मानसिक सन्तुलन ठीक नभएका सुनारले आमाको हत्या गरे

दमौली, बैशाख १४– तनहुँको ढोरफिर्दी–२ लामीश्वाँरामा गएराति आफ्नै छोराले काठको मुढाले हानेर आमाको हत्या गरेका छन् । मानसिक सन्तुलन ठीक नभएका २२ वर्षीय छोरा राजु सुनारले ५६ वर्षीय आमा भीममाया सुनारको हत्या गरेको इलाका प्रहरी कार्यालय बेलचौतराले जनाएको छ । 
राति सुतिरहेका बेला राजुले आमाको हत्या गरेका हुन् । हत्याको कारण भने खुल्न सकेको छैन । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment