बलात्कारपछि ८ वर्षीया ठाकुर लोहारकाे मृत्यु

काठमाडौ, कार्तिक २३ - बलात्कारपछि कलैया नगरपालिका ८ स्थित ८ वर्षीया बलिकाको मृत्यु भएको छ । बालिका कन्चन ठाकुर लोहारलाई शनिबार राति ७ बजे अज्ञात व्यक्तिले बलत्कार गरेका थिए ।
घरबाट पसलमा चाउचाउ किन्न गएकी बालिका अबेरसम्म पनि घर नफर्केपछि अभिभावकले प्रहरीमा खबर गरेका थिए । 
प्रहरीले बालिकाको खोजी गर्दा कलैया अस्पतालको पछाडि झाडीमा अचेत अवस्थामा निवस्त्र फेला पारेको  थियो ।
बालिकालाई तत्काल नारायणी अस्पताल वीरगंजमा लगिए पनि अस्पताल पुर्याइएकी बालिकाको मृत्यु भएकाे थियाे ।


बालिका बलात्कारको आरोपमा दर्लामी पक्राउ

पाल्पा, कार्तिक २३ - आठ वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पाल्पाले एक युवकलाई पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाएको छ ।
बालिकालाई फकाई-फुलाई जवरजस्ती करणी गरेको आरोपमा पूर्वी पाल्पाका १७ वर्षका डोलबहादुर दर्लामीलाई प्रहरीले दिउँसो पक्राउ गरेको हो ।शनिबार बेलुकी साढे सात बजेतिर बालिकालाई घरमाथिको बारीमा लगेर डोलबहादुरले बालिकालाई करणी गरेको पीडित परिवारले प्रहरीमा उजुरी दिएका थिए । आठ बर्ष मुनिका बालिकालाई करणी गरेमा १० देखि १५ बर्ष सम्मको कैद हुने कानुनमा उल्लेख गरिएको छ ।

No comments:

Post a Comment