जुना परियारको करेन्ट लाग्दा जलेर मृत्यु

पुतलीबजार,चैत२९–ठूलाहिडी–९ निवासी ४५ वर्षिया जुना परियारको करेन्ट लाग्दा आज जलेर मृत्यु भएको छ । घाँस काट्न खरबारीतर्फ गएकी परियारको वहाकोट र ओरष्टे गाविसका लागि तानिएको प्रशारण लाइनको भूइँमा लत्रेको तारमा छोइँदा करेन्ट लागेर जलेको स्थानीयवासी यामबहादुर सेनले जानकारी दिए । परियारको घटनास्थलमै मृत्यु भैसकेको र खरबारीमा पनि आगलागी भएको छ ।

No comments:

Post a Comment