिएको वर्षौँ भएको छ । ब्रहमकुमारीमा आस्थावान् दुइ जना भक्तिनी मनमायाँ परियार र लक्ष्मी परियारलाई गाउँका केहि अगुवाहरुले जातीय रुपमा अपमान र पटक पटक धम्की दिदै बाँस छाड्न दवाव दिने गरेका हुन् ।
ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालय राजयोग केन्द्र उपशाखा  गिता पाठशाला सञ्चालन गरि बस्दै आएका मनमायाँ र लक्ष्मीलाइ चैत्र १३ गते विहिबार अश्लिल शब्द प्रयोग गर्दै तल्लो जात भनि अपमान गरेको पिडितहरुले बताएका छन् । स्थानीय निमबहादुर शाहीको नेतृत्वमा दुई महिलालाई तल्लो जात भन्दै अपमान गर्दै ठिबास लगाउने धम्की दिएको मनमायाँले बताउनुभयो गाउँका दलित अगुवा र प्रहरी प्रशाशनले समेत सहयोग नगरेपछि सञ्चारकर्मी गुहारेका पिडितहरुले आफुहरुमाथि ठूलो अन्याय भएको भन्दै न्याय दिलाउन अपिल गरेका छन् ।
बिस २०४७ सालदेखि आश्रम,देबी मन्दिर र शिब मन्दिरको एउटै कम्पाउण्ड भित्र बस्दै आएका उनीहरुलाइ घटना सार्वजनिक भएको निहुँमा फेरी गाउँलेहरु मिलेर एक्लै बनाउन खोजेका छन् ।  स्थानिय निम बहादुर शाही ,यमप्रसाद पाण्डे लगायतले आफूहरुलाइ जातिय आधारमा गाली गलौज तथा अपशब्द प्रयोग गरि आश्रमबाट निस्कन दबाब दिने गरेको बर्षो भइसकेको  पिडीतहको भनाइ छ ।‘हामीलाई पिडा अतिनै छ,बोल्दा गाउँकाले एक्लै पार्छन्’ लक्ष्मीले आफ्नो मनको बह पोख्दै भन्नुभयो । उहाँका अनुसार शुरुवातमा ब्रहमकुमारी इश्वरीय विश्ववद्यालयको उपशाखा गठन गर्दा आस्थावानहरु प्रवचन सुन्न आउने गरेकोमा दमिनेहरुले चलाएको भन्दै गाउँकै अगुवाहरुले भनेपछि आउन छाडेका थिए । अहिले गाउँका कोही पनि प्रवचन सुन्न नआउने तर,आफुहरुले बर्षोदेखि संरक्षण गर्दै आएको जग्गाको भागबन्डा खोजेर मानसिक रुपमा टर्चर र डरधम्की दिने गरेको उहाँले बताउनुभयो ।
‘भगवानले कसैलाई विभेद गर्नुहुन्न,हामीले विचमा जस्तोसुकै भएपनि गाउँमै मिलेर बस्न खोजेको हो’ मनमायाँले भन्नुभयो –‘तर हामलाइ उल्टै अन्या गरें ।’मुख्य चौकमा जग्गा भएकाले मन्दिरको नाममा जग्गा हडपेर बेच्नका लागि स्थानीयहरु अग्रसर रहेको श्रोतको भनाइ छ । दुगामन्दिर व्यवस्थापन समितिका अध्यक्ष निमबहादुर शाहीले पटक पटक कहिले रुख विरुवा र कहिले मन्दिरको जग्गा धेरै दिन पर्यो भनेर झगडा गर्ने र तिमिहरु ‘दमिनी’ यहाँबाट गइहाल भन्दै धम्की दिने गरेको मनमायाँले सुनाउनुभयो । घटना सार्वजनिक भएपछि पनि झन गाउँलेहरुले उनीहरुलाई एक्ल्याएर धम्की दिएको लक्ष्मीले बताउनुभयो ।
भगवती सामुदायिक बनको करिब १० कठ्ठाको क्षेत्रफलमा फैलिएको उक्त क्षेत्रमा बर्षोदेखि बस्दै आएका उनीहरुले दुर्गामन्दिरका लागि जग्गा दिन तयार रहेपनि समितिले पुरै जग्गा माग गरेकाले विवाद हुँदै आएको हो ।भक्तिनहरुको कुरा गाउँलेहरुले नसुन्ने भएकाले प्रशाशन,राजनतिक दल र दलित अधकारकर्मीहरु गुहारेपनि कसैले वास्ता गर्ने गरेका छैनन् । जग्गाको लालपुर्जा नभएको र वनकट्टीको चौकमै उक्त क्षेत्र रहेकाले मन्दिरका नाममा गाउँका अगुवा भन्नेहरुले यस्तो हर्कत गरेका हुन् ।
उल्टै उजुरी :
दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष निमबहादुर शाहीको नेतृत्वमा १२ जनाले सोही दिन जिल्ला प्रशाशन कार्यालयमा दुई जना भक्तिनीहरुले आश्रम भत्काउने,काठ दाउरा काटेको भन्दै उजुरी दिएको इलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ ।ब्रहमकुमारीमा आस्थावान पिडित मनमाया र लक्ष्मीले आफुहरुलाई तल्लो जात भन्दै अपमान गरेको तथा  अश्लिल शब्दहरुको प्रयोग गरि गाली गलौज गरेको भनि प्रहरीमा निवेदन दिन जादा यो रहस्य खुलेको हो ।बिस २०४७ सालदेखि आश्रम,देबी मन्दिर र शिब मन्दिरको एउटै कम्पाउण्ड भित्र बस्दै आएपनि स्थानिय यम प्रसाद पाण्डे,निम बहादुर शाही लगायतले आफूहरुलाइ जातिय आधारमा गाली गलौज तथा अपशब्द प्रयोग गरि आश्रमबाट निस्कन दबाब दिएको पिडीतहको भनाइ छ । तर प्रशाशनमा उजुरी दिएकाहरुले भने जातीय आधारमा विभेद नगरेको दावी गरेका छन् ।
दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नीमबहादुर शाहीले गाली गलौज नगरेको बताउँदै जग्गाको संरक्षणका लागि आफुहरुले प्रशाशनमा उजुरी गरेको बताउनुभयो । प्रहरी हवल्दार टिका भुजेलले दुवै पक्षलाइ राखेर शुक्रबार छलफल गरिने जनाउनुभयो । यता गाउँका दलित अगुवाहरुले समेत घुमाउरो पाराले उनै गैरदलितहरुलाई समर्थन गरेका छन् । गाउँका अगुवा दलित भिम नेपाललले आफुहरुलाई गुहार नगरेकाले त्यत्ति वास्ता नगरेको बताउनुभयो । समाजसँग एक्लिएर बस्न नचाहेको बताउनुभयो । ‘समााजसँग एक्लिएर बस्न सकिदैन्’ उहाँले भनुभयो ।दुई भक्तिनीहरुले आफ्नो संरक्षण र बर्षोदेखि भोगचलन गर्दै आएको ठाउँमा बस्दा पनि विना कारण दुःख दिएको भन्दै आपत्ति जनाएका छन् । प्रशाशनले नै बस्न अनुमित दिएको अवस्थामा समेत विवाद गर्दा आफुहरुको नियमित कार्यक्रम नै अबरुद्ध भएको छ । दलित महिला भएकै कारण ब्रह्मकुमारीमा आस्था राखेर आश्रम चलाउन पनि नपाउने’ मनमायाँले भन्नुभयो –‘समाजसेवा गर्छु भन्दा पनि सुःख दिने गाउँलेहरुलाई के भन्ने ?’
बर्षोदेखि सास्ती खेप्दै आएपनि अहिलेसम्म बोल्न पनि नसकिएको बताउँदै १३ गते अति नै भएकाले निवेदन दर्ता गरेको लक्ष्मीको भनाई छ । ‘हामीलाइ तल्लो जात भन्दै हेपेर अश्लल शब्दले गाली गर्ने,अपमान गर्ने प्रहरीले जसको गल्त छ उसैको पक्षमा बोलेका छन्’ उहाँले भन्नुभयो –‘प्रहरीले समेत राम्रोसँग सहयोग गर्ने संकेत देखएको छैन् ।त्यसो त दलित अधिकारकर्मीहरुले यो घटना थाहा नपाएको होइन् । मानव अधिकारको हनन,महिला हिंसा र जातीय छुवाछुत जस्तो सार्वजनिक मुद्धा लाग्ने यो घटनामा कसैको पनि ध्यान गएको छैन् ।  पिडितहरुले जिल्ला प्रहरी कार्यालयमा जातीय भेदभाव छुवाछुत कसुर र सजाय ऐन २०६८ अनुसार कारवाही गरि पाउँ भनि निवेदन दिन गएपनि मुद्धा दर्ता नगरेको पिडितले जनाए । सोमबार छलफल गरेपछि प्रकृया अगाडि बढाउने प्रहरीले जनाएको छ ।
स्रोत : जागरण मिडिया

No comments:

Post a Comment